Day: १४ आश्विन २०८२, मंगलवार १७:५५

बीसीए इन्टर हाइस्कुल टी–२० क्रिकेटको उपाधि आयोजक ‘बीसीए’लाई

बीसीए इन्टर हाइस्कुल टी–२० क्रिकेटको उपाधि आयोजक ‘बीसीए’लाई

चितवनको भरतपुरमा सम्पन्न प्रथम संस्करणको ‘बीसीए इन्टर हाइस्कुल नकआउट क्रिकेट प्रतियोगिता–२०८२’ को उपाधि आयोजक भरतपुर क्रिकेट एकेडेमी (बीसीए)ले जितेको छ । भरतपुर–५, समीचोकस्थित एकेडमीको मैदानमा भएको फाइनल प्रतिस्पर्धामा न्यू क्यापिटल कलेज रत्ननगरलाई १९ रनले हराउँदै बीसीएले उपाधि घरमै राखेको हो । उपाधिसंगै बीसीएले नगद ५० हजार रुपैयाँ प्राप्त गर्न सफल भयो भने उपविजेतामै चित्त बुझाएको न्यू क्यापिटलले नगद २५ हजार रुपैयाँ प्राप्त गर्‍यो । विजेता तथा उपविजेताहरुलाई बीसीएका अध्यक्ष सुहान गिरी, प्रतियोगिताका निर्देशक महादीप श्रेष्ठ, प्रतियोगिताका संयोजक दीपेश श्रेष्ठलगायतले पुरस्कार वितरण गर्नुभएको थियो । बीसीएले दिएको ११२ रनको लक्ष्य पछ्याएको न्यू क्यापिटल १८.२ ओभरमा ९२ रनमै अलआउट भएपछि बीसीएले उपाधि…
Read More
चितवनका चार बैंकले दिए मालपोत र नापी कार्यालयलाई कम्प्युटरलगायतका सामग्री

चितवनका चार बैंकले दिए मालपोत र नापी कार्यालयलाई कम्प्युटरलगायतका सामग्री

चितवनका चार वटा बैंकले संयुक्त रुपमा जिल्लाका मालपोत र नापी कार्यालयलाई आवश्यक सामग्री सहयोग गरेका छन् । गत भदौ २४ गते जेन–जी आन्दोलनको क्रममा प्रदर्शनकारीहरुले मालपोत र नापी कार्यालयमा पूर्णरुपमा तोडफोड र आगजनी गरेपछि अहिले सेवा सुचारुमा कठिनाई भइरहेको छ । यहीँ अवस्थालाई मध्यनजर गर्दै चितवनमा रहेका प्रभु बैंक लि., कुमारी बैंक लि., ज्योति विकास बैंक लि. र सिन्धु विकास बैंक लि.ले संयुक्तरुपमा मालपोत कार्यालय र नापी कार्यालय भरतपुरलाई कार्यालय सञ्चालनको लागी आवश्यक कम्प्युटर, प्रिन्टर, टेबल र कुर्चीहरु सहयोग गरेको हो । एक कार्यक्रमकाबीच बैंकले उक्त सामग्री हस्तान्तरण गरेको हो । सामग्री हस्तान्तरण कार्यक्रममा प्रभु बैंक लि.को तर्फबाट सांग्रिला श्रेष्ठ,…
Read More
शृंखला ३-० को जितसहित अन्त्य गर्न चाहन्छौँः आसिफ शेख

शृंखला ३-० को जितसहित अन्त्य गर्न चाहन्छौँः आसिफ शेख

ओपनर ब्याटर आसिफ शेखले वेस्ट इन्डिजसँगको शृंखला ‘क्लिन स्विप’सहित अन्त्य गर्ने चाहना रहेको बताएका छन् । नेपाली टिमले सोमबार यूएईमा भएको दोस्रो खेलमा ९० रनको सहज जित निकालेसँगै दुई पटकको विश्वकप विजेताविरुद्ध शृंखला अन्तिम खेलअगावै सुनिश्चित गरिसकेको छ । ओपनर ब्याटर आसिफ शेखले वेस्ट इन्डिजसँगको शृंखला ‘क्लिन स्विप’सहित अन्त्य गर्ने चाहना रहेको बताएका छन् । नेपाली टिमले सोमबार यूएईमा भएको दोस्रो खेलमा ९० रनको सहज जित निकालेसँगै दुई पटकको विश्वकप विजेताविरुद्ध शृंखला अन्तिम खेलअगावै सुनिश्चित गरिसकेको छ । नेपालको जितमा अर्धशतकीय इनिङ्स खेलेका आसिफले सर्वाधिक ६८ रन बनाएका थिए । जितपछि आसिफले आफूसँगै अर्धशतक बनाएका सन्दीप जोरालाई श्रेय जानेसमेत बताए…
Read More
दसैँमा मासु स्वस्थ तरिकाले पकाएर खान चिकित्सकको सुझाव

