Day: २८ आश्विन २०८१, सोमबार १५:४३

ड्रोन तनाव बढेपछि ‘पूर्ण रूपमा तयार’ रहेको दक्षिण कोरियाली सेनाको भनाइ

ड्रोन तनाव बढेपछि ‘पूर्ण रूपमा तयार’ रहेको दक्षिण कोरियाली सेनाको भनाइ

सोल,२८ असोज । उत्तर कोरियाले सीमामा रहेका सैनिकहरूलाई प्योङयाङमा ड्रोन उडानको बढ्दो विवादमा गोली हान्न तयार रहन आदेश दिएपछि आफूहरू ‘पूर्ण रूपमा तयार’ रहेको दक्षिण कोरियाली सेनाले सोमबार बताएको छ । आणविक हतियार सम्पन उत्तरले सोललाई आफ्नो राजधानीमाथि ड्रोन उडाएर ‘उत्तेजक अफवाह र फोहोर’ भरिएका प्रचार पर्चाहरू खसालेको आरोप लगाउँदै आइतबार यदि अर्को ड्रोन पत्ता लागे यसलाई ‘युद्धको घोषणा’ मानिने चेतावनी दिएको छ । सोलको सेनाले यसअघि नै उडानहरूको पछाडि आफ्नो हात रहेको भन्ने दाबीलाई अस्वीकार गरेको छ । सामान्यतया बेलुनद्वारा लामो समयदेखि प्रचार सामग्री र अमेरिकी मुद्रा उत्तरतर्फ पठाउँदै आएका कार्यकर्ता समूहहरूमा दक्षिणका स्थानीयहरूको अनुमानहरू केन्द्रित छन् । यद्यपि…
Read More
आँबुखैरेनीमा माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

आँबुखैरेनीमा माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

दमौली (तनहुँ), २८ असोज । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा आज बिहान माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु भएको छ । गोरखा घर भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँमा कार्यरत भक्तबहादुर नहर्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले जानकारी दिनुभयो । गोरखाबाट पोखरातर्फ जाँदै गरेका हवल्दार नहर्की सवार गण्डकी एए ओओ १५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको विद्युतीय माइक्रोले ठक्कर दिइ गम्भीर घाइते बनाएको थियो । घाइते नहर्कीको आँबुखैरेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । माइक्रो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस
Read More
भरतपुर अस्पतालः अन्य समयमा भन्दा दसैँका अवधिमा प्रसूति सेवा लिने धेरै

भरतपुर अस्पतालः अन्य समयमा भन्दा दसैँका अवधिमा प्रसूति सेवा लिने धेरै

चितवन,२८ असोज । यहाँको सरकारी भरतपुर अस्पतालमा दसैँको टीकाको दिनमा १५ जनाले प्रसूति सेवा लिएका छन् । २४ घण्टाका अवधिमा १० जनाले सामान्य र पाँच जनाले शल्यक्रिया मार्फत् शिशु जन्माएका हुन् । वडादसैँंको समयमा बर्थिङ सेन्टर, हेल्थपोष्टमा चिकित्सकको अभाव हुने हुँदा यहाँको सरकारी भरतपुर अस्पतालमा प्रसूति सेवाका बिरामीको चाप बढ्ने गर्दछ । कतिपय निजी साना अस्पतालमा दसैंँको बेलामा आकस्मिक सेवासमेत दिन कठिन हुने गर्दछ । चाप बढ्ने भएपछि भरतपुर अस्पतालले त्यसको तयारी गरेको थियो । अस्पतालको प्रसूति विभागका प्रमुख प्राडा सुनिलमणि पोखरेल चिकित्सकलाई पालो मिलाएर तयारी अवस्थामा राखिएकाले प्रसूति सेवा दिन सहज भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो “चितवनसहित छिमेकी जिल्लाबाट…
Read More
आजको मौसमः विभिन्न प्रदेशमा वर्षाको सम्भावना

आजको मौसमः विभिन्न प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ,२८ असोज । पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस र बाग्मती प्रदेशमा आंशिक प्रभाव पर्नुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । अहिले कोशी प्रदेश, मधेश प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशलगायत पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ । आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने विभागको अनुमान छ । तीनवटै प्रदेशको…
Read More
आज २०८१ साल असोज २८ गते सोमवार,यस्तो छ तपाईको राशिफल

आज २०८१ साल असोज २८ गते सोमवार,यस्तो छ तपाईको राशिफल

चितवन,२८ असोज । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) न्यायिक निर्णयहरू तपाईँकै पक्षमा निर्णय हुनसक्छ । मित्रबाट विशेष सहयोग मिल्नेछ, शेयर बजारमा भने नोक्सानी होला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मनमा हर्ष, उमङ्ग र उत्साह रहला । अरुको मन पनि जित्न सकिनेछ, तर पढाइमा बढी मेहनत गर्दा मात्र सफल भइनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) प्रविधि मार्फत आफन्त सँग भेटघाट हुनेछ । अधुरा काम पुनस् सुरु हुनसक्छ । उपहार पाइने सम्भावना पनि छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज स्वास्थ्य जाँचको लागि…
Read More