चितवन,जेठ २२-
चितवनको माडी नगरपालिका–९ रातोमाटे डाँडा क्षेत्रमा माडीबाट ठोरीतर्फ जाँदै गरेको बागमती प्रदेश ००२ प ६८६३ नम्बरको मोटरसाइकल बाघसँग ठोक्किँदा चालक घाइते भएका छन्।
घाइते हुनेमा जिल्ला पर्सा ठोरी गाउँपालिका–१ निवासी अन्दाजी ४० वर्षीय अजित कुँवर रहेका छन्। दुर्घटनामा उनको बायाँ पाखुरा र टाउकोमा चोट लागेको छ। घाइतेलाई स्वास्थ्य चौकी चोकबजार, ठोरीमा सामान्य उपचार गरे पश्चात् थप उपचारका लागि वीरगन्ज पठाइएको छ।