चितवन । चितवनकाे कालिका नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ९२ करोड ९७ लाख ७६ हजारको संशोधित बजेट पारित असार २५ । कालिका नगरपालिकाको आर्थिक वर्ष २०८१/ ०८२ को लागि विनियोजन गरिएको अनुमानित बजेट सर्वसम्मले पारित भएको छ ।
नगरपालिकाले समाजिक विकास सुशासनसँगै पूर्वाधार निमार्ण, स्वास्थ्य, शिक्षालाई जोडदिँदै आर्थिक वर्ष २०८१/८२ का लागि ९२ करोड ९७ लाख ७६ हजारको संशोधित बजेट पारित गरिएको हो । दोश्रो कार्यकालको लागि पाँचौं नगर सभामा उपप्रमुख विमला तमाङले प्रस्तुतगर्नुभएको बजेट दोस्रो नगरसभाले पारित गरेको हो ।
संघीय सरकारको तर्फ समानिकरण अनुदान १३ करोड ९२ लाख सशर्त अनुदान २७ करोड ४८ लाख, विशेष अनुदान १ रकोड ८५ लाख, समपुरक अनुदान १ करोड ९० लाख र राजश्व बाँडफाँड १२ करोड ३४ लाख, वागमती प्रदेश सरकार तर्फ मानिकरण अनुदान १ करोड ४० लाख ३७ हजार, शसर्त अनुदान तर्फ २ करोड ४३ लाख १३ हजार , विशेष अनुदान ६५ लाख, समपुरक अनुदान ३ करोड विनियाेजन गरिएकाे छ ।
त्यसैगरी राजश्व वाँडफाँड ६ करोड १७ लाख ७१ हजार, आन्तरिक आयतर्फ ६ करोड, जनसहभागिताबाट १ करोड, सडकबोर्डबाट ६५ लाख, जि.स.सबाट ३५ लाख, मालपोत रजिष्ट्रेशन र नदिजन्यबाट ६ करोड र गतवर्षको जिम्मेवारीसर्ने ७ करोड ९१ लाख ५३ हजार समेत समावेश गरी जम्मा ९२ करोड ९७ लाख ७४ हजारको संशोधन सहितको अनुमानित आय विवरण समावेश गरी उपप्रमुख तमाङले नगरसभामा पेशगर्नुभएको थियो ।
यस्तै नगरसभाले नगरपालिकामा कामगर्ने करार र ज्यालादारीका कर्मचारीहरुको करार अवधिलाई नविकरणगर्ने प्रस्ताव समेत पारित गरेको छ । सुशासन तथा क्षमता विकास समितिका संयोजक दीपकवहादुर भट्टराईले करार र ज्यालादारीमा कामगर्ने कर्मचारीहरुको सेवालाई नविकरणगर्ने प्रस्ताव पेशगर्नुभएको थियो । नगर प्रहरीको रासनभत्तादेखि कालिका नगरपालिका मातहतका वडा कार्यालय, स्वास्थ्य चौकी लगायतका क्षेत्रमा कार्यरत्त कर्मचारीहरुको सेवा करार अवधि नविकरण गर्ने प्रस्ताव सर्वसहमतले पारित गरिएको हो ।
नगर प्रमुख विनोद रेग्मीले आर्थिक वर्ष २०८१/०८२ मा पूर्वाधार निर्माणदेखि सबैखाले योजनाहरु समयमै सुरुगर्ने परिपाटीको विकासगर्न सबैलाई निर्देशन दिनुभयो । बेलैमा योजना बनाएपनि ढिलागरी कामसुरुगर्ने परिपाटीले समयमानै निर्माण सम्पन्नगर्न कठिन भएको बताउनुभयो । बजेट पास भएको छ । बेलैमा बजेट अनुसारको योजना निर्माणको काम सुरुगर्ने प्रण गरौं उहाँले भन्नुभयो, ‘भएको बजेट पूर्ण रुपमा कार्यान्वयन गर्नेगरी काम गरौं ।’
सभामा प्रमुख प्रशासकीय अधिकृत चुडामणि शर्मा गौतम, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु तथा विभिन्न शाखाका प्रमुखहरुको सहभागिता रहेको थियो ।