सुर्खेत र सल्यानमा पाटेबाघको आक्रमणबाट एक सातामा तीन जनाको मृत्यु

Death-body-900px-768x512-1

पाटेबाघको आक्रमणमा परी एक साताभित्र सुर्खेत र सल्यानका गरी तीन जनाको मत्यु भएको छ । गत पुस २३ गते सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ गेरवानी क्षेत्रमा ५७ वर्षीया गङ्गा सारुको पाटेबाघको आक्रमणबाट मृत्यु भएको थियो ।

गत पुस २६ गते सोही क्षेत्रसँग सीमा जोडिएको सल्यानको कालीमाटी गाउँपालिका–७ की धनसरी रावतको पाटेबाघको आक्रमणबाट मृत्यु भयो । सल्यानको कालीमाटी र सुर्खेतको भेरीगङ्गाका केही क्षेत्र बाँके र बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएकाले पनि घाँसदाउरा गर्न जानेहरू पाटेबाघको आक्रमणमा पर्ने गरेका जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक हेमबहादुर केसीले बताउनुभयो ।

गत पुस २९ गते घट्टामा पिठो पिस्न गएका कालीमाटी–८ का ६५ वर्षीय चन्द्रबहादुर खप्तडीलाई पाटेबाघले आक्रमण गरेपछि मृत्यु भएको प्रहरी नायब उपरीक्षक केसीले जानकारी दिनुभयो ।

एक साताभित्रै तीन जनाको ज्यान गएपछि निकुञ्ज क्षेत्र आसपासका बासिन्दामा त्रास छाएको कालीमाटी–७ का वडाध्यक्ष मित्रलाल रिजालले बताउनुभयो । उहाँले बाँके राष्ट्रिय निकुञ्जबाट आएको बाघले आतङ्क सिर्जना गरेको भन्दै स्थानीय त्रासित बनेका उल्लेख गर्नुभयो ।

जिल्लास्थित डिभिजन वन कार्यालयका डिभिजन वन अधिकृत टेकबहादुर रावलले बाघले दुई वटा घरपालुवा गाईगोरुलाई पनि आक्रमण गरेर मारेको जानकारी दिनुभयो । बाघले मानिस तथा घरपालुवा पशुमाथि आक्रमण गर्ने तथा आतङ्क फैलाउन थालेपछि डिभिजन वन कार्यालय सल्यानले उक्त बाघलाई नियन्त्रणमा लिने वा मार्ने आदेश जारी गर्दै तत्काल कार्यान्वयन गर्न बाँके राष्ट्रिय निकुञ्जलाई पुस ३० गते पत्राचार गरिएको अधिकृत रावलले जानकारी दिनुभयो । स्थानीयमा त्रास बढ्नुका साथै दैनिक कामका लागिसमेत घरबाहिर निस्कन सक्ने अवस्था नभएपछि पत्राचार गरिएको उहाँको भनाइ छ ।

“बाघको आतङ्क नियन्त्रण गर्न पालिकासहित स्थानीयको अनुरोध आएपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ (पाँचौँ संशोधनसमेत) को दफा १० ‘क’ र ‘ख’ तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० ९पाँचौँ संशोधनसमेत० को दफा ३६ क अनुसार सिफारिस समितिले उक्त पाटेबाघलाई नियन्त्रणमा लिने वा मार्ने आदेश जारी गरेको छ”, वन अधिकृत रावलले भन्नुभयो ।

संरक्षित वन्यजन्तुका रूपमा रहेको पाटेबाघलाई नियन्त्रण वा मार्ने आदेश जारी भएपछि त्यसलाई कार्यान्वयन गर्न विशेषज्ञ टोली परिचालन गर्नका लागि बाँके राष्ट्रिय निकुञ्जलाई आग्रह गरिएको उहाँले बताउनुभयो । रासस

ताजा समाचारहरुः

सुर्खेत र सल्यानमा पाटेबाघको आक्रमणबाट एक सातामा तीन जनाको मृत्यु

देवघाटमा निर्माण गरिएको शवदाह गृह सार्वजनिक–निजी साझेदारी ‘मोडेल’मा सञ्चालन गर्ने तयारी

सुर्खेत र सल्यानमा पाटेबाघको आक्रमणबाट एक सातामा तीन जनाको मृत्यु

विश्व बाघ दिवसको अवसरमा सौराहामा संरक्षणसम्बन्धी अन्तरक्रिया तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

सुर्खेत र सल्यानमा पाटेबाघको आक्रमणबाट एक सातामा तीन जनाको मृत्यु

शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने

सुर्खेत र सल्यानमा पाटेबाघको आक्रमणबाट एक सातामा तीन जनाको मृत्यु

गुरु पूर्णिमाका अवसरमा महाबुद्ध महाविहारमा ८५ स्थविरलाई पञ्चदान, दीपंकर तथागत बुद्धको शोभायात्रा

सुर्खेत र सल्यानमा पाटेबाघको आक्रमणबाट एक सातामा तीन जनाको मृत्यु

बिपी कोइराला क्यान्सर अस्पतालमा केमो सेवामा चाप, बिरामी पाँच दिन पर्खिन बाध्य

सुर्खेत र सल्यानमा पाटेबाघको आक्रमणबाट एक सातामा तीन जनाको मृत्यु

चितवन प्रशासनद्वारा आज राति ८ बजेदेखि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द

सुर्खेत र सल्यानमा पाटेबाघको आक्रमणबाट एक सातामा तीन जनाको मृत्यु

नारायणी अस्पतालका ६७ चिकित्सकले दिए सामूहिक राजीनामा, प्रशासनबाट नै असुरक्षित भएको दाबी