Day: १० कार्तिक २०८१, शनिबार १७:५७

बछौलीमा स्वास्थ्य शिविर : ४१५ जनाको स्वास्थ्य परीक्षण

बछौलीमा स्वास्थ्य शिविर : ४१५ जनाको स्वास्थ्य परीक्षण

रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं ७ बछौलीमा शनिबार आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ४१५ जनाको उपचार गरिएको छ । ग्रिन सोसाइटी नेपाल र ग्रिन सोसाइटी पब्लिक स्कुलले सयुक्त रुपमा आयोजना गरिएको शिविरमा २२९ जनाको आँखाको उपचार सहित ४१५ जनाले स्वास्थ्य सेवा लिएको ग्रिन सोसाइटी नेपालका महासचिव शिरलाल परियारले जानकारी दिए । बाढी प्रभावित समुदाय र विपन्न समुदायको स्वास्थ्य रक्षाको लागि ग्रिन सोसाइटी नेपालको भवनमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको उनले जानकारी दिए । शिविरमा विशेषज्ञ डाक्टरहरुबाट आँखा, नाककान घाँटी, बाल रोग,छाला तथा जनरल फिनिसियन रोगको उपचार गरिएको थियो । शिविरमा उपचार गराएका विरामीहरुलाई निःशुल्क औषधि वितरण गरिएको…
Read More
नवदुर्गा पुजा समारोहको आयव्याय सार्वजनिक

नवदुर्गा पुजा समारोहको आयव्याय सार्वजनिक

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं ३ शान्तिचोकमा आयोजना गरिएको नवदुर्गा पुजा समारोहको आयव्याय सार्वजनिक गरिएको छ । शान्ति ज्योति युवा समाजले वडा दसैंको अबसरमा आयोजना गरेको नवदुर्गा पुजा समारोहको आम्दानी खर्च सार्वजनिक गरेको हो । वडाध्यक्ष सोहेन्द्रराज खरेल प्रमुख अतिथि रहेको सो कार्यक्रममा समाजका अध्यक्ष अशोक भूषालले आयव्याय सार्वजनिक गरेका हुन । पुजा समारोहका लागि १६८ जना दाताहरुबाट ४ लाख २१ हजार २५६ रुपैया संकलन भएको र पुजा समारोह सम्पन्न गर्न २ लाख ६९ हजार ७५६ रुपैया खर्च भएको अध्यक्ष भूषालले बताए । बचत भएको रकमबाट कार्यालय तथा सांस्कृतिक सामग्रीहरु खरिद गरिएको र त्यसलाई समाजको सम्पतीको रुपमा राखिएको उनले…
Read More
स्काइराइडराबाट कक्षा १२ मा उतीर्ण विद्यार्थीलाई पुरस्कृत

स्काइराइडराबाट कक्षा १२ मा उतीर्ण विद्यार्थीलाई पुरस्कृत

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा रहेको स्काइराइडर आवासीय माविले कक्षा १२ को परीक्षामा सर्वोत्कृत, उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पुरस्कृत तथा उर्तिण भएका विद्यार्थीलाई सम्मान तथा विदाई गरेको छ । शनिबार एक औपचारिक कार्यक्रमको आयोजना गरी सर्वोत्कृष्ट अंक ल्याउने पुजग डल्लाकोटी र अनिस भट्ट, उत्कृष्ट अंक ल्याउने निभा श्रेष्ठ र राज अर्याललाई सम्मान सहित पुरस्कृत र उर्तिण भएका अन्य विद्यार्थीलाई सम्मान सहित विदाई गरिएको विद्यालयका प्राचार्य मदन पुरीले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि रत्ननगरका मेयर प्रलाद सापकोटा र प्राचार्य पुरीले डल्लाकोटी र भट्टलाई जनही नगद रु ३५ हजार तथा श्रेष्ठ र अर्याललाई जनही रु १० हजार पुरस्कार सहित सम्मान गरेका…
Read More
अन्तर्राष्ट्रिय बजारमा तयारी चियाको माग बढी, उत्पादनमा कमी

अन्तर्राष्ट्रिय बजारमा तयारी चियाको माग बढी, उत्पादनमा कमी

इलाम,१० कात्तिक । जिल्लामा उत्पादित तयारी चियाको माग अन्तर्राष्ट्रिय बजारमा बढी भए पनि यस वर्ष उत्पादनमा कमी आएको छ । भारत, चीन, फ्रान्सलगायत देशबाट तयारी चियाको माग आउने गरेको चिया व्यवसायी बताउँछन् । इलाम नगरपालिका–५ बिब्ल्याँटेका चिया व्यवसायी शरद् सुब्बालले यसवर्ष विदेशी व्यापारीले दुई हजार किलो ‘स्पेसल टी’ माग गरेकामा उत्पादनमा कमी आएकाले एक हजार पाँच सय किलो चिया मात्र उपलब्ध गराउने सकिने बताउनुभयो । “सुइरोबाट बनाइने तयारी चियाको माग विदेशी बजारमा बढी छ”, उहाँले भन्नुभयो, “उहाँहरुले पहिला नै रकम पठाएर आवश्यकताअनुसार ‘बुकिङ’ गर्नुहुन्छ । उत्पादनमा कमी आएकाले मागअनुसार निर्यात गर्न सकिरहेका छैनौँ ।” कोरोना महामारीका बेलादेखि निर्यात रोकिएको चियाको…
Read More
रवि लामिछाने पक्राउ गरेर आफ्नो दलका भ्रष्ट जोगाएः माओवादी नेता तामाङ

रवि लामिछाने पक्राउ गरेर आफ्नो दलका भ्रष्ट जोगाएः माओवादी नेता तामाङ

काठमाडौँ, १० कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गरेर कांग्रेस एमालेले आफ्नो दलका भ्रष्टहरूको संरक्षण गरेर माओवादी केन्द्रका स्थायी कमिटी सदस्य परशुराम तामाङले बताएका छन् । शनिवार माओवादी केन्द्रले काठमाडौँमा गरेको खबरदारी सभामा बोल्दै उनले असोज ११ र १२ गते आएको बाढी पहिरोको घटनामा सरकार लाचार बनेको बताउँदै यो सरकार घुम्न र भोज खान व्यस्त भएको बताए । देशलाई आपत् पर्दा केपी ओली अमेरिका भ्रमणमा मस्त भएको उल्लेख गर्दै जनताप्रति उत्तरदायी नभएको बताए । उनले प्रधानमन्त्री ओलीलाई नैतिकताको आधारमा राजीनामा गर्न आग्रह गरे । नेता तामाङले सरकारले नैतिक धरातल गुमाएको, मुद्दा चलेको व्यापारीबाट अरबौँ घुस…
Read More