रत्ननगरमा ज्येष्ठ नागरिकको उपचारका लागि स्वास्थ्य शिविर हुने

461096896_1457249194952105_5955411884133159467_n

रत्ननगर । रत्ननगर नगरपालिका भित्र रहेका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिन भएको छ । रत्ननगर वडा नं २ टाँडी स्थित बृद्धबृद्धा तथा परम आनन्द हरिर्कितन समुहले असोज १५ गते मंगलबार वडा नं २ को कार्यालयसंगै रहेको समुहको कार्यालयमा स्वास्थ्य शिविर आयोजना गरेको हो ।

समुहले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी स्वास्थ्य शिविरको तयारीको बारेमा जानकारी गराएको हो । अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अबसरमा आयोजित कार्यक्रममा ज्येष्ठ नागरिकको निःशुल्क मुटुको उपचारसंगै प्रेसर, सुगर सहित आँखा लगायतका रोगहरुको उपचार गर्ने गरी शिविर आयोजना गरिएको समुहका कार्यबहाक अध्यक्ष चन्द्रकान्त ओझाले जानकारी दिए । शिविर फिजिसियन डाक्टर भोजराज अधिकारी सहित विशेषज्ञ डाक्टरहरुको टोलीले विरामीको स्वास्थ्य परीक्षण गर्ने उनले जानकारी दिए ।

शिविरमा पुस्पाञ्जली अस्पताल, भरतपुर आँखा अस्पताल, सपोर्ट एण्ड केयर र ब्लड केयर डाइनोसिष्टको सहयोग रहेको छ । शिविरमा उपचार गराएका विरामीहरुलाई निःशुल्क औषधि समेत प्रदान गरिने छ । यसैबीच समुहले सोही दिनबाट बाद्यबादन तालिम समेत सुरु गर्ने छ । धर्मसंस्कृतिको संरक्षणको लागि स्वास्थ्य शिविर लगतै बाद्यबादन तालिमको सुरुवात गर्ने समुहका सचिव रामहरि लम्सालले जानकारी दिए । तालिममा रत्ननगरका १६ वटा वडाका ३२ जनाको सहभागिता रहने उनले जानकारी दिए ।

ताजा समाचारहरुः

रत्ननगरमा ज्येष्ठ नागरिकको उपचारका लागि स्वास्थ्य शिविर हुने

देवघाटमा निर्माण गरिएको शवदाह गृह सार्वजनिक–निजी साझेदारी ‘मोडेल’मा सञ्चालन गर्ने तयारी

रत्ननगरमा ज्येष्ठ नागरिकको उपचारका लागि स्वास्थ्य शिविर हुने

विश्व बाघ दिवसको अवसरमा सौराहामा संरक्षणसम्बन्धी अन्तरक्रिया तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

रत्ननगरमा ज्येष्ठ नागरिकको उपचारका लागि स्वास्थ्य शिविर हुने

शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने

रत्ननगरमा ज्येष्ठ नागरिकको उपचारका लागि स्वास्थ्य शिविर हुने

गुरु पूर्णिमाका अवसरमा महाबुद्ध महाविहारमा ८५ स्थविरलाई पञ्चदान, दीपंकर तथागत बुद्धको शोभायात्रा

रत्ननगरमा ज्येष्ठ नागरिकको उपचारका लागि स्वास्थ्य शिविर हुने

बिपी कोइराला क्यान्सर अस्पतालमा केमो सेवामा चाप, बिरामी पाँच दिन पर्खिन बाध्य

रत्ननगरमा ज्येष्ठ नागरिकको उपचारका लागि स्वास्थ्य शिविर हुने

चितवन प्रशासनद्वारा आज राति ८ बजेदेखि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द

रत्ननगरमा ज्येष्ठ नागरिकको उपचारका लागि स्वास्थ्य शिविर हुने

नारायणी अस्पतालका ६७ चिकित्सकले दिए सामूहिक राजीनामा, प्रशासनबाट नै असुरक्षित भएको दाबी