नवलपुर । जिल्ला प्रहरी कार्यालय नवलपुरले कावासोतीबाट करिब १२ लाख बराबरको अवैध सामग्री बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार भन्सार छलि सामान ओसारपसार गरेको भन्ने गोप्य सूचनाको आधारमा १२ लाख बराबरको अवैध सामग्री कावासोतीबाट बरामद गरेको हो ।
कावासोती ८ फलफूल चोकबाट मोबाइल, मोबाइल कभर, क्रिम, चिनी, पान मसला, पित्तलका भाडा लगायतका सामग्री गरी ११ लाख ७१ हजार ४ सय रुपैयाँ बराबरको सामग्री बरामद गरेको पौडेले बताए । विना विलविजगका बरामद सामग्री आवश्यक कारवाहीको लागि भन्सार कार्यालय महेषपुर पठाएको प्रहरीले जनाएको छ ।
उक्त बरामद सामग्री विभिन्न समयमा बरामद गरिएको सामग्री भएको र विलबिजक बुझाउन नसकेपछि आवश्यक कारवाहीको लागि भन्सार पठाइएको प्रहरीले जनाएको छ ।