Day: १६ आश्विन २०८१, बुधबार १८:३३

रत्ननगर वडा नं १० बाट अनलाइन नागरिकताको सिफारिस सुरु

रत्ननगर वडा नं १० बाट अनलाइन नागरिकताको सिफारिस सुरु

रत्ननगर । चितवनमा नागरिकताको प्रमाणपत्रका लागि अनलाइनबाटै सिफारिस गर्ने सेवा बुधबारदेखि सुरू भएको छ । रत्ननगर नगरपालिका वडा नं १० वाट उक्त सेवा सुरु गरिएको हो । वडा कार्यालयमा आयोजित औपचारिक कार्यक्रमका बीच रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटा र प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादबले सयुक्त रुपमा उद्घाटन गरेका हुन् । रत्ननगर वडा नं १० जागृती टोल निवासी सिद्धान्त शर्माको जिल्लामै पहिलो पटक अनलाइनबाटै नागरिकताको सिफारिस गरी सेवा सुभारम्भ गरिएको प्रमुख जिल्ला अधिकारी यादबले जानकारी दिए । वडा नं १० मा उद्घाटन भएपछि जिल्लाका ९८ वटै वडामा सेवा सुरु भएको उनले जनाकारी दिए । कार्यक्रमका प्रमुख अतिथि रत्ननगरका मेयर प्रलाद सापकोटाले…
Read More
रत्ननगरमा रक्तदान : ३४ युनिट रगत संकलन

रत्ननगरमा रक्तदान : ३४ युनिट रगत संकलन

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा बुधबार आयोजना गरिएको रक्तदान कार्यक्रममा ३४ युनिट रगत संकलन भएको छ । ब्लड डोजर सोसाइटी चितवनको आयोजना तथा लड डोजर सोसाइटी रत्ननगर प्रस्तावित समितिको सहआयोजनामा भएको सो कार्यक्रममा दुई जना महिला सहित ३४ जनाले रक्तदान गरेका थिए । पछिल्लो समय चितवनमा बढ्दै गएको रगतको अभावलाई मध्येनजर गरी कार्यक्रम आयोजना गरिएको हो । ब्लड डोजर सोसाइटी चितवनका चितवनका सचिव विपिन पाठकको अध्यक्षतामा भएको कार्यक्रममा सोसाइटीका केन्द्रीय अध्यक्ष अर्जुन अधिकारी, रत्ननगर नगरपालिकाका प्रबक्ता कुलप्रसाद सापकोटा, रत्नप्रिय क्लवका अध्यक्ष बसन्त राना लगायतले मन्तव्य राखेका थिए । रक्तदान कार्यक्रमका लागि रत्नप्रिय क्लव, नेपाल बजार विक्री प्रतिनिधि संघ नारायणी क्षेत्रीय…
Read More
जयमंगलामा भाेलीदेखि दसैं कप व्याडमिन्टन प्रतियाेगिता हुने

जयमंगलामा भाेलीदेखि दसैं कप व्याडमिन्टन प्रतियाेगिता हुने

रत्ननगर । पूर्वी चितवनकाे रत्ननगर वडा नं १३ जयमंगलामा भाेली असाेज १७ गतेबाट दाेस्राे दसैं कप व्याडमिन्टन प्रतियाेगिता हुने भएकाे छ । जयमंगला युवा क्लवले आयाेजना गरेकाे उक्त प्रतियाेगितामा ६० टिमकाे सहभागिता रहने प्रतियाेगिताका संयाेजक अनित चाैरेलले जानकारी दिए । प्रतियाेगिता सी र डी लेभलमा हुनेछ ।  आयाेजकले बुधबार पत्रकार सम्मेलनकाे आयाेजना गरि प्रतियाेगिताकाे उद्देश्य र तयारीकाे बारेमा जानकारी गराएकाे हाे । प्रतियाेगिताकाे तयारी पूरा भएकाे र भाेली विहान ८ बजे उद्घाटन हुने छ । प्रतियाेगितामा प्रथम हुने टिमलाई ३० हजार, द्धितीय हुने टिमलाई २० हजार, तृतीय हुने टिमलाई १० हजार नगद पुरस्कार सहित मेडल, ट्रफि र प्रमाणपत्र प्रदान गरिने…
Read More
सार्वजनिक यातायातमा जिपिएस जडान गर्न नमान्दा ठूलो क्षति

सार्वजनिक यातायातमा जिपिएस जडान गर्न नमान्दा ठूलो क्षति

काठमाडौं,१६ असोज । सार्वजनिक यातायातमा जडान गर्ने भनिएको ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) सञ्चालनमा नआउँदा हालैको बाढीपहिरोबाट सार्वजनिक यातायात क्षेत्रमा भएको क्षतिको मात्रा बढेको छ । जिपिएस जडानका लागि सार्वजनिक यातायातका सञ्चालकहरू नै बाधक बनेका छन् । सरकारले चार वर्षअघि नै सार्वजनिक यातायातमा सहुलियत दरमा जिपिएस जडान गर्ने योजना ल्याएको थियो । भेहिकल ट्र्याकिङ सिस्टम (भिटिएस) मार्फत सार्वजनिक यातायातको अनलाइन निगरानी गर्न जिपिएस जडानको काम सुरु भएको थियो तर हालसम्म जम्मा ४० वटा सवारीसाधनले मात्र जिपिएस जडान गरेका छन् । यो समाचार गोरखापत्र दैनिकमा छ, सार्वजनिक यातायातमा अनिवार्य जडानको व्यवस्था भएको भए नियन्त्रण कक्षबाट अनुगमन गरी सावधान गराएर सम्भावित दुर्घटनाबाट बच्न सघाउँथ्यो । जिपिएसबाट अनलाइन निगरानी गरेर सवारीसाधनको…
Read More
जलविद्युत् आयोजनामा बाढीको कहर, ११०० मेगावाट विद्युत् उत्पादन बन्द

जलविद्युत् आयोजनामा बाढीको कहर, ११०० मेगावाट विद्युत् उत्पादन बन्द

काठमाडौं,१६ असोज । बिजुली उत्पादन गर्न ठिक्क भएको आयोजना बाढीले बगायो । आयोजना मात्रै बगेन, त्यहाँ कार्यरत १८ जना कामदार पनि बाढीमै मिसिए । तीमध्ये चार जनाको मात्रै शव फेला पर्‍यो । बाढीले उनीहरुका परिवारको खुसी उजाडियो । लालाबाला टुहुरा भए । आयोजना एकाउक खण्डहरमा परिणत भयो । करोडौ मूल्यका सामान बाढीले बेपत्ता  बनायो । हेवा खोलाको बाढीको वितण्डाले उठ्नै नसक्ने गरी समस्यामा पारिदिएको आयोजनाको नाम हो ‘सुपर हेवा पावर कम्पनी’ । सिन्धुपाल्चोकका निमा लामा पहिलो पटक जलविद्युत् आयोजनामा जोडिएर लगानी गर्नुभएको थियो । आयोजनाबाट बिजुली बाल्ने अन्तिम तयारी हुँदा  गर्दा २०८० असार १ र २ गतेको अविरल वर्षापछिको बाढीले…
Read More