Latest News

Day: २७ असार २०८१, बुधबार १३:४३

चितवनमा पुँजीगततर्फ ७३ प्रतिशत खर्च

चितवनमा पुँजीगततर्फ ७३ प्रतिशत खर्च

चितवन, २६  असार । सङ्घीय सरकारले जिल्लाका लागि विनियोजन गरेको पुँजीगत रकममध्ये ७३ दशमलव ८२ प्रतिशत खर्च भएको छ । जिल्लाको भौतिक पूर्वाधारका लागि विनियोजन गरिएको रकममध्ये रु चार अर्ब ४१ करोड ६९ लाख ५३ हजार छ सय २४ खर्च भएको हो । सङ्घबाट पुँजीगत खर्चका लागि रु पाँच अर्ब ९८ करोड ३२ लाख ३५ हजार सात सय ८० विनियोजन भएकामा ७३ दशमलव ८२ प्रतिशत खर्च भएको जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख एकनारायण शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्घीय सरकारले विनियोजन गरेको चालुतर्फ ९१ दशमलव ६४ प्रतिशत खर्च भएको छ । चालु खर्चका लागि विनियोजित रकम रु…
Read More
बाढीपहिरोमा परी ८३ जनाको मृत्यु, १०६ घाइते

बाढीपहिरोमा परी ८३ जनाको मृत्यु, १०६ घाइते

काठमाडौँ । अविरल वर्षाका कारण आएको बाढीपहिरो लगायतका विपद्का घटनामा परेर देशभर हालसम्म ८३ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार गत जेठ २८ गतेदेखि आज बिहानसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परेर ३३ पुरुष, २५ महिला र २५ बालबालिकाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीका अनुसार गत जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरामा परेर एक सय ६ जना घाइते भएका छन् । हालसम्म दुई पुरुष र तीन महिलासहित पाँच जना बेपत्ता भएको उहाँले राससलाई जानकारी दिनुभयो । घाइते हुनेमा ५१ पुरुष, ३६ महिला र १९ बालबालिका छन् ।…
Read More
कालिकाकाे नगर सभा : बजेट पारित, पूर्वाधार निर्माणलाई जाेड

कालिकाकाे नगर सभा : बजेट पारित, पूर्वाधार निर्माणलाई जाेड

चितवन । चितवनकाे कालिका नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ९२ करोड ९७ लाख ७६ हजारको संशोधित बजेट पारित असार २५ । कालिका नगरपालिकाको आर्थिक वर्ष २०८१/ ०८२ को लागि विनियोजन गरिएको अनुमानित बजेट सर्वसम्मले पारित भएको छ । नगरपालिकाले समाजिक विकास सुशासनसँगै पूर्वाधार निमार्ण, स्वास्थ्य, शिक्षालाई जोडदिँदै आर्थिक वर्ष २०८१/८२ का लागि ९२ करोड ९७ लाख ७६ हजारको संशोधित बजेट पारित गरिएको हो । दोश्रो कार्यकालको लागि पाँचौं नगर सभामा उपप्रमुख विमला तमाङले प्रस्तुतगर्नुभएको बजेट दोस्रो नगरसभाले पारित गरेको हो । संघीय सरकारको तर्फ समानिकरण अनुदान १३ करोड ९२ लाख सशर्त अनुदान २७ करोड ४८ लाख, विशेष अनुदान १ रकोड…
Read More

पोखरामा पहिरोमा घर पुरिँदा मृत्यु   

कास्की, २६ असार । पोखरामा पहिरोमा परी एकजनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२७ सहेलापाटाका मनबहादुर थापाको ब्लकले बनेको घर आज बिहान पहिरो पुरिँदा उहाँका २२ छोरा वर्षीय छोरा भीमबहादुरको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले घटनास्थलबाट ५० वर्षीय कमला थापालाई सकुशल उद्धार गरेको जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोली तथा स्थानीयवासीले घटनास्थलमा खोज तथा उद्धार गरेका थिए । उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल २४ नं गण कालिका गण मालेपाटनबाट समेत प्रहरी टोली खटिएको प्रहरी नायब उपरीक्षक शर्माले जानकारी दिनुभयो । पोखरामा हिजो साँझदेखि नै निरन्तर…
Read More
इच्छाकामनाका २२ चेपाङ परिवारलाई नयाँ घर

इच्छाकामनाका २२ चेपाङ परिवारलाई नयाँ घर

भरतपुर, २६ असारः चेपाङ आवास कार्यक्रमअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका छन् । सङ्घीय सरकारको रु एक करोड ५० लाख सशर्त अनुदानबाट विपन्न ती समुदायका आवास निर्माण भएका हुन् । मङ्गलबार गाउँपालिकाको वडा नं ७ मा आयोजित कार्याक्रममार्फत गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले सबै वडामा निर्माण भएका घरको साँचो हस्तान्तरण गर्नुभयो । सो अवसरमा उहाँले गाउँपालिकाका सात वडामा आर्थिक अवस्था कमजोर भएका चेपाङ समुदाय छनोट गरेर घर निर्माण गरिएको बताउनुभयो । “पालिकाले चेपाङ समुदायको घर निर्माणको योजना बनाएर सरकारलाई अनुरोध गरेपछि अनुदान प्राप्त भएको हो”, उहाँले भन्नुभयो, “टोल र वडाको छनोटका आधारमा उनीहरुको घर निर्माण गरेका हौँ ।” अध्यक्ष…
Read More
कैलालीमा अचेत भेटिएका दुई जनाको मृत्यु

कैलालीमा अचेत भेटिएका दुई जनाको मृत्यु

कैलाली, २६ असार । कैलालीमा अचेत अवस्थामा भेटिएका दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अचेत अवस्थामा फेला परेका लम्की चुहा नगरपालिका–५ का ५१ वर्षीय सागर विक र अर्र्को नाम नाम, थर, वतन नखुलेको एक व्यक्तिको मृत्यु भएको हो । विक हिजो बाटोमा अचेत अवस्थामा फेला परेका थिए। इलाका प्रहरी कार्यालय लम्कीबाट खटेको प्रहरी टोलीले उपचारको लागि स्थानीय अस्पताल भल्कामा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्। त्यसैगरी लम्की चुहा–३ खैरेनीस्थित रानी जमरा कुलरिया सिँचाइ आयोजनाको नहरमाथि अचेत अवस्थामा फेला परेका अन्दाजी ५६ वर्षका पुरुषको पनि मृत्यु भएको छ । दुवै घटनाका बारेमा थप अनुसन्धान जारी रहेको छ।
Read More