उच्च जोखिम क्षेत्रमा असोज ११ र १२ गते रात्रिकालीन गाडी नचलाइने, हाइ अलर्टमा रहन सूचना जारी

klx/f]n] /f]lsPsf ;jf/L;fwg
e/tk'/, !& c;f/ . gf/fo0fu9–d'lUng ;8sv08cGtu{t O{R5fsfdgf ufpFkflnsf–% tLg gDa/ k'ndf v;]sf] klx/f]n] /f]lsPsf ;jf/L;fwg . uP /fltb]lv ca?4 of] ;8sv08df xhf/f}+ ;jf/L;fwg /f]lsPsf 5g . tl:a/ M s[i0f cfrfo{÷/f;;

चितवन,१० असोज । आजदेखि मौसम बदली भई भारी वर्षाका हुने र त्यसबाट देशका ५६ जिल्ला उच्च जोखिममा रहेको सूचना जारी भएलगत्तै असोज ११ र १२ गते उच्च जोखिम रहेका हिमाली तथा पहाडी जिल्लाहरूमा रात्रीकालीन बस नचलाइने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज एक विशेष सूचना जारी गर्दै उक्त जानकारी गराएको हो।

जल तथा मौसम विज्ञान विभागबाट उच्च जोखिम भनेर तोकिएका ५६ जिल्लामा विपद्का घटना बढ्न सक्ने भएकाले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्टको निर्णयअनुसार धान नकाट्न, काटिसकेको भए तत्काल थन्क्याउन पनि प्राधिकरणले अनुरोध गरेको छ। त्यस्तै तराई तथा मधेश क्षेत्रमा सकेसम्म भुइँतलामा अन्नपात नराख्न पनि आग्रह गरिएको छ।

पहिरोको जोखिम भएका स्थानमा र नदी किनाराका बस्तीमा उच्च सतर्कता अपनाउन तथा दाउरा निकाल्न तथा माछा मार्न नदी किनारमा नजान प्राधिकरणले सार्वजनिक अपिल गरेको छ। खोज तथा उद्धारका लागि तीनवटै सुरक्षा निकाय एवं स्वयंसेवकहरु तयारी अवस्थामा रहन, यस अवधिभर अत्यन्त जरुरी अवस्थामा बाहेक यात्रा नगर्न, बादल गर्जेको र चट्याङ् परिरहेको बेला रुखमुनि, बलेनीमा वा घरबाहिर नबस्न, तथा पूर्वतयारी र प्रतिकार्य गर्ने साझेदार संस्थाहरु जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वयमा रही अलर्टमा रहन पनि सूचित गरिएको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बधवार विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै बिहीवारदेखिको वर्षाले ५६ जिल्ला रेड जोन (उच्च जोखिम)मा रहेको जनाएको छ। वर्षा हुने प्रणाली नै लम्बिएको छ।

बङ्गालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावा साथै त्यस क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण भोलि दिउँसोदेखि असोज १३ गते आइतवारसम्म देशभर साधारणतयादेखि पूर्णतया बदली रही अधिकांश स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित वर्षा हुने जनाइएको छ।

ताजा समाचारहरुः

उच्च जोखिम क्षेत्रमा असोज ११ र १२ गते रात्रिकालीन गाडी नचलाइने, हाइ अलर्टमा रहन सूचना जारी

देवघाटमा निर्माण गरिएको शवदाह गृह सार्वजनिक–निजी साझेदारी ‘मोडेल’मा सञ्चालन गर्ने तयारी

उच्च जोखिम क्षेत्रमा असोज ११ र १२ गते रात्रिकालीन गाडी नचलाइने, हाइ अलर्टमा रहन सूचना जारी

विश्व बाघ दिवसको अवसरमा सौराहामा संरक्षणसम्बन्धी अन्तरक्रिया तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

उच्च जोखिम क्षेत्रमा असोज ११ र १२ गते रात्रिकालीन गाडी नचलाइने, हाइ अलर्टमा रहन सूचना जारी

शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने

उच्च जोखिम क्षेत्रमा असोज ११ र १२ गते रात्रिकालीन गाडी नचलाइने, हाइ अलर्टमा रहन सूचना जारी

गुरु पूर्णिमाका अवसरमा महाबुद्ध महाविहारमा ८५ स्थविरलाई पञ्चदान, दीपंकर तथागत बुद्धको शोभायात्रा

उच्च जोखिम क्षेत्रमा असोज ११ र १२ गते रात्रिकालीन गाडी नचलाइने, हाइ अलर्टमा रहन सूचना जारी

बिपी कोइराला क्यान्सर अस्पतालमा केमो सेवामा चाप, बिरामी पाँच दिन पर्खिन बाध्य

उच्च जोखिम क्षेत्रमा असोज ११ र १२ गते रात्रिकालीन गाडी नचलाइने, हाइ अलर्टमा रहन सूचना जारी

चितवन प्रशासनद्वारा आज राति ८ बजेदेखि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द

उच्च जोखिम क्षेत्रमा असोज ११ र १२ गते रात्रिकालीन गाडी नचलाइने, हाइ अलर्टमा रहन सूचना जारी

नारायणी अस्पतालका ६७ चिकित्सकले दिए सामूहिक राजीनामा, प्रशासनबाट नै असुरक्षित भएको दाबी