Day: ३ आश्विन २०८१, बिहीबार १८:५२

सेन्ट्रल मोडल कलेजद्वारा ६४ विद्यार्थीलाई छात्रबृत्ती घोषणा

सेन्ट्रल मोडल कलेजद्वारा ६४ विद्यार्थीलाई छात्रबृत्ती घोषणा

भरतपुर । सेन्ट्रल मोडल कलेजले भरतपुर महानगरपालिकाका ६४ जना विद्यार्थीलाई पचास प्रतिशत छात्रबृत्ती दिने घोषणा गरेको छ । भरतपुर ओरालोमा रहेको कलेजले विहीबार पत्रकार सम्मेलनको आयोजना गरी कलेजबाट सञ्चालित व्याचलर अफ इन्फरमेशन म्यानेजमेन्ट (बिआईएम) र व्याचलर अफ होटल म्यानेजमेन्ट (बिएचएम) कार्यक्रममा छात्रबृत्ती घोषणा गरेको हो । कलेजका अध्यक्ष यज्ञ विलास (वाइबी) पौडेलले संविधान दिवसको अवसर पारेर बिशेष छात्रवृत्ती घोषणा गरेको बताउनुभयो । उहाँले उच्चशिक्षाको पहुँचलाई थप प्रवद्र्धन गर्न कलेजमा सञ्चालित बिआइएम र बिएचएम अध्ययनका लागि भरतपुर महानगर भित्रका ६४ जना विद्यार्थीलाई पचास प्रतिशत छात्रवृत्ती उपलब्ध गराउने बताउनुभयो । महानगरपालिकाका २९ वटै वडाका एक/एक विद्यार्थी र यहाँका ३५ सामुदायिक विद्यालयबाट कक्षा…
Read More
शान्ति ज्योती युवा समाजको कार्यालय उद्घाटन

शान्ति ज्योती युवा समाजको कार्यालय उद्घाटन

रत्ननगर । शान्ति ज्योती युवा समाजको कार्यालय उद्घाटन तथा नवदुर्गा पुजाको तयारीका बारेमा विहीबार अन्तरक्रिया कार्यक्रमम गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि वडा नं ३ का वडाध्यक्ष सोहेन्द्रराज खरेलले कार्यालय उद्घाटन गरेका हुन । सोही अबसरमा बडा दसैंको अबसरमा शान्तिचोकमा गरिने नवदुर्गा पुजालाई व्यवस्थित गर्ने विषयमा समेत छलफल गरिएको समाजका अध्यक्ष अशोक भूषालले जानकारी दिए । कार्यक्रममा वडाध्यक्ष खरेलले शान्तिज्योति युवा समाजले स्थानीय स्तरमा गरेको कामको प्रशंसा गर्दै स्थानीय सरकार सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाए । कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्र नं.१ का क्षत्रीय सचिव उमेश गिरी, रत्ननगर जेष्ठ नागरिक समन्वय समितिका अध्यक्ष छविलाल घिमिरे, समाजसेवी पुरषोत्तम गिरी, हिरामणी लामिछाने,…
Read More
पर्वोत्सव सहुलियत मूल्य पसल सञ्चालनमा

पर्वोत्सव सहुलियत मूल्य पसल सञ्चालनमा

काठमाडौँ,३ असोज । सरकारले आमउपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आगामी माघ २ गतेसम्म ४२ जिल्लाका ६३ स्थानमा पर्वोत्सव सुपथ मूल्य पसल सञ्चालन गर्नेछ । दसैँ, तिहार, छठलगायत विभिन्न चाडपर्वमा उपभोक्तालाई दैनिक उपभोग्य वस्तुको सहज र सहुलियत दरमा उपलब्ध गराउन सहुलियत पसल ल्याइएको कम्पनीले जनाएको छ । काठमाडौँ उपत्यकाका थापाथली, रामशाहपथ, नख्खु र सूर्यविनायकमा कम्पनीले बिक्री कक्ष सञ्चालित छन् । अनलाइनमार्फत अर्डर लिएर उपभोक्ताको भान्छासम्म उपभोग्य सामग्री पु¥याइने कम्पनीले जनाएको छ । सहुलियत पसलमा उपभोक्ताले विभिन्न प्रकारका चामल तथा दालमा…
Read More
भरतपुरका ६४ विद्यार्थीले बिएचएम र बिआइएम पढ्न पचास प्रतिशत छात्रबृत्ति पाउने, कसरी गर्ने प्रोसेस ?

भरतपुरका ६४ विद्यार्थीले बिएचएम र बिआइएम पढ्न पचास प्रतिशत छात्रबृत्ति पाउने, कसरी गर्ने प्रोसेस ?

भरतपुर, ३ असोज। सेन्ट्रल मोडल कलेजले भरतपुर महानगरपालिकाका ६४ जना विद्यार्थीलाई पचास प्रतिशत छात्रबृत्ति दिने घोषणा गरेको छ । भरतपुर ओरालोमा रहेको कलेजले बिहिबार पत्रकार सम्मेलनको आयोजना गरेर कलेजबाट सञ्चालित व्याचलर अफ इन्फरमेशन म्यानेजमेन्ट (बिआईएम) र व्याचलर अफ होटल म्यानेजमेन्ट (बिएचएम) कार्यक्रममा छात्रबृत्ति घोषणा गरेको हो । कलेजका अध्यक्ष यज्ञ विलास (वाइबी) पौडेलले संविधान दिवसको अवसर पारेर बिशेष छात्रवृत्ति घोषणा गरेको बताउनुभयो । उहाँले उच्चशिक्षाको पहुँचलाई थप प्रवर्द्धन गर्न कलेजमा सञ्चालित बिआइएम र बिएचएम अध्ययनका लागि भरतपुर महानगर भित्रका ६४ जना विद्यार्थीलाई पचास प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने बताउनुभयो । महानगरपालिकाका २९ वटै वडाका एक/एक विद्यार्थी र यहाँका ३५ सामुदायिक विद्यालयबाट…
Read More
आजदेखि धरहरा खुला, केही दिन निःशुल्क चढ्न पाइने

आजदेखि धरहरा खुला, केही दिन निःशुल्क चढ्न पाइने

काठमाडौं,३ असोज। २०७२ सालको विनाशकारी भूकम्पमा ध्वस्त भएको नेपालको घरहरा पुनर्निर्माण भइसकेको छ। असोज ३ गते संविधान दिवसको दिन पारेर धरहरा सर्वसाधारणका लागि खुला हुँदै छ। संविधान दिवसको अवसरमा खुला गरिने घरहरा निर्माण पूर्णरूपमा भने सकिएको छैन। धरहराको ९८ प्रतिशत संरचना निर्माण मात्रै अहिलेसम्म पूरा भएको सहरी विकास मन्त्रालयका प्रवक्ता विनु बज्राचार्यले जानकारी गराएकी छन्। उनका अनुसार संविधान दिवसको अवसर पारेर धरहरा खुला गर्ने सरकारको निर्णय अनुसार नै बिहीबारदेखि सबैका लागि चढ्न मिल्ने गरी धरहरा खुला गरिएको हो। परीक्षणका लागि बुधबार ५ बजेदेखि नै विशेष व्यक्तिहरूका लागि धरहरा खुला गरिएको थियो। धरहराको निर्माण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै पालामा थालिएको…
Read More
१० लाख पार्टी सदस्य पुर्‍याउने एमाले योजना

१० लाख पार्टी सदस्य पुर्‍याउने एमाले योजना

काठमाडौं, ३ असोज । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पार्टीको ११औं महाधिवेशनसम्ममा पार्टी सदस्यता १० लाख पुर्‍याउने महत्वाकांक्षी योजना बनाएर कार्यान्वयन गर्दै छ । एमालेका महासचिव शंकर पोखरेलले तयार गरेको ‘वार्षिक कार्ययोजनामा २०८२’ मा पार्टी सदस्यता १० लाख पु¥याउन सम्बन्धित तहको पार्टी कमिटीको योजनामा विधानको व्यवस्थाअनुरूप जनसंगठनहरू र सम्पर्क मञ्चहरू क्रियाशील व्यक्तिहरूलाई समेत आधार बनाई नयाँ सदस्यता विस्तारको योजना कार्यान्वयन गर्ने उल्लेख गरिएको छ । ‘पार्टीको ११औं महाधिवेशनसम्म पार्टी सदस्यता १० लाख पु¥याउने लक्ष्य हासिल गर्न सम्बन्धित तहको पार्टी कमिटीको योजनामा विधानको व्यवस्थानुरूप जनसंगठनहरू र सम्पर्क मञ्चहरू क्रियाशील व्यक्तिहरूलाई समेत आधार बनाई नयाँ सदस्यता विस्तारको योजना कार्यान्वयन गर्ने’ कार्ययोजनामा उल्लेख छ…
Read More
चितवनमा पाँचसय मेट्रिक टन मह बिक्री भएन

चितवनमा पाँचसय मेट्रिक टन मह बिक्री भएन

चितवन  ३१ भदौ । यहाँ उत्पादन गरिएको महलाई ‘ब्राण्डिङ’ गरेर बजारमा ल्याइएको छ । कालिका नगरपालिकाका मौरीपालक किसान शिवप्रसाद शर्मा पौडेलले उत्पादन गरेको महलाई ब्राण्डिङ गरेर बजारमा ल्याइएको हो । पूर्वी चितवनको कालिका –६ खोलेसिमल बजारमा पौडेलले आफूले उत्पादन गरेको महलाई ब्रण्डिङ गरी महघरमार्फत बिक्री सुरु गरेका जानकारी दिए । उनले वार्षिक छ टन मह उत्पादन गर्दै आएका छन् । उनले भने, “महले बजार नपाएर घर थन्किने अवस्था भयो । यसलाई व्यावसायिक बनाएर अघि बढ्न लागेको हुँ ।” प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइको सहयोगमा ब्राण्डिङको काम सुरु गरिएको उनले बताए । नेपाल मौरीपालक महासङ्घका निवर्तमान अध्यक्षसमेत रहनुभएका पौडेलले जिल्लामा हाल…
Read More