Latest News

चितवनका चार बैंकले दिए मालपोत र नापी कार्यालयलाई कम्प्युटरलगायतका सामग्री

WhatsApp-Image-2025-09-28-at-1.32.12-PM-1

चितवनका चार वटा बैंकले संयुक्त रुपमा जिल्लाका मालपोत र नापी कार्यालयलाई आवश्यक सामग्री सहयोग गरेका छन् ।

गत भदौ २४ गते जेन–जी आन्दोलनको क्रममा प्रदर्शनकारीहरुले मालपोत र नापी कार्यालयमा पूर्णरुपमा तोडफोड र आगजनी गरेपछि अहिले सेवा सुचारुमा कठिनाई भइरहेको छ । यहीँ अवस्थालाई मध्यनजर गर्दै चितवनमा रहेका प्रभु बैंक लि., कुमारी बैंक लि., ज्योति विकास बैंक लि. र सिन्धु विकास बैंक लि.ले संयुक्तरुपमा मालपोत कार्यालय र नापी कार्यालय भरतपुरलाई कार्यालय सञ्चालनको लागी आवश्यक कम्प्युटर, प्रिन्टर, टेबल र कुर्चीहरु सहयोग गरेको हो ।

एक कार्यक्रमकाबीच बैंकले उक्त सामग्री हस्तान्तरण गरेको हो । सामग्री हस्तान्तरण कार्यक्रममा प्रभु बैंक लि.को तर्फबाट सांग्रिला श्रेष्ठ, कुमारी बैंक लि.को तर्फबाट कृष्ण प्रसाद शर्मा, ज्योति बिकास बैंक लि.को तर्फबाट दिलु सापकोटा र सिन्धु विकास बैंक लि.को तर्फबाट रविन कुवँरलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा मालपोत कार्यालय भरतपुरका प्रमुख रमेश प्रसाद गौतम र नापी कार्यालय भरतपुरका प्रमुख श्रीधन ढुङ्गानाको उपस्थिति सामग्री हस्तान्तरण गरिएको हो ।

गत भदौं २३ र २४ गते जेन–जी आन्दोलनको दौरानमा सो कार्यालयहरुमा क्षति भई सेवा प्रभावित भएकोले बैंकहरुको तर्फबाट सहयोग प्रदान गरिएको प्रभु बैंक लि.का प्रदेश प्रमुख सांग्रिला श्रेष्ठले जानकारी दिनुभयो । उहाँले यो सामग्रीबाट कार्यालय संचालनमा सहयोग पुग्नेमा विश्वास व्यक्त गर्नुभयो ।