Latest News

जंगलमा युवतीको शव फेला, हत्या आशंका

crime-scene-1729832842

कञ्चनपुरमा जंगलमा एक युवतीको शव फेला परेको छ।
कञ्चनपुरको बंग्यादोल खोलामा अर्धनग्न अवस्थामा युवतीको शव फेला परेको प्रहरीले जनाएको छ।
भीमदत्त नगरपालिका–१० स्थित तिल्केनी शान्ति सामुदायिक वनभित्र शनिबार दिउँसो सड्न थालेको अवस्थामा युवतीको शव फेला परेको हो।
जिल्ला प्रवक्ता प्रहरी निरीक्षक वीरेन्द्र थापाले शव पोष्टमर्टमका लागि शनिबार नै महाकाली प्रादेशिक अस्पतालमा पुर्‍याइएको बताए।
सड्दै गरेको शवको प्रकृति हेर्दा केही दिन पहिले नै उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ।थापाका अनुसार अन्दाजी २५/२६ वर्ष जस्तो देखिने ती युवतीको पहिचान खुलिसकेको छैन। युवतीको हत्या आशंका गरिएको छ। तर, पोष्टमर्टम रिपोर्टपछि मात्रै यकिनका साथ भन्न सकिने प्रहरी निरीक्षक थापाले बताए।

शवको पहिचान गर्ने प्रयास भइरहेको र थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।