आँबुखैरेनीमा माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

Nepal-Police-Death-Body (1)

दमौली (तनहुँ), २८ असोज । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा आज बिहान माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु भएको छ । गोरखा घर भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँमा कार्यरत भक्तबहादुर नहर्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

गोरखाबाट पोखरातर्फ जाँदै गरेका हवल्दार नहर्की सवार गण्डकी एए ओओ १५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको विद्युतीय माइक्रोले ठक्कर दिइ गम्भीर घाइते बनाएको थियो । घाइते नहर्कीको आँबुखैरेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । माइक्रो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

ताजा समाचारहरुः

आँबुखैरेनीमा माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

सर्लाहीदेखि काठमाडौँसम्मको कष्टकर पदयात्राः भोक र घाउसँग जुध्दै न्यायको खोजीमा लघुवित्त पिडित

आँबुखैरेनीमा माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

नारायणी पुलमा बढ्दो आत्महत्याका घटना रोक्न रास्वपाको पहल, मन्त्री सोबिता गौतमलाई ध्यानाकर्षण पत्र

आँबुखैरेनीमा माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

त्रिभूवन विमानस्थलको सेवा र पूर्वाधारप्रति सांसदको आपत्ति, सुरक्षाकर्मीको व्यवहार सुधार्न माग

आँबुखैरेनीमा माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

नारायणीको बाढीले सुस्तामा जोखिम, बस्ती जोगाउन स्थानीय आफैं मैदानमा

आँबुखैरेनीमा माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

आँबुखैरेनीमा माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

नारायणी नदीमा बाढी आउने पूर्वानुमान, तटीय क्षेत्रमा सतर्क रहन अनुरोध

आँबुखैरेनीमा माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

चितवनसहित देशका विभिन्न जिल्लामा ९७ जनालाई जग्गाधनी पुर्जा वितरण