चुनावमा जाँदैनौँ, गृहमन्त्रीले धोका दिनुभयोः सुधन गुरुङ

sudan-gurun

हामी नेपाल नामक गैरसरकारी संस्थाका संयोजक सुधन गुरुङले अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले ‘जेनजी’का माग पूरा गर्न नसक्ने बताएका छन् । बिहीबार(कात्तिक २७) निर्वाचन आयोगमा सञ्चारकर्मीसँग उनले आफूहरू ०८४ को निर्वाचन ०८२ मा सार्न मात्र नलडेको बताए ।

उनले आफ्ना माग पूरा नभईकन निर्वाचनमा सहभागी नहुने उद्घोष गरे । सहिद, घाइतेका माग पूरा हुनुपर्नेमा उनले जोड दिए ।

“हामी चुनावमा जाँदैनौँ । हामी यो ०८४ को चुनाव ०८२ मा सार्नलाई लडेको पनि होइन । यति धेरै मान्छे घाइते, सहिद भएका छन्,” उनले भने, “गृहमन्त्री ओमप्रकाश अर्यालले धोका दिनुभयो । अहिले आएर चुनावमा जान्छौँ, यसको टार्गेट चुनाव मात्रै हो भन्नुहुन्छ, घाइतेको सम्बोधन गर्नुपर्नेछ ।”

सरकारले निर्वाचनलाई गन्तव्य बनाएर हिँडिरहेको उनले उल्लेख गरे । जेनजी आन्दोलनले न्याय पाउनुपर्ने उनले माग गरे ।

“न्याय नपाएसम्म हामी कहाँ चुनावमा जान्छौँ ! हाम्रा प्रतिबद्धता पूरा हुन् । हामीले न्याय पाएका छैनौँ । उहाँ (गृहमन्त्री)ले न्याय दिने आशा छैन,” उनले भने ।

उनले देश सरकारको मात्र हो भन्ने गलत भाष्य निर्माण गरिएको भन्दै आपत्ति जनाए । हरेक नेपाली देश बनाउन आउनुपर्ने उनले बताए । न्युज एजेन्सी नेपाल

ताजा समाचारहरुः

चुनावमा जाँदैनौँ, गृहमन्त्रीले धोका दिनुभयोः सुधन गुरुङ

देवघाटमा निर्माण गरिएको शवदाह गृह सार्वजनिक–निजी साझेदारी ‘मोडेल’मा सञ्चालन गर्ने तयारी

चुनावमा जाँदैनौँ, गृहमन्त्रीले धोका दिनुभयोः सुधन गुरुङ

विश्व बाघ दिवसको अवसरमा सौराहामा संरक्षणसम्बन्धी अन्तरक्रिया तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

चुनावमा जाँदैनौँ, गृहमन्त्रीले धोका दिनुभयोः सुधन गुरुङ

शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने

चुनावमा जाँदैनौँ, गृहमन्त्रीले धोका दिनुभयोः सुधन गुरुङ

गुरु पूर्णिमाका अवसरमा महाबुद्ध महाविहारमा ८५ स्थविरलाई पञ्चदान, दीपंकर तथागत बुद्धको शोभायात्रा

चुनावमा जाँदैनौँ, गृहमन्त्रीले धोका दिनुभयोः सुधन गुरुङ

बिपी कोइराला क्यान्सर अस्पतालमा केमो सेवामा चाप, बिरामी पाँच दिन पर्खिन बाध्य

चुनावमा जाँदैनौँ, गृहमन्त्रीले धोका दिनुभयोः सुधन गुरुङ

चितवन प्रशासनद्वारा आज राति ८ बजेदेखि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द

चुनावमा जाँदैनौँ, गृहमन्त्रीले धोका दिनुभयोः सुधन गुरुङ

नारायणी अस्पतालका ६७ चिकित्सकले दिए सामूहिक राजीनामा, प्रशासनबाट नै असुरक्षित भएको दाबी