चितवन,२३ भदौ । चितवनमा गुडिरहेको ट्रकमा स्कुटर ठोक्किन पुग्दा स्कुटर चालकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका २९ चुनेखोला स्थित नारायणगढ मुग्लिन सडक खण्डमा गएराति ८ः४० बजे भैंसी लिएर काठमाण्डौँ तर्फ जाँदै गरेको ना ८ ख ५१६१ नम्बरको ट्रकमा नारायणगढ तर्फ आउँदै गरेको बा.प्र.०३००२ प ६१७८ नम्बर स्कुटर ठोक्किन पुग्दा स्कुटर चालकको मृत्यु भएको हो ।
मृत्यु् हुनेमा तनहुँको घाँसीकुवाका ३७ वर्षिय कृष्णबहादुर थापा रहेका छन् । गुडिरहेको ट्रकको बायाँ साईटमा ठोक्किदा गम्भीर घाइते भएका थापाको नयाँ मेडिकल कलेजमा गएराति ९ः१० बजेको समयमा मृत्यु भएको चितवन प्रहरीले जानकारी दिएको छ ।
घट्नाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । ट्रक चालक र दुवै सवारी साधान प्रहरीको नियन्त्रणमा रहेका छन् ।