Day: १ मंसिर २०८२, आईतवार १५:११

एमाले महाधिवेशन भृकुटीमण्डपमा हुने

एमाले महाधिवेशन भृकुटीमण्डपमा हुने

नेकपा एमालेको ११ औं महाधिवेशन काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा हुने भएको छ। मंसिर २७ देखि २९ गतेसम्म महाधिवेशन चल्नेछ। पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार भृकुटीमण्डपमा महाधिवेशन उद्घाटन र बन्द सत्र हुनेछ।
Read More
आज प्यारापिट र फलडलाइट क्यानलाई हस्तान्तरण गरिने

आज प्यारापिट र फलडलाइट क्यानलाई हस्तान्तरण गरिने

आज त्रिवि क्रिकेट मैदानको प्यारापिट र फलडलाइट हस्तान्तरण गर्दैछ । शहरी विकास मन्त्रालयले अन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा प्रथम चरणमा निर्मित प्यारापिट र फलडलाइट नेपाल क्रिकेट संघ क्यानलाई हस्तान्तरण गर्न लागेको हो । मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलका अनुसार आइतबार साँझ ५ः३० बजे कीर्तिपुर रंगशालामा उक्त कार्यक्रम हुनेछ ।
Read More
सुनको मूल्य तोलामा ६ हजार ९०० रुपैयाँ घट्यो

सुनको मूल्य तोलामा ६ हजार ९०० रुपैयाँ घट्यो

आइतबार सुनको मूल्य तोलामा ६ हजार ९०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा २ लाख ४९ हजार ७०० रुपैयाँ कायम रहेको छापावाल सुनको मूल्य आइतबार घटेर तोलामा २ लाख ४२ हजार ८०० रुपैयाँ कायम भएको हो । यस्तै चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा ३ हजार २८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार घटेर तोलामा ३ हजार १३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।  
Read More
मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका–१ को सिमानामा पर्ने बुङ्दलखोला पुलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार बाप्र०३–००५प ७९८० नम्बरको मोटरसाइकल बुङ्दलखोलाबाट ५० फिट तल आज बिहान खस्दा मोटसाइकल चालक हेटौँडा उपमहानगरपालिका–२ चौकी टोल निवासी ३९ वर्षीय वीरबहादुर गुरुङ र पछाडि सवार पूर्वी नवलपरासी कावासोती नगरपालिका–१३ घर भई हेटौँडा उपमहानगरपालिका–२ बस्ने ३५ वर्षीय चन्द्रबहादुर गुरुङको मृत्यु भएको हो । मृतक दुवै जनाको शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
Read More
नेपालले कार्वन उत्सर्जन न्यून, क्षति धेरै

नेपालले कार्वन उत्सर्जन न्यून, क्षति धेरै

कार्वन उत्सर्जन न्यूनीकरणमा खेलिएको भूमिकाबापत नेपालले पाउने लाभांशलाई न्यायोचित रूपमा तल्लो तहसम्म पुर्याउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । नेपालको रेडप्लसअन्तर्गत उत्सर्जन न्यूनीकरणसम्बन्धी धनगढीमा आयोजित दुईदिने कार्यशालामा वनजङ्गल जोगाएर उत्सर्जन न्यूनीकरणमा पहिलो भूमिका आदिवासी जनजाति एवं सीमान्तकृत समुदायले खेलेकाले प्राप्त हुने लाभांश पनि आदिवासी र सीमान्तकृतलाई न्यायोचित ढङ्गले बाँडफाँट गर्नुपर्ने बताउनुभयो । डेडिकेटेड ग्रान्ट मेकानिजम ९डिजिएम० नेपाल, ग्रामीण पुनःस्थापना नेपालको आयोजनामा भएको कार्यशालमा वनविज्ञ रुपेश कालाखेतीले कार्वन उत्सर्जनका कारण वातावरणमा परेको नकारात्मक असरबारे प्रकाश पार्दै नेपालले कार्वन उत्सर्जनमा न्यून योगदान दिए पनि क्षति धेरै व्यहोर्नुपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालले कार्वन उत्सर्जनका कारण क्षति धेरै व्यहोरिरहेकाले क्षतिपूर्तिबापतको रकम प्राप्त हुन लागेको…
Read More
संसद् पुनर्स्थापनाको पक्षमा एमालेको प्रदर्शन

संसद् पुनर्स्थापनाको पक्षमा एमालेको प्रदर्शन

संसद् पुनर्स्थापनाको पक्षमा चितवनमा नेकपा एमालेले जनसभा तथा प्रदर्शन गरेको छ । नेकपा एमाले चितवनले शनिबार नारायणगढ, पोखरा बसपार्कमा आयोजना गरेको जनसभामा एमाले उपाध्यक्ष रामबहादुर थापा बादलले फागुन २१ गते निर्वाचन नभए प्रतिक्रान्तिलाई पूर्णता दिन चाहने शक्तिले सुशीला कार्कीलाई हटाउने बताए । सुशीला कार्की नेतृत्वको सरकारले गर्ने भनेको फागुन २१ को निर्वाचन नाटकमात्रै भएको उनले बताए । उनले भने, ‘प्रतिक्रान्तिलाई वैधता दिन रचिएको ‘हनी ट्रयापिङ’ हो, ठूला दलहरु यस्तोमा पर्दैनन् । उपाध्यक्ष बादलले फागुन २१ को निर्वाचन देशमा स्थापित दल र तिनका नेतालाई फसाए मात्र हुने नत्र नहुने बताए । भदौ २३ र २४ को आन्दोलन पश्चिमा साम्राज्यवादी शक्तिहरुले गराएको…
Read More
रारा र फोक्सुन्डो ताल स्थलमार्गबाट जोडिँदै

रारा र फोक्सुन्डो ताल स्थलमार्गबाट जोडिँदै

डोल्पाको त्रिपुराकोट नगरपालिका–१ त्रिपुराकोटबाट जुम्लाको मौरे सडक जोड्नका लागि झण्डै रु २५ करोडभन्दा बढी लागतमा स्तरोन्नति सुरु भएको छ । रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–६ त्रिवेणीबाट जुम्ला जोड्ने सडक निर्माण भइसकेको सन्दर्भमा अर्को मार्गबाट पनि जुम्ला जोड्ने काम थालिएको हो त्रिपुराकोटदेखि मौरे लेकसम्मको सडक स्तरोन्नतिका लागि बजेट विनियोजन भई ठेक्का प्रणालीबाट रु २५ करोड ९९ लाख ८८ हजार बजेटमा स्तरोन्नतिको काम सुरु भएको भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले जानकारी दिनुभयो । सडक स्तरोन्नतिपछि जुम्ला र डोल्पाका स्थानीयवासी तथा पर्यटक सहज हुने जनाइएको छ । रारा र फोक्सुन्डो ताल पनि सडकको माध्यमबाट जोडिने बताउनुभयो । कर्णालीका दुई प्रमुख पर्यटकीय गन्तव्य नै…
Read More