Latest News

हताहतीको पीडाबोधले गृहमन्त्रीबाट राजीनामा दिएँः रमेश लेखक

ramesh-lekhak

कांग्रेस नेता रमेश लेखकले मानवीय हताहतीको पीडाबोधले पदबाट राजीनामा दिएको बताएका छन् । जेनजी आन्दोलनको क्रममा राज्यबाट भएको दमनको छानबिन गर्न गठित उच्चस्तरीय छानबिन आयोगमा बयान दिएर फर्किएपछि उनले २३ भदौको आन्दोलनको क्रममा मानवीय हताहतीको पीडाबोधले राजीनामा दिएको बताएका हुन् ।

‘जेनजी पुस्ताले गरेको शान्तिपूर्ण आन्दोलनमा पूर्वनियोजित रूपमा घुसपैठ भएपछि हिंसात्मक बन्न पुग्यो । त्यसक्रममा थुप्रै मानवीय हतहती हुन पुग्यो । त्यो सुनेपछि असैह्य पीडा भयो । त्यही पीडाबोधका कारण मैले पदीय नैतिकताका आधारमा राजीनामा दिएको हुँ,’ उनले भने ।

मैले मान्छे मार भनेर आदेश दिन सक्छु ? त्यस्तो गलत कर्म मबाट हुन्छ ? हुँदैन,’ उनले भने, ‘आयोग त के सबैभन्दा ठूलो आयोग जनताको बीचमा उभिएर स्पष्टसँग भन्दैछु, २३ भदौमा हृदयविदारक घटना भएपछि पदीय नैतिकताको आधारमा त्यसै दिन गृहमन्त्रीबाट राजीनामा दिएको हुँ ।’