Day: २८ कार्तिक २०८२, बिहीबार १६:५२

कुरा र व्यवहार नमिल्दा देशले क्षति व्यहोर्नु पर्योः मुख्यमन्त्री बानियाँ

कुरा र व्यवहार नमिल्दा देशले क्षति व्यहोर्नु पर्योः मुख्यमन्त्री बानियाँ

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राज्यका हरेक निकायमा कुरा एउटा र व्यवहार अर्को हुँदा देशले अकल्पनीय क्षति व्यहोर्नु परेको बताउनुभएको छ । बानियाँले तीनै तहका सरकारले गरिबको पक्षमा, न्यायको पक्षमा काम नगर्दा देशमा विषम् परिस्थिति सृजना भएको बताउनुभयो । दोलखाको सदरमुकाम चरिकोटमा स्थानीय सरकारबीच सिकाइ आदानप्रदानका लागि राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै उहाँले राज्य मेरो हो, यो देश मेरो हो भन्ने गरी नागरिकप्रति जिम्मेवार भएर कर्म नगरे समस्या उत्पन्न हुने धारणा राख्नुभयो । यहाँ आजदेखि स्थानीय सरकारको राष्ट्रिय कार्याशाला सुरु भएको छ । स्थानीय सरकारबीच सिकाइ आदानप्रदानका लागि राष्ट्रिय कार्यशालाको आयोजना गरिएको हो । कार्यशालामा देशभरका १९ स्थानीय तहका जनप्रतिनिधि र…
Read More
पैँतीस उद्योगद्वारा २३ करोड ८७ लाख बक्यौता विद्युत महसुल असुल

पैँतीस उद्योगद्वारा २३ करोड ८७ लाख बक्यौता विद्युत महसुल असुल

लोडसेडिङको समयमा ‘डेडिकेटेड’ तथा ‘ट्रङ्क लाइन’ संरचनाबाट विद्युत् उपभोग गरेका २५ नयाँ उद्योगले प्रिमियम महसुल बक्यौताको पहिलो किस्ता तिरेका छन् । यसअघि बक्यौता तिर्न सुरु गरी त्यसलाई निरन्तरता नदिएका १० उद्योगले किस्ताबन्दीलाई निरन्तरता दिएका हुन् । यसरी, नेपाल विद्युत् प्राधिकरणले ३५ उद्योगबाट २३ करोड ८७ लाख ७२ हजार रुपैयाँ बक्यौता महसुल असूल गरेको ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङको सचिवालयले जनाएको छ । ३५ उद्योगको कुल बक्यौता पाँच अर्ब ९४ करोड ५६ लाख रुपैयाँ थियो । अब पाँच अर्ब ७० करोड ६८ लाख रुपैयाँ बक्यौता असुल गर्न बाँकी छ । यो बक्यौता २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड तथा ट्रङ्क लाइनबाट…
Read More
चुनावमा जाँदैनौँ, गृहमन्त्रीले धोका दिनुभयोः सुधन गुरुङ

चुनावमा जाँदैनौँ, गृहमन्त्रीले धोका दिनुभयोः सुधन गुरुङ

हामी नेपाल नामक गैरसरकारी संस्थाका संयोजक सुधन गुरुङले अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले ‘जेनजी’का माग पूरा गर्न नसक्ने बताएका छन् । बिहीबार(कात्तिक २७) निर्वाचन आयोगमा सञ्चारकर्मीसँग उनले आफूहरू ०८४ को निर्वाचन ०८२ मा सार्न मात्र नलडेको बताए । उनले आफ्ना माग पूरा नभईकन निर्वाचनमा सहभागी नहुने उद्घोष गरे । सहिद, घाइतेका माग पूरा हुनुपर्नेमा उनले जोड दिए । “हामी चुनावमा जाँदैनौँ । हामी यो ०८४ को चुनाव ०८२ मा सार्नलाई लडेको पनि होइन । यति धेरै मान्छे घाइते, सहिद भएका छन्,” उनले भने, “गृहमन्त्री ओमप्रकाश अर्यालले धोका दिनुभयो । अहिले आएर चुनावमा जान्छौँ, यसको टार्गेट चुनाव मात्रै हो भन्नुहुन्छ, घाइतेको…
Read More
अस्ट्रेलियामा सवारी दुर्घटनाः चितवनका तीन जनाको मृत्यु

अस्ट्रेलियामा सवारी दुर्घटनाः चितवनका तीन जनाको मृत्यु

अस्ट्रेलियामा सवारी दुर्घटना हँदा चितवनका तीन जनाको मृत्यु भएको छ । भिक्टोरिया राज्यको ग्रामीण क्षेत्र स्टोनलीमा भएको दुर्घटनामा चितवन घर भएका एकै परिवारका तीन जनाको मृत्यु भएको हो । कारका चालक (बाबु) ४१ वर्षीय एक पुरुष, ३१ वर्षीया एक महिला (आमा) र तीन वर्षीया एक बालक (छोरा) को दुर्घटनास्थलमै मृत्यु भएको हो । उनीहरूसँगै यात्रा गरिरहेकी एक वृद्धाको भने उपचार भइरहेको छ । घाइते मृतक महिलाकी आमा रहेको समाचारमा उल्लेख छ । घाइतेलाई हेलिकोप्टरबाट उद्धार गरी अस्पताल लगिएको थियो । सब वे बाट मेन रोडमा निस्कने क्रममा मालबाहक ट्रकले ठक्कर दिँदा उक्त दुर्घटना भएको थियो । दुर्घटनापछि भिक्टोरियाका वाणिज्य दूत…
Read More
नारायणी सिग्नेचर ब्रिज निर्माण सम्झौता भएको २९ महिनामा डिजाइन स्वीकृत, यस्तो छ डिजाइन

नारायणी सिग्नेचर ब्रिज निर्माण सम्झौता भएको २९ महिनामा डिजाइन स्वीकृत, यस्तो छ डिजाइन

निर्माण सम्पन्न हुनुपर्ने समय सकिन करिब डेढ वर्ष मात्रै बाँकी रहँदा नारायणीमा नदीमा बन्ने सिग्नेचर ब्रिजको डिजाइन स्वीकृत भएको छ । ४८ महिनामा निर्माण सम्पन्न गर्नेगरी ठेक्का दिइएको पुलको डिजाइन नै २९ महिनापछि सडक विभागबाट स्वीकृत भएको हो । ४८ महिना (चार वर्ष)मा निर्माण सम्पन्न गर्नेगरी २०८० वैशाख १९ गते तुँदी कन्स्ट्रक्सनले सिग्नेचर ब्रिजको ठेक्का पाएको थियो । पहिलो १२ महिना अर्थात् १ वर्षभित्र पुलको डिजाइन तयार गरेर ३६ महिना (तीन वर्षमा) निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । तर, झन्डै साढे दुई वर्ष (झन्डै २९ महिना)पछि पुलको डिजाइन स्वीकृत भएको हो । १ अर्ब ६८ करोडमा निर्माण सम्झौता भएको…
Read More