Latest News

नवदुर्गा पुजा समारोहको आयव्याय सार्वजनिक

462547199_458942323874759_2027866891272682443_n

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं ३ शान्तिचोकमा आयोजना गरिएको नवदुर्गा पुजा समारोहको आयव्याय सार्वजनिक गरिएको छ । शान्ति ज्योति युवा समाजले वडा दसैंको अबसरमा आयोजना गरेको नवदुर्गा पुजा समारोहको आम्दानी खर्च सार्वजनिक गरेको हो ।

वडाध्यक्ष सोहेन्द्रराज खरेल प्रमुख अतिथि रहेको सो कार्यक्रममा समाजका अध्यक्ष अशोक भूषालले आयव्याय सार्वजनिक गरेका हुन । पुजा समारोहका लागि १६८ जना दाताहरुबाट ४ लाख २१ हजार २५६ रुपैया संकलन भएको र पुजा समारोह सम्पन्न गर्न २ लाख ६९ हजार ७५६ रुपैया खर्च भएको अध्यक्ष भूषालले बताए । बचत भएको रकमबाट कार्यालय तथा सांस्कृतिक सामग्रीहरु खरिद गरिएको र त्यसलाई समाजको सम्पतीको रुपमा राखिएको उनले जानकारी दिए । बाँकी रहेको १ लाख ५ हजार रुपैया बैंकमा समाजको खातामा राखिएको छ ।

कार्यक्रममा पुजा समारोह चलिरहदा आयोजना गरिएको म्यूजिकल चियर, घैटो फुटाई, दौड लगायतका साता वटा विधामा खेलहरु खेलाइएको र उक्त खेलमा प्रथम, द्धितीय र तृतीय हुने खेलाडीलाई पुरस्कार वितरण गरिएको थियो । सो अबसरमा वडाध्यक्ष खरेलले शान्तिज्योति युवा समाजले धर्मसंस्कृतिको संरक्षणसंग समाजमा सचेतनामुलक गतिविधि सञ्चालन गरिरहेको भन्दै स्थानीय सरकारले समाज सुधारका क्रियाकलापमा सहयोग सहकार्य गर्ने प्रतिबद्धता जनाए ।

समाजका अध्यक्ष भूषालको अध्यक्षतामा भएको कार्यक्रममा गणेश टोल विकास संस्थाकी अध्यक्ष शोभा शर्मा, समाजसेवी आमा समुहकी अध्यक्ष र्सिजना लामा, नेपाली कांग्रेसका वडा सभापति बसन्त देवकोटा, समाजका कोषाध्यक्ष विष्णु अर्याल र सदस्यहरु दीपेश श्रेष्ठ, रन्जित उप्रेती लगायतको उपस्थिति रहेको थियो ।