रत्ननगर । पूर्वी चितवनकाे रत्ननगर वडा नं १३ जयमंगलामा भाेली असाेज १७ गतेबाट दाेस्राे दसैं कप व्याडमिन्टन प्रतियाेगिता हुने भएकाे छ ।
जयमंगला युवा क्लवले आयाेजना गरेकाे उक्त प्रतियाेगितामा ६० टिमकाे सहभागिता रहने प्रतियाेगिताका संयाेजक अनित चाैरेलले जानकारी दिए । प्रतियाेगिता सी र डी लेभलमा हुनेछ । आयाेजकले बुधबार पत्रकार सम्मेलनकाे आयाेजना गरि प्रतियाेगिताकाे उद्देश्य र तयारीकाे बारेमा जानकारी गराएकाे हाे । प्रतियाेगिताकाे तयारी पूरा भएकाे र भाेली विहान ८ बजे उद्घाटन हुने छ ।
प्रतियाेगितामा प्रथम हुने टिमलाई ३० हजार, द्धितीय हुने टिमलाई २० हजार, तृतीय हुने टिमलाई १० हजार नगद पुरस्कार सहित मेडल, ट्रफि र प्रमाणपत्र प्रदान गरिने क्लवका अध्यक्ष राजन दंगालले जानकारी दिए । प्रतियाेगितामा सर्वाेत्कृष्ट खेलाडीलाई तीन हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिएकाे छ ।
खेलकुदका माध्यमबाट रत्ननगरलाई राष्ट्रिय रुपमा चिनाउन तथा खेल पर्यटनकाे विकास गर्न प्रतियाेगिता आयाेजना गरिएकाे आर्थिक समितिका संयाेजक सुदिप शाहले जानकारी दिए । एभिन्यू कन्सल्टेन्सीले मुख्य प्रायाेजन गरेकाे साे प्रतियाेगिता असाेज १९ गते सम्म चल्ने छ । प्रतियाेगितामा रत्ननगर नगरपालिका, सेन्ट्रल माेडल कलेज, किसान दाना उद्योग, सम्पर्क हार्डवेयर तथा वडा कार्यालयहरुले सहयाेग गरेका छन् ।