दसैँमा मासु स्वस्थ तरिकाले पकाएर खान चिकित्सकको सुझाव

आज दसैँको महाअष्टमी, घरघरमा खसी बोका, राँगा, च्याङ्ग्रालगायतका पशु चौपायको बलि दिएर मासु खाने गरिन्छ । मासु खाँदा स्वस्थ मासुलाई स्वस्थ तरिकाले पकाएर खान चिकित्सकहरुको सुझाव छ । चिकित्सकहरु मासु नै नखानभन्दा पनि पकाउने तरिकामा ख्याल गर्न सुझाव दिन्छन् । मासु आफँैमा खराब नभए पनि पकाउने तरिकाका कारण अस्वस्थ बन्ने गरेको उनीहरुको भनाइ छ । पुष्पाञ्जली अस्पतालका फिजिसियन डा भोजराज अधिकारी खानपिनमा सामान्य ध्यान नदिँदा दसैँका समयमा उच्च रक्तचाप, मुटु, मधुमेह र पेटजन्य समस्याका साथै झाडाबान्ता हुने, कब्जियत हुने, युरिक एसिड बढ्ने तथा ग्यास्ट्रिकका बिरामीको सङ्ख्या उल्लेख्य वृद्धि हुने बताउनुहुन्छ । उहाँले एकैपटक धेरै मासु पकाएर धेरै दिनसम्म खाँदा त्यसबाट…
Read More
नेपाललाई धेरैले कमजोर ठान्छन्, तर खेल्न कठिन छः वेस्ट इन्डिजका कप्तान हुसेन

नेपाललाई धेरैले कमजोर ठान्छन्, तर खेल्न कठिन छः वेस्ट इन्डिजका कप्तान हुसेन

वेस्ट इन्डिज क्रिकेट टिमका कप्तान अकिल हुसेनले नेपाली क्रिकेट टिमको नाम सुन्नासाथ धेरैलाई ‘वाकओभर’ पाएजस्तो महसुस भएको हुने भए पनि खेल्न कठिन रहेको बताएका छन् । नेपालले सोमबार युनिटी कप टी–२० क्रिकेट शृंखलाको दोस्रो खेलमा ९० रनको जित निकाल्दै तीन खेलको शृंखला अन्तिम खेलअगावै जितेको थियो । यसअघि, नेपालले पहिलो खेलमा दुई पटकको विश्वकप विजेताविरुद्ध १९ रनको जित निकालेको थियो । लगातार दोस्रो खेलमा हारपछि हुसेनले नेपाली टिमलाई धेरैले कमजोर आँक्ने भए पनि वास्तविकता फरक रहेको जनाए । “उनीहरू पछिल्लो चार वर्षदेखि एकसाथ खेलिरहेका छन् । उनीहरूले एक–अर्कालाई राम्रोसँग बुझेका छन् । धेरैले नेपाललाई कमजोर टिम मान्छन् । तर, यस्तो…
Read More
‘ग्रेण्डर मेसिन’ले खुट्टा काटिएर मृत्यु

‘ग्रेण्डर मेसिन’ले खुट्टा काटिएर मृत्यु

‘ग्रेण्डर मेसिन’ले राँगा काट्ने तयारीका क्रममा आफ्नै खुट्टा काटिँदा झापामा एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–१ का ३५ वर्षीय रमेश परियार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सोमबार साँझ परियारले आफ्नै घरमा राँगा काट्ने तयारी गर्नुभएको थियो । तर, अचानक आफ्नै बायाँ खुट्टा ग्रेण्डरमा परेपछि उहाँ घाइते हुनुभएको थियो । घाइते परियारलाई उपचारका लागि तत्काल विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज ल्याइए पनि उहाँको अत्यधिक रक्तश्रावका कारण गएराति मृत्यु भएको प्रहरी नायब निरीक्षक चन्द्रकुमारी चेम्जोङले जानकारी दिनुभयो । रासस  
Read More