Latest News

संसद् पुनर्स्थापनाको पक्षमा एमालेको प्रदर्शन

received_1416558800118642-1536x709

संसद् पुनर्स्थापनाको पक्षमा चितवनमा नेकपा एमालेले जनसभा तथा प्रदर्शन गरेको छ । नेकपा एमाले चितवनले शनिबार नारायणगढ, पोखरा बसपार्कमा आयोजना गरेको जनसभामा एमाले उपाध्यक्ष रामबहादुर थापा बादलले फागुन २१ गते निर्वाचन नभए प्रतिक्रान्तिलाई पूर्णता दिन चाहने शक्तिले सुशीला कार्कीलाई हटाउने बताए ।

सुशीला कार्की नेतृत्वको सरकारले गर्ने भनेको फागुन २१ को निर्वाचन नाटकमात्रै भएको उनले बताए । उनले भने, ‘प्रतिक्रान्तिलाई वैधता दिन रचिएको ‘हनी ट्रयापिङ’ हो, ठूला दलहरु यस्तोमा पर्दैनन् । उपाध्यक्ष बादलले फागुन २१ को निर्वाचन देशमा स्थापित दल र तिनका नेतालाई फसाए मात्र हुने नत्र नहुने बताए । भदौ २३ र २४ को आन्दोलन पश्चिमा साम्राज्यवादी शक्तिहरुले गराएको आरोप उनले लगाए ।

‘फागुन २१ को निर्वाचन प्रतिक्रान्तिलाई पूर्णता र वैधानिकता दिनको निम्ति गराउने निर्वाचन हो । यो सामान्य निर्वाचन होइन । संसदीय निर्वाचन जस्तो निर्वाचन होइन । साम्राज्यवादीहरुले आफ्नो दलालहरुलाई स्थापित गर्ने र प्रतिक्रान्तिलाई पूर्णता दिने र प्रतिक्रान्तिको सरकारलाई स्थायित्व दिने नौटङ्की हो । यो एउटा हनी ट्र्याप हो’ उनले भने ।

नेता बादलले दस पार्टी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीलाई दसकोठे टहरोको संज्ञा दिए । बादलले दसकोठे टहरोले निकास ननिकाल्ने बताउँदै आफ्नो मूल घरमा फर्कन आग्रह गरे । ‘निर्वाचनमा अस्तित्व जोगाउनमात्रै उनीहरुले १० कोठे टहरो हालेका हुन्, त्यसले पनि उनीहरुको ओरालो यात्रा रोकिँदैन, मूल घरमा फर्किएमात्रै केही जोगिन सक्छ’, उनले भने ।
‘विदेशीले नेपालका स्रोतसाधनहरु कब्जा गर्न, चीन र भारतजस्ता देशमा पृथकतावादी आन्दोलन चर्काउन, नेपालमा सैनिक अड्डा राखेर प्रयोग गर्ने षड्यन्त्रको एक कडी भदौ २३ र २४ को कलर रिभोलुसन हो’, बादलले भने, ‘नेपालमा बालेन र रविजस्ता नाममा कठपुतली जेलेन्स्कीहरु जन्माउन खोजिरहेका छन् ।’

उनले फागुन २१ को निर्वाचन अगाडि स्थापित दल र तिनका नेतालाई फसाएर मात्रै कार्की नेतृत्वको सरकारले चुनाव गराउन खोजेको बताए । त्यसका लागि विभिन्न षड्यन्त्रहरू रचिएको उनको दाबी थियो । संविधानले बर्जित गरेको पात्रलाई विदेशीको ईशारामा संविधान च्याँतेर प्रधानमन्त्री बनाईएको भन्दै उपाध्यक्ष बादलले ठूला र स्थापित दलका नेतालाई चुनाबमा भाग लिन नरोके उनलाई पनि विदेशी शक्तिले हटाउने बताए । प्रतिनिधिसभा पुनस्थापना गरेर जनताको सार्वभौम संसदबाट बन्ने सरकारबाट मात्रै निर्वाचन गराउनुपर्ने उनको भनाइ छ ।

‘विदेशीले नेपालका स्रोत साधनहरू कब्जा गर्न, चीन र भारत जस्ता देशमा पृथकतावादी आन्दोलन चर्काउन नेपालमा सैनिक अड्डा राखेर प्रयोग गर्न षड्यन्त्र एक कडी भदौ २३ र २४ को कलर रिभोलुसन हो,’ बादलले भने, ‘त्यसका लागि नेपालमा बालेन र रवि जस्ता नाममा कठपुतली जेलेन्स्कीहरू जन्माउन खोजिरहका छन् ।’

दलहरुले आत्मसमर्पण गरे भने चुनाव हुन दिने नभए हुन नदिने रणनीतिमा अहिलेको सरकार रहेको उनको दाबी छ । उनले अहिलेको रक्तक्रान्तिको रङ दिएर सत्ता उल्ट्याउन गरिएको आन्दोलनलाई राजनीतिक तरिकाले विश्लेषण गर्दा नेपालमा सैनिक अड्डा जमाएर भारत र चीनमा विखण्डन मच्चाउने योजना भएको दाबी समेत गरेका थिए ।

अहिले पुष्टि गर्न नसकिएपनि समयले पुष्टि गर्ने भन्दै बादलले भने, ‘पश्चिमा साम्राज्यवादीले आफ्नो स्वार्थ पूर्ति गर्नको लागि यो आन्दोलन मचएका हुन् । महाशक्तिहरुको स्वर्थ निश्चित बजारको कब्जा गर्ने, खनिज स्रोतलाई कब्जा गरेर अकुत सम्पत्ति कमाउने छ । यो कठपुतली सरकार, दलाल सरकारमार्फत सैनिक अड्डा कायम गरेर स्रोतमा कब्जा जमाउन चाहन्छन् ।’

कार्यक्रममा नेकपा एमाले चितवन जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य देवी ज्ञवालीले संसद पुनस्र्थापना गरेपछि बन्ने सरकारले नै निर्वाचन गराउन सक्ने बताए । उनले भने, ‘निर्वाचनको नाटक गरेर भुलभुलैया गरिएको छ, सुशीला कार्की नै प्रधानमन्त्री भएको बाटो बाटो संवैधानिक छैन ।’ उनले नेकपा एमाले चुनावबाट नभाग्ने बताउँदै पहिला संसद पुनस्र्थापना गर्नुपर्ने बताए ।

कार्यक्रममा बागमती प्रदेश सरकारका नेकपा एमाले संसदीय दलका नेता तथा केन्द्रीय सदस्य जेएन थपलियाले नेकपा एमालेको पक्षमा देशभर जनलहर आएको बताउँदै संसद पुनस्र्थापनामा जोड दिएका थिए । नेकपा एमाले चितवनका अध्यक्ष कमलराज पाठकले विदेशीको इशारामा गरिएको यो षडयन्त्रको छिटै भण्डाफोर हुने बताए । पोखरा बसपार्कमा सभा हुनुअघि एमालेका कार्यकर्ताहरु लायन्सचोकमा जम्मा भई ¥याली गरेका थिए । ¥यालीमा संसद पुनस्र्थापना गर्नुपर्नेलगायतका नारा लगाएका थिए ।