Day: १५ असार २०८३, सोमबार १७:२९

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ, असार १५- आज असार १५, राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न सङ्घसंस्थाले रोपाइँ गर्दै दही चिउरा खएर त कतै हिलो खेलेर धान दिवस मनाएका छन् । तर, चितवनको साँराहामा भने फरक तरिकाले धान दिवस मनाइएको छ । यहाँको ग्रिन सोसाइटी पब्लिक स्कुलले दिवस नितान्त विद्यार्थीको सिकाइलाई ध्यानमा राखेर मनाएको हो । विद्यालयले धान दिवसको सन्दर्भ पारेर विद्यार्थीलाई धान, खेत र हिलोको महत्त्वबारे बुझायो । त्यसपछि विद्यार्थीले नै धान दिवससम्बन्धी प्रतियोगितात्मक गीत प्रस्तुत गरेका थिए । त्यसपछि सुरु भयो आजको मुख्य आकर्षण धान रोप्ने काम । स्कुल नजिकैको खेतमा विद्यार्थीले धान रोप्न सिके । विद्यार्थीलाई कार्यालय सहायक दुर्गा…
Read More
चितवन र काठमाडौंबाट जु’वातास खेल्दै गरेका २१ जना पक्राउ, तीन लाखभन्दा बढी नगद बरामद

चितवन र काठमाडौंबाट जु’वातास खेल्दै गरेका २१ जना पक्राउ, तीन लाखभन्दा बढी नगद बरामद

चितवन, असार १५- नेपाल प्रहरीले चितवन र काठमाडौंका दुई छुट्टाछुट्टै स्थानबाट जु'वातास खेलिरहेको अवस्थामा २१ जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट तीन लाख रुपैयाँभन्दा बढी नगद र २६ बुक तास बरामद भएको प्रहरीले जनाएको छ। चितवनको भरतपुर महानगरपालिका–३ पुलचोकमा जु'वातास खेलिरहेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरी टोलीले ११ जनालाई पक्राउ गरेको हो। उनीहरूको साथबाट नगद ८० हजार ४६५ रुपैयाँ र चार बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ। यस्तै, काठमाडौं महानगरपालिका–१३ सोल्टीमोडमा डेरा गरी बस्ने सिन्धुपाल्चोकका दिनेश लामाको कोठामा जु'वातास खेलिरहेको अवस्थामा १० जनालाई शनिबार साँझ पक्राउ गरिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौं तथा अन्य प्रहरी इकाइबाट…
Read More
चितवनमा धानखेती हुने क्षेत्रफल बढ्यो

चितवनमा धानखेती हुने क्षेत्रफल बढ्यो

चितवन, असार १५- चितवन जिल्लामा धान ‘जोन’को क्षेफल बढेको छ । राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रम कार्यान्यन एकाइ चितवनका अनुसार आर्थिक वर्ष २०८१/८२ को तुलनामा चालु आवमा धानखेती गर्ने क्षेत्रफल बढेको हो । एकाइ प्रमुख महेश रेग्मीका अनुसार गत आवको तुलनामा यस आवमा जोन क्षेत्रमा धानखेती गर्ने क्षेत्रफल ४५० हेक्टर बढेर आठ हजार ९०० हेक्टर क्षेत्रफल पुगेको छ । जिल्लाका चार पालिकामा धान जोन कार्यक्रम लागू गरिएको छ । जिल्लामा धानखेती हुने २७ हजार ३२५ हेक्टर क्षेत्रफलमध्ये सो क्षेत्र धान जोनले लिएको हो । गत वर्ष सो क्षत्रेफलमा लगाइने धानखेतीबाट एक लाख १३ हजार ८३७ मेट्रिक टन धान उत्पादन भएको थियो…
Read More
सभामुख भन्छन्- संसद्‍का क्रियाकलाप सबैले हेरिराखेका हुन्छन्, हामी जिम्मेवार बन्नु पर्छ

सभामुख भन्छन्- संसद्‍का क्रियाकलाप सबैले हेरिराखेका हुन्छन्, हामी जिम्मेवार बन्नु पर्छ

काठमाडौँ, असार १५ – सभामुख डोलप्रसाद अर्यालले सांसदका काम, व्यवहार र शैलीको मतदाता र जनताले विभिन्न माध्यमबाट नियालिरहेकाले सबै सांसद आफ्नो कामप्रति थप जिम्मेवार बन्नुपर्ने बताएका छन्। आइतबार संघीय संसद् सचिवालयले प्रतिनिधिसभाका सांसदका लागि आज यहाँ आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उनले कानून निर्माणमा जनप्रतिनिधिले विगतका राम्रा अभ्यासबाट सिक्न र अध्ययनशील र प्रविधिमैत्री हुनुपर्ने सुझाव दिए। ‘अहिले प्रतिनिधिसभामा धेरै नयाँ अनुहार हुनुहुन्छ, संसदीय विधि र प्रक्रियालाई थप बुझाउन तथा सांसदका काम अझ प्रभावकारी बनाउन यो कार्यक्रम आयोजना गरिएको हो’, सभामुख अर्यालले भने, ‘संसदीय प्रक्रिया र विधिमा अब्बल बन्नका लागि यो सिकाइ उपलब्धिमूलक हुने विश्वास लिएको छु ।’ जनताबाट निर्वाचित भएपछि सांसदको…
Read More
राष्ट्रिय धान दिवसः ‘ड्रोन’मार्फत मल छरेर ‘मेसिन’मार्फत रोपियो धान

राष्ट्रिय धान दिवसः ‘ड्रोन’मार्फत मल छरेर ‘मेसिन’मार्फत रोपियो धान

पाटन (ललितपुर), असार १५ – ‘ड्रोन’मार्फत मल छरेर ‘मेसिन’मार्फत धान रोप्दै राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ मनाइएको छ । ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नाराका साथ राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र र बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रद्वारा आज ललितपुरको खुमलटारमा आयोजित २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ मा प्रतिनिधिसभा, कृषि तथा प्राकृतिक स्रोत समितिका संयोजक अशोककुमार चौधरीले धान रोप्ने खेतमा मल छर्नका लागि ड्रोन उठाएर महोत्सवको शुभारम्भ गर्नुभएको हो । सो अवसरमा उहाँले खाद्यान्नमा देशलाई आत्मनिर्भर बनाउन वर्तमान सरकार अगाडि बढिरहेको छ भन्ने धारणा राख्नुभएको छ । “आज कृषि पेसा र…
Read More
चट्याङका कारण रेडियो भरतपुरको प्रसारण अवरुद्ध भरतपुर

चट्याङका कारण रेडियो भरतपुरको प्रसारण अवरुद्ध भरतपुर

चितवन, असार १५- चट्याङका कारण रेडियो भरतपुर १०५.२ मेगाहर्जका केही प्रसारण उपकरणमा क्षति पुगेपछि रेडियोको नियमित प्रसारण अवरुद्ध भएको छ। रेडियोका अनुसार चट्याङका कारण ट्रान्समिटर, एसी तथा अडियो मिक्सरमा क्षति पुगेको छ। उपकरणमा आएको प्राविधिक समस्याका कारण नियमित प्रसारण सेवा प्रभावित भएको हो। रेडियो व्यवस्थापनले क्षतिग्रस्त उपकरणको मर्मत तथा प्रतिस्थापनको काम तीव्र रूपमा भइरहेको जनाएको छ। यथाशीघ्र प्रसारण सेवा पुनः सञ्चालन गर्ने प्रयास भइरहेको र श्रोतामा परेको असुविधाप्रति रेडियोले क्षमायाचना गरेको छ।
Read More
पनौती हिलेजात्राः यौनिकताको दर्साउने अनौठो परम्परा

पनौती हिलेजात्राः यौनिकताको दर्साउने अनौठो परम्परा

काभ्रेपलाञ्चोक, असार १५- हरेक वर्षको ‘जेष्ठ शुक्ल पूर्णिमा’का अवसरमा काभ्रेपलाञ्चोकको पनौतीमा हिलेजात्राअर्थात् ज्याःपुन्ही मनाइन्छ । त्रयोदशीदेखि पूर्णिमाको रात रहुञ्जेल हिलेजात्रा मनाउँछन् पनौतीवासी । जात्रा सकिएको भोलिपल्टैदेखि खेतको काम थाल्ने यहाँको परम्परा नै हो । अझ ‘जेष्ठ शुक्ल पूर्णिमाको दिन जात्रा नमान्ने र मङ्सिर पूर्णिमाको रात निद्रा नपुर्‍याउनेले कहिल्यै सुख पाउँदैन’ भन्ने मान्यतासमेत यहाँ रहिआएको छ । यहाँको परम्परा पनि अनौठो, मौसम पनि अनौठो तरिकाले जात्रासँगै मेलोमेसोमा लागेकै पाइन्छ । जात्रा मनाएको चार दिनदेखि पनौतीमा हावाहुरी चल्छ, अनि वर्षा सुरु हुन्छ । यहाँको जनविश्वासअनुसार जात्राको अन्तिम दिन पनि वर्षा हुनैपर्छ र भइरहेको पनि यहाँका स्थानीयसँग अनुभव छ । स्थानीय बूढापाकाको भनाइमा…
Read More
८९ अङ्कसहित देशकै उत्कृष्ट बन्यो भरतपुर अस्पताल

८९ अङ्कसहित देशकै उत्कृष्ट बन्यो भरतपुर अस्पताल

चितवन, असार १५ – भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्ड (एमएसएस) मा उत्कृष्ट भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले गरेको अनुगमन तथा मूल्याङ्कनमा भरतपुर अस्पताल देशकै सङ्घीय अस्पतालमध्ये ८९ अङ्कसहित उत्कृष्ट बनेको हो । अस्पतालले ८९ अङ्क प्राप्त गर्दै उत्कृष्ट बन्न सफल भएको हो । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ७७ अङ्कसहित दोस्रो, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ७१ अङ्कसहित तेस्रो भएका छन् भने पाटक अस्पतालको मापन भइरहेको जनाइएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका तर्फबाट संयोजक डा श्रीराम तिवारीले भरतपुर अस्पताल देशभरका १४ वटा सङ्घीय अस्पतालमा सेवा…
Read More