शान्तिचोकमा दुर्गा पुजा : १०४ बर्षीय बृद्ध सम्मानित

460160413_1631989517353672_1112886866827891949_n

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं ३ शान्तिचोकमा वडा दसैंको अबसरमा सामुहिक दुर्गा पुजा समारोह सूरु भएको छ । शान्तिज्योति युवा समाजको आयोजना गरेको पुजा समारोहको रत्ननगरका मेयर प्रदाल सापकोटाले उद्घाटन गरेका थिए ।

सोही अबसरमा धर्मसंस्कृति जोगाउन योगदान गरेका १०४ बर्षीय जितन महतो र ८० बर्षीय फडिन्द्रराज न्यौपानेलाई सम्मान गरिएको समाजका अध्यक्ष अशोक भूषालले जानकारी दिए । महतो र न्यौपानेलाई सम्मान पत्र, दोसल्ला र नगद सहित सम्मान गरिएको थियो । वडा नं ३ का वडाध्यक्ष सोहेन्द्र राज खरेलको अध्यक्षतामा भएको कार्यक्रममा सो वडाका संस्थापक अध्यक्ष कमल शर्मा भूषालले वडा दसैंको महिमा र दुर्गा पुजाको धार्मिक महत्वका बारेमा प्रकास पारेका थिए । सोही अबसरमा संविधान सभा सदस्य सावित्रीदेवी चौधरीले समेत मन्तव्य राखेकी थिइन् ।

सो अबसरमा मेयर सापकोटाले मेयर धर्मले मानिसलाई अनुसानमा बाध्ने भन्दै स्थानीय सरकार धर्म, कला संस्कृति संरक्षणमा लागि परेको बताए । उद्घाटन कार्यक्रममा वडाध्यक्ष कलाधार पौडेल, रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष शंकर गिरी, रत्ननगर खानेपानीका अध्यक्ष माधव अर्याल, टाँडी क्याम्पसका अध्यक्ष इश्वरी प्रसाद अर्याल, नारी जागरण केन्द्रकी अध्यक्ष विमला सुवेदी खनाल, उवासंघ रत्ननगरका बरिष्ठ उपाध्यक्ष निराजन खनाल, समाजसेवीहरु उत्तम आचार्य, रामहरि न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

समाजकी सदस्य शोभा शर्माले स्वागत मन्तव्य राखेकी थिइन् । दुर्गापुजा समारोह सुरु हुनुपूर्व शान्तिचोकमा शोभायात्रा निकालिएको थियो ।