टिकौली वनका उपभोक्तालाई जलबायु परिर्वतन सम्बन्धी प्रशिक्षण

db025761-ecac-4360-83aa-6539b8bad95a

रत्ननगर । रत्ननगर वडा नं ९ मा रहेको टिकौली मध्यवर्ती सामुदायिक वनका उपभोक्ताहरुलाई जनबायु परिर्वतन अनुकुलन तथा जैविका विविधताको संरक्षण सम्बन्धी सचेतनामुलक प्रशिक्षण दिइएको छ । जनबायु परिर्वतनले जैविका विविधानमा पारेको असर न्यूनीकरणको लागि समुदायले खेल्नु पर्ने भूमिकाको विषयमा वनका उपभोक्ताहरुलाई प्रशिक्षण दिइएको हो ।

अमेरिकी सहयोग नियोग(युएसएआइडी)को आर्थिक सहयोगमा सामुहिक अभियानको आयोजना तथा विजय विकास स्रोत केन्द्रको स्थानीय साझेदारीमा कार्यक्रम गरिएको हो । कार्यक्रमको वडा नं ९ का वडाध्यक्ष अनन्त अधिकारीले उद्घाटन गरेका थिए । सो अबसरमा उनले जनबायु परिर्वतनका कारण मानब र वन्यजन्तुलाई समेत असर गरेको भन्दै यसको न्यूनीकरणको लागि समुदायको सक्रियता महत्वपूर्ण हुने बताए ।

मध्यवर्तीमा बसोबास गर्ने बासिन्दाहरु अब जैविक विविधता र वन्यजन्तु जोगाउन जलबायु परिर्वतनको असर न्यूनीकरणमा केन्द्रीत हुनुपर्ने बेला आएको उनले बताए । कार्यक्रममा सामुहिक अभियान काठमाडौंका प्रशिक्षक खेलमराज सापकोटा, विजय विकास स्रोत केन्द्रका प्रशिक्षकहरु विरभन्द्र सापकोटा र हरिप्रसाद आचार्यले जलबायु परिर्वतनले जैविक विविधतामा गरेको असर र न्यूनीकरणको लागि भएका प्रयासहरुको बारेमा सहजीकरण गरेका थिए ।

कार्यक्रमको उद्देश्यका बारेमा प्रकास पार्दै सामुहिक अभियान काठमाडौंका प्रशिक्षक सापकोटाले जनवायु परिर्वतनको असर न्यूनीकरणको लागि समुदाय केन्द्रीत कार्यक्रम सञ्चालन गरिएको बताए । टिकौली मध्यवर्ती सामुदायिक वनका उपाध्यक्ष टिकाराम आचार्यको अध्यक्षतामा भएको कार्यक्रम सचिव शान्तिदेवी शर्मा ढकालले सञ्चालन गरेकी थिइन् । कार्यक्रममा वनका समिति, उपभोक्ता, टोल विकास संस्था र आमासमुह गरी ५० जनाको सहभागिता रहेको थियो ।

ताजा समाचारहरुः

टिकौली वनका उपभोक्तालाई जलबायु परिर्वतन सम्बन्धी प्रशिक्षण

देवघाटमा निर्माण गरिएको शवदाह गृह सार्वजनिक–निजी साझेदारी ‘मोडेल’मा सञ्चालन गर्ने तयारी

टिकौली वनका उपभोक्तालाई जलबायु परिर्वतन सम्बन्धी प्रशिक्षण

विश्व बाघ दिवसको अवसरमा सौराहामा संरक्षणसम्बन्धी अन्तरक्रिया तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

टिकौली वनका उपभोक्तालाई जलबायु परिर्वतन सम्बन्धी प्रशिक्षण

शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने

टिकौली वनका उपभोक्तालाई जलबायु परिर्वतन सम्बन्धी प्रशिक्षण

गुरु पूर्णिमाका अवसरमा महाबुद्ध महाविहारमा ८५ स्थविरलाई पञ्चदान, दीपंकर तथागत बुद्धको शोभायात्रा

टिकौली वनका उपभोक्तालाई जलबायु परिर्वतन सम्बन्धी प्रशिक्षण

बिपी कोइराला क्यान्सर अस्पतालमा केमो सेवामा चाप, बिरामी पाँच दिन पर्खिन बाध्य

टिकौली वनका उपभोक्तालाई जलबायु परिर्वतन सम्बन्धी प्रशिक्षण

चितवन प्रशासनद्वारा आज राति ८ बजेदेखि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द

टिकौली वनका उपभोक्तालाई जलबायु परिर्वतन सम्बन्धी प्रशिक्षण

नारायणी अस्पतालका ६७ चिकित्सकले दिए सामूहिक राजीनामा, प्रशासनबाट नै असुरक्षित भएको दाबी