Latest News

राप्ती मेयर लामा विरुद्धको रिट खारेज

f0b46301-d992-4133-9cf1-d6498fe1e3b4

भदौ २७ गते । राप्ती नगरपालिका प्रमुख शमशेर लामाले एकलौटी रूपमा मनोमानी गरेको भन्दै उच्च अदालत पाटन शाखा हेटौंडामा परेको रिट खारेज भएको छ ।

प्रमुख लामाले राप्ती नगरपालिकामा मनोमानी गरेको,कार्यपालिका बैठक र हिउदे नगर सभाको माग गर्दै उच्च अदालतमा वि.सं. २०८० चैत १३ गते मुद्दा मामिला परमादेश माग गरेका थिए । यद्यपि कार्यपालिका बैठक बसि सकेको छ भने यस् आर्थिक बर्षको बजेट अधिबेशन पनि भैसकेको छ । सोही नगरपालिकाका बहुमत नगर सभा सदस्यले प्रमुख लामा विरुद्ध उच्च अदालतमा मुद्दा हालेका हुन् ।

मुद्दा हाल्ने पक्षले परमादेशको माग दाबी गर्न नसके पछि उच्च अदालतले रिट खारेज गरेको हो । रिट खारेज भएपछि चीन भ्रमणमा रहेका राप्ति नगरपालिका प्रमुख शमशेर लामाले अदालतले नगरपालिका र आफुलाई न्याय दिएको बताएका छन् । साथै उनले राप्तीका जनतालाई बधाई दिदै आफ्नो कार्यकाल अबधिमा कानुनको पालना हुने र आफ्नो क्षमताले भ्याएसम्म सदैब नगर बासी जनताको साथमा रही कार्य गर्ने प्रतिबद्दता व्यक्त गरेका छन् ।