सौराहामा पर्यटन दिवस लक्की ड्र मार्फत पर्यटकहरुलाई निशुःल्क रात्रीभोज

sauraha-1

चितवन : मुलुकको तेश्रो पर्यटकीय गन्तव्य सौराहामा विश्व पर्यटन दिवसको अवसरमा भव्य रुपमा पर्यटकलाई स्वागत गरिएको छ। सौराहाका पर्यटन व्यवसायीले विश्व पर्यटन दिवसका अवसरमा आज लक्की ड्र मार्फत पर्यटकहरुलाई निशुःल्क रात्रीभोजको कूपन हस्तान्तरण गर्दै स्वागत गरेका छन् ।

स्थलमार्ग हुदै दुई पर्यटक बस मार्फत यात्रा गर्दै सौराहा आएका ६० जना पर्यटकलाई क्षेत्रिय होटल संघ सौराहा र रेष्टुरेन्ट एण्ड बार एशोसियसन नेपाल रेवान सौराहाको अगुवामा सौराहाकै छत्री स्टिटमा रुद्राक्षे माला र थारु सास्कृति नाँचसहित स्वागत गरिएको थियो । सो अवसरमा ६० मध्ये ३० जना पर्यटकलाई सौराहाको नम्बर वान रेष्टुरेन्ट केसिज रेष्टुरेन्टमा लक्की ड मार्फत निशुःल्क रात्रीभोजको व्यवस्था गरेको क्षेत्रिय होटल संघका अध्यक्ष गंगा गिरीले जानकारी दिए ।

उनले पर्यटन दिवससँगै सौराहामा पर्यटनहरुको आवागमन वृद्धि गर्ने कार्ययोजना ल्याउन आफूहरुले फेरि घुमौँ सौराहा अभियान नयाँ ढंगबाट अगाडी बढाउने तयारी अन्तिम चरणमा पुगेको स्पष्ट पारे। लक्की ड मार्फत आफुहरु सौराहामा घुम्न आउदा रात्रीभोज सरिक हुन पाउदाँ पर्यटकहरु निकै हर्षित बनेका थिए । वागमती प्रदेश सरकारका पर्यटन मन्त्रालय अत्र्तगत चितवन पर्यटन कार्यालयका प्रमुख प्रेमप्रसाद ढकालले सौराहा देशकै गौरव भएकाले यसको विकास र प्रर्वद्धनका लागि प्रदेश सरकार साथमा रहने प्रतिबद्धता जनाए।

उनले क्षेत्रिय होटल संघ र रेवान सौराहासहित यहाँ पर्यटन व्यवस्तयीसँग मिलेर अगाडि बढने गरी योजना बनाउने समेत बताए। यस्तै कार्यक्रममा रेवान सौराहाका अध्यक्ष धुव्र गिरीले ३६५ दिन नै पर्यटकहरुलाई स्वागत सत्कार गर्ने वातावरण बनाउनुपर्ने बताए। उनले विदेशीसँगै स्वदेशी पर्यटकहरुलाई समेत सौराहामा स्वागत गर्दै यसको प्रर्वद्धनमा सबै एकजुट भएर लाग्न आग्रह गरे। साना पर्यटन व्यवसायी संघ सौराहाकी अध्यक्ष छुना रेग्मी रिजालले सौराहाको पर्यटनबाट देशलाई नै समृद्ध बनाउन सकिने बताईन् ।

निरन्तर वर्षात भएकाले यो पटक सौराहा गैडाचोक नजिकै रहेको छुत्री स्टिटमा स्वागत कार्यक्रक गरिएको थियो। चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वन घुम्न आउने पर्यटक बस्ने मुख्य ठाउँ सौराहा हो।. निकुञ्जले जीप सफारीबाहेक अन्य पर्यटकीय गतिविधि खुल्ला गरेको छ। सौराहामा १ सय ४० होटल र एक सय हाराहारी रेष्टुरेण्ट छन्। सौराहाका होटलमा ६ हजार पाँच सय जनाको क्षमता रहेको छ। कार्यक्रममा होटल संघ, रेवान सौराहा, युनाईटेड हात्री सञ्चालन सहकारी संस्था लि., साना पर्यटन व्यवसायी संघ सौराहा, लियो क्लब अफ सौराहा, मृगकुञ्ज उपभोक्ता समितिले सहकार्य गरेका थिए ।

ताजा समाचारहरुः

सौराहामा पर्यटन दिवस लक्की ड्र मार्फत पर्यटकहरुलाई निशुःल्क रात्रीभोज

देवघाटमा निर्माण गरिएको शवदाह गृह सार्वजनिक–निजी साझेदारी ‘मोडेल’मा सञ्चालन गर्ने तयारी

सौराहामा पर्यटन दिवस लक्की ड्र मार्फत पर्यटकहरुलाई निशुःल्क रात्रीभोज

विश्व बाघ दिवसको अवसरमा सौराहामा संरक्षणसम्बन्धी अन्तरक्रिया तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

सौराहामा पर्यटन दिवस लक्की ड्र मार्फत पर्यटकहरुलाई निशुःल्क रात्रीभोज

शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने

सौराहामा पर्यटन दिवस लक्की ड्र मार्फत पर्यटकहरुलाई निशुःल्क रात्रीभोज

गुरु पूर्णिमाका अवसरमा महाबुद्ध महाविहारमा ८५ स्थविरलाई पञ्चदान, दीपंकर तथागत बुद्धको शोभायात्रा

सौराहामा पर्यटन दिवस लक्की ड्र मार्फत पर्यटकहरुलाई निशुःल्क रात्रीभोज

बिपी कोइराला क्यान्सर अस्पतालमा केमो सेवामा चाप, बिरामी पाँच दिन पर्खिन बाध्य

सौराहामा पर्यटन दिवस लक्की ड्र मार्फत पर्यटकहरुलाई निशुःल्क रात्रीभोज

चितवन प्रशासनद्वारा आज राति ८ बजेदेखि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द

सौराहामा पर्यटन दिवस लक्की ड्र मार्फत पर्यटकहरुलाई निशुःल्क रात्रीभोज

नारायणी अस्पतालका ६७ चिकित्सकले दिए सामूहिक राजीनामा, प्रशासनबाट नै असुरक्षित भएको दाबी