सुरक्षित साकोसको रक्तदान : ८६ युनिट रगत संकलन

597e5d67-d7c2-4524-a691-0d967fa73e7a

कालिका । कालिका नगरपालिका वडा नं ६ खोलेसिमल स्थित सुरक्षित बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा ८६ युनिट रगत संकलन भएको छ । सो सहकारीको १७औं बार्षिक साधारण सभाको अबसरमा आयोजित कार्यक्रममा १७ जना महिला सहित ८६ जनाले रक्तदान गरेको संस्थाका अध्यक्ष लालुप्रसाद दाहालले जानकारी दिए ।

सो अबसरमा उनले संस्थाले सामाजिक उत्तरदायित्व बहन गरी साधारण सभाको अबसर पारेर रक्तदान कार्यक्रम आयोजना गरेको बताए । वडा नं ६ वडाध्यक्ष टीकाराम रेग्मी प्रमुख अतिथि रहेको सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जुटपानी उपशाखाका सभापति राजन रेग्मी लगायतले रक्तदानको महत्वको बारेमा प्रकास पारेका थिए ।

कार्यक्रम संयोजक विद्याधर बास्तोलाले सहकारीले सञ्चालन गरेका कार्यक्रम र रक्तदानको उद्देश्यकार बारेमा प्रकास पारेका थिए । कार्यक्रम नरबहादुर घर्तिजिसीले सञ्चालन गरेका थिए । सो सहकारीको १७औं बार्षिक साधारण सभा असोज ३ गते हुँदै छ । ५ हजार २६८ जना शेयर सदस्य रहेको सो सहकारीको असार मसान्त सम्म शेयर पूँजि १० करोड, ५४ लाख २७ हजार, जगेडाकोषमा १२ करोड ५८ लाख ३८ हजार र अन्य कोषमा ५ करोड ५६ लाख ५३ हजार रहेको छ । ९६ करोड ३१ लाख ९१ हजार कुल सम्पती रहेको सो सहकारीले ६५ करोड ४९ लाख ७५ हजार बचत संकलन गर्दा ७६ करोड ४३ लाख ६३ हजार ऋण लगानी गरेको संस्थाका अध्यक्ष दाहालले जानकारी दिए ।

ताजा समाचारहरुः

सुरक्षित साकोसको रक्तदान : ८६ युनिट रगत संकलन

देवघाटमा निर्माण गरिएको शवदाह गृह सार्वजनिक–निजी साझेदारी ‘मोडेल’मा सञ्चालन गर्ने तयारी

सुरक्षित साकोसको रक्तदान : ८६ युनिट रगत संकलन

विश्व बाघ दिवसको अवसरमा सौराहामा संरक्षणसम्बन्धी अन्तरक्रिया तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

सुरक्षित साकोसको रक्तदान : ८६ युनिट रगत संकलन

शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने

सुरक्षित साकोसको रक्तदान : ८६ युनिट रगत संकलन

गुरु पूर्णिमाका अवसरमा महाबुद्ध महाविहारमा ८५ स्थविरलाई पञ्चदान, दीपंकर तथागत बुद्धको शोभायात्रा

सुरक्षित साकोसको रक्तदान : ८६ युनिट रगत संकलन

बिपी कोइराला क्यान्सर अस्पतालमा केमो सेवामा चाप, बिरामी पाँच दिन पर्खिन बाध्य

सुरक्षित साकोसको रक्तदान : ८६ युनिट रगत संकलन

चितवन प्रशासनद्वारा आज राति ८ बजेदेखि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द

सुरक्षित साकोसको रक्तदान : ८६ युनिट रगत संकलन

नारायणी अस्पतालका ६७ चिकित्सकले दिए सामूहिक राजीनामा, प्रशासनबाट नै असुरक्षित भएको दाबी