Latest News

स्थानीय सरकारको आगनीमा चेपाङ महिलाले तीज

dar2

रत्ननगर । सीमान्तकृत चेपाङ समुदायका महिलाहरुले स्थानीय सरकारको आगनीमा तीज मनाएका छन् । रत्ननगर नगरपालिका वडा नं १० ले तीजको दर खाने दिनमा आयोजना गरेको तीज विशेष कार्यक्रममा सोही वडामा बसोबास गर्ने चेपाङ महिलाहरुले तीज मनाएका हुन् ।

आर्थिक अभावका कारण मुसहर र चेपाङ समुदायका महिलाहरुले खुलेर तीज मनाउदैनन् । तीज सम्पूर्ण नेपाली महिलाहरुको पर्व हो वडाध्यक्ष कलाधर पौडेलले भने तर आर्थिक जोहो गर्न नसकेर चेपाङ समुदायका महिलाहरुले खुलेर तीज मनाएको देखