Day: १९ माघ २०८२, आईतवार १५:२९

जंगलमा युवतीको शव फेला, हत्या आशंका

जंगलमा युवतीको शव फेला, हत्या आशंका

कञ्चनपुरमा जंगलमा एक युवतीको शव फेला परेको छ। कञ्चनपुरको बंग्यादोल खोलामा अर्धनग्न अवस्थामा युवतीको शव फेला परेको प्रहरीले जनाएको छ। भीमदत्त नगरपालिका–१० स्थित तिल्केनी शान्ति सामुदायिक वनभित्र शनिबार दिउँसो सड्न थालेको अवस्थामा युवतीको शव फेला परेको हो। जिल्ला प्रवक्ता प्रहरी निरीक्षक वीरेन्द्र थापाले शव पोष्टमर्टमका लागि शनिबार नै महाकाली प्रादेशिक अस्पतालमा पुर्‍याइएको बताए। सड्दै गरेको शवको प्रकृति हेर्दा केही दिन पहिले नै उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ।थापाका अनुसार अन्दाजी २५/२६ वर्ष जस्तो देखिने ती युवतीको पहिचान खुलिसकेको छैन। युवतीको हत्या आशंका गरिएको छ। तर, पोष्टमर्टम रिपोर्टपछि मात्रै यकिनका साथ भन्न सकिने प्रहरी निरीक्षक थापाले बताए। शवको पहिचान गर्ने…
Read More
बलिउड निर्देशक रोहित शेट्टीको घरबाहिर चल्यो गोली

बलिउड निर्देशक रोहित शेट्टीको घरबाहिर चल्यो गोली

बलिउडका चर्चित फिल्म निर्देशक रोहित शेट्टीको घरबाहिर गोली चलेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार आज (आइतबार) बिहानै महाराष्ट्रको मुम्बईमा रहेको रोहितको घरबाहिर चार राउन्ड गोली चलेको हो।मुम्बई प्रहरीले अज्ञात आक्रमणकारीहरूले चार राउन्ड गोली हानेपछि जुहुस्थित रोहित शेट्टीको घरवरिपरि सुरक्षाकर्मी तैनाथ गरिएको जानकारी दिएको छ । शेट्टीको घरबाहिर गोली हान्ने आक्रमणकारीहरूको पहिचान गर्न प्रहरीले हरेक कोणबाट अनुसन्धान गरिरहेको छ। यसअघि सलमान खानलगायत अन्य बलिउड सेलिब्रिटीका घरमा पनि गोली हानिएका छन्।
Read More
बालेनको चुनावी प्रचारमा सहभागी पत्रकार दिनेश सिटौलाको निधन

बालेनको चुनावी प्रचारमा सहभागी पत्रकार दिनेश सिटौलाको निधन

चलचित्र पत्ररका संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको निधन भएको छ । ग्राण्डी अस्पतालले आज विज्ञप्ति निकालेर उनको आज दिउँसो १२ः४५ बजे निधन भएको जानकारी दिएको हो ।अछाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौंका पूर्वमेयर बालेन्द्र शाह (बालेन) को चुनावी प्रचारमा सहभागी भइरहेका बेला एक्कासी बेहोस भएका थिए ।त्यसपछि उनलाई सेनाको हेलिकप्टरमार्फत तत्काल काठमाडौँ ल्याई काठमाडौं ग्राण्डी अस्पताल भर्ना गरिएको थियो ।
Read More