महिला सशक्तिकरण सम्बन्धी प्रशिक्षणात्मक गोष्ठी सुरु

81c1e83d-acdf-4220-a170-58d1918cbdf9

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा रेडक्रस सम्बन्धी महिला सशक्तिकरण सम्बन्धी दुई दिने प्रशिक्षणात्मक गोष्ठी सुरु भएको छ । नेपाल रेडक्रस सोसाइटी चितवन जिल्ला शाखाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी रत्ननगर उपशाखाको आतिथ्यमा सुरु भएको सो कार्यक्रम रत्ननगरका मेयर प्रलाद सापकोटाले उद्घाटन गरेका थिए ।

रेडक्रसमा आबद्ध महिलाहरुलाई सशक्तिकरण मार्फत सक्षम बनाउने उद्देश्यले जिल्ला स्तरीय कार्यक्रम आयोजना गरिएको रत्ननगर शाखाका कोषाध्यक्ष चन्द्रकान्त ओझाले जानकारी दिए । कार्यक्रममा जिल्ला भित्रका ४१ वटा उपशाखामा आबद्ध महिलाहरुको सहभागिता रहेको छ । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय प्रशिक्षक निता ढकाल र चिजकुमार आलेले सहजीकरण गरेका छन् ।

रत्ननगर उपशाखाकी कार्यबहाक सभापति अनु गौतमको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी चितवनका पूर्वसभापति हरि न्यौपाने, वर्तमान सभापति हरि पौडेल, महिला उपसभापति र्सिजना अधिकारी लगायतले मन्तव्य राखेका थिए । रत्ननगर उपशाखाकी महिला सदस्य सविता आचार्यले स्वागत मन्तव्य राखेकी थिइन् ।

ताजा समाचारहरुः

महिला सशक्तिकरण सम्बन्धी प्रशिक्षणात्मक गोष्ठी सुरु

देवघाटमा निर्माण गरिएको शवदाह गृह सार्वजनिक–निजी साझेदारी ‘मोडेल’मा सञ्चालन गर्ने तयारी

महिला सशक्तिकरण सम्बन्धी प्रशिक्षणात्मक गोष्ठी सुरु

विश्व बाघ दिवसको अवसरमा सौराहामा संरक्षणसम्बन्धी अन्तरक्रिया तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

महिला सशक्तिकरण सम्बन्धी प्रशिक्षणात्मक गोष्ठी सुरु

शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने

महिला सशक्तिकरण सम्बन्धी प्रशिक्षणात्मक गोष्ठी सुरु

गुरु पूर्णिमाका अवसरमा महाबुद्ध महाविहारमा ८५ स्थविरलाई पञ्चदान, दीपंकर तथागत बुद्धको शोभायात्रा

महिला सशक्तिकरण सम्बन्धी प्रशिक्षणात्मक गोष्ठी सुरु

बिपी कोइराला क्यान्सर अस्पतालमा केमो सेवामा चाप, बिरामी पाँच दिन पर्खिन बाध्य

महिला सशक्तिकरण सम्बन्धी प्रशिक्षणात्मक गोष्ठी सुरु

चितवन प्रशासनद्वारा आज राति ८ बजेदेखि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द

महिला सशक्तिकरण सम्बन्धी प्रशिक्षणात्मक गोष्ठी सुरु

नारायणी अस्पतालका ६७ चिकित्सकले दिए सामूहिक राजीनामा, प्रशासनबाट नै असुरक्षित भएको दाबी