सशस्त्र प्रहरीको सहयोगमा ‘हिटी’ पुनर्निर्माण

sashatra-police-768x457-2 (1)

भोजपुर नगरपालिका–८ स्थित ऐतिहासिक हिटी (धारा)को सशस्त्र प्रहरी बल नेपाल नं ५ गुल्म टक्सारको सहयोगमा पुननिर्माण गरिएको छ । सशस्त्र प्रहरी बलले दु्रत प्रभाव परियोजनाअन्तर्गत वडा कार्यालयसँगको सहकार्यमा हिटीको पुननिर्माणमा सहयोग गरेको हो ।

सशस्त्र प्रहरी नायव उपरीक्षक दिव्यराज कोइरालाले वडा कार्यालयबाट विनियोजित रु एक लाख ७५ हजार र स्थानीय श्रमदानबाट रु ३१ हजार ६२५ को लागतमा धारा निर्माण सम्पन्न भएको बताउनुभयो ।

हिटी निर्माण समितिका सचिव कोपिला राईले सशस्त्रसँगको सहकार्यले कम लागतमा पनि बढी काम गरिएको बताउनुभयो । भोजपुर–८ का वडाध्यक्ष नवीन प्रधानले भन्नुभयो, “खानेपानीको अभाव हुन नदिन र भएका ऐतिहासिक धाराको संरक्षणका लागि वडाले वार्षिक रूपमा बजेट विनियोजन गर्दै आइरहेको छ ।”

सशस्त्र प्रहरीको २५औँ दिवसको अवसर पारेर भोजपुर नगरपालिकाका उपप्रमुख निर्मला शेर्पा र प्रमुख जिल्ला अधिकारी राजन पौडेलले पुनर्निर्माण भएका धाराको संयुक्त रूपमा उद्घाटन गर्नुभयो । पुराना ऐतिहासिक संरचनाको पुननिर्माण र संरक्षणमा भोजपुर नगरपालिकाले बजेटको व्यवस्थापन गर्दै आएको उमप्रमुख शेर्पाले बताउनुभयो ।

स्वच्छ खानेपानी नागरिकको नैसर्गिक अधिकार भएकाले वडा कार्यालय र सशस्त्र प्रहरीले वडावासीका लागि खानेपानी व्यवस्था गरेकामा यो कार्य प्रशंसायोग्य भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो । विसं १९३६ मा स्थानीय पदमलाल कोइरालाले यहाँ हिटीधारा निर्माण गर्नुभएको थियो भने यसको संरक्षकमा पूर्वअर्थमन्त्री शङ्करप्रसाद कोइरालाले महत्वपूर्ण योगदान पुर्‍याउनुभएको थियो । रासस

ताजा समाचारहरुः

सशस्त्र प्रहरीको सहयोगमा ‘हिटी’ पुनर्निर्माण

देवघाटमा निर्माण गरिएको शवदाह गृह सार्वजनिक–निजी साझेदारी ‘मोडेल’मा सञ्चालन गर्ने तयारी

सशस्त्र प्रहरीको सहयोगमा ‘हिटी’ पुनर्निर्माण

विश्व बाघ दिवसको अवसरमा सौराहामा संरक्षणसम्बन्धी अन्तरक्रिया तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

सशस्त्र प्रहरीको सहयोगमा ‘हिटी’ पुनर्निर्माण

शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने

सशस्त्र प्रहरीको सहयोगमा ‘हिटी’ पुनर्निर्माण

गुरु पूर्णिमाका अवसरमा महाबुद्ध महाविहारमा ८५ स्थविरलाई पञ्चदान, दीपंकर तथागत बुद्धको शोभायात्रा

सशस्त्र प्रहरीको सहयोगमा ‘हिटी’ पुनर्निर्माण

बिपी कोइराला क्यान्सर अस्पतालमा केमो सेवामा चाप, बिरामी पाँच दिन पर्खिन बाध्य

सशस्त्र प्रहरीको सहयोगमा ‘हिटी’ पुनर्निर्माण

चितवन प्रशासनद्वारा आज राति ८ बजेदेखि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द

सशस्त्र प्रहरीको सहयोगमा ‘हिटी’ पुनर्निर्माण

नारायणी अस्पतालका ६७ चिकित्सकले दिए सामूहिक राजीनामा, प्रशासनबाट नै असुरक्षित भएको दाबी