Latest News

हिरोको बाइक किन्दा नारायणगढका रोशनले जिते ५० हजार नगद

shora-shradda

चितवन, १ असोज । सिजी मोर्टर्सले दशैंँ, तिहार लक्षितगरी ल्याएको अफर अन्तर्गत साता दिन नबित्दै हिरो ब्रान्डका मोटरसाइकल खरिद गर्ने दुई भाग्यशाली ग्रााहकले आकर्षक नगद छुट पाएका छन् । उक्त अफर अन्तर्गत हिरोको मोटरसाइकल खरिद गर्ने नारायणगका रौशन यादवले लक्की ड्र मार्फत ५० हजार रुपैयाँ जितेका छन् ।

युरो मोटर्स प्रालि नारायणगढबाट हिरोको मोटरसाइकल खरीद गरेका यादवले ५० हजार रुपैयाँ नगद प्राप्त गरेको प्रबन्ध निर्देशक सन्तोष भट्टराईले जानकारी दिए । यस्तै, तनहुँ डुलेगौडाका आविष्कार तिमिल्सिनाले पनि २५ हजार रुपैयाँ जितेका छन् । उनले दिपशिखा अटो ट्रेड दुलेगौडा मार्फत हिरोको बाइक खरिद गरेका थिए । सीजीको अफरमा मोटरसाइकल तथा स्कुटर खरिदमा लक्की ड्र मार्फत यादव र तिमिल्सिनाले क्रमशः ५० हजार २५ हजार रुपैयाँ नगद जितेका हुन् ।

सिजीले दशैं तिहार लक्षित गरि ‘एक्कासी मालामालः ‘दसैँ तिहार २०८१ को बहार, २ चक्के किन्दा ४ चक्के उपहार’ अफर ल्याएको छ । उक्त अफर अन्तर्गत हिरो ब्रान्डको जुनसुकै मोटरसाइकल तथा स्कुटर खरिद गर्दा स्क्रयाच कार्डद्वारा नगद ५ लाखसम्मको स्योर सट क्यास जित्ने मौका साथै बम्पर उपहारमा ‘नेटा भि इभी कार’ जित्ने अफर पनि ल्याएको हो । स्कुटर खरिद गर्दा ८ हजारदेखि ५ लाख रुपैयाँसम्मको स्योर सट नगद छुट पाइने छ ।

सिजीले देशभरका शोरुमबाट हिरो ब्रान्डका बाइक तथा स्कुटर खरिद गर्नेलाई बम्परमा ‘नेटा भी इभि कार’ जित्ने मौका समेत दिएको छ । दशै तिहारको अवधिमा मोटरसाइकल तथा स्कुटर खरिद गर्दा स्कुटर खरिद गर्दा ८ हजारदेखि ५ लाख रुपैयाँसम्मको स्योर सट नगद छुट पाइने कम्पनीले जनाएको छ । ग्राहकले यो अवसर नगुमाउन प्रबन्ध निर्देशक भट्टराइले आग्रह गरे ।

नेपालमा सबैभन्दा बढी बिक्री हुने मोटरसाइकल ब्रान्ड मध्येको एक हिरोले नयाँ बेन्चमार्कहरू समेत कायम गर्दै आएको छ । सिजी मोटर्सले हाल नेपालका विभिन्न स्थानहरूमा ५० भन्दा बढी हिरो शोरुमको नेटवर्क सञ्चालन गरिरहेको छ । साथै, निकट भविष्यमा थप शोरुम खोल्ने प्रक्रियामा रहेको कम्पनीले जनाएको छ । बढ्दो ग्राहकहरूको सङ्ख्यालाई ध्यानमा राख्दै नेपालभर सेल्स, सर्भिस तथा स्पेयर पार्टस नेटवर्कलाई द्रुत रूपमा विस्तार गरिरहेको छ । त्यस्तै कम्पनीले मोटरसाइकल तथा स्कुटर खरिदमा ५ वर्षे वारेन्टीको घोषणाले ग्राहकको थप विश्वास जित्नेछ ।

लोकप्रिय उत्पादन सुपर स्प्लेण्डर, स्पलेण्डर प्लस, एक्स पल्सका साथै नयाँ जुम १ सय १० स्कुटर बिएस सिक्स एसआई सिजि मोटर्सले नेपालमा भित्र्याएको छ । साथै, सो उत्पादनमा यूनिक फिचर समेत रहेको कम्पनीले जनाएको छ ।