रत्ननगरमा ज्येष्ठ नागरिकको उपचारका लागि स्वास्थ्य शिविर हुने
रत्ननगर । रत्ननगर नगरपालिका भित्र रहेका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिन भएको छ । रत्ननगर वडा नं २ टाँडी स्थित बृद्धबृद्धा तथा परम आनन्द हरिर्कितन समुहले असोज १५ गते मंगलबार वडा नं २ को कार्यालयसंगै रहेको समुहको कार्यालयमा स्वास्थ्य शिविर आयोजना गरेको हो । समुहले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी स्वास्थ्य शिविरको तयारीको बारेमा जानकारी गराएको हो । अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अबसरमा आयोजित कार्यक्रममा ज्येष्ठ नागरिकको निःशुल्क मुटुको उपचारसंगै प्रेसर, सुगर सहित आँखा लगायतका रोगहरुको उपचार गर्ने गरी शिविर आयोजना गरिएको समुहका कार्यबहाक अध्यक्ष चन्द्रकान्त ओझाले जानकारी दिए । शिविर फिजिसियन डाक्टर भोजराज अधिकारी सहित विशेषज्ञ डाक्टरहरुको टोलीले विरामीको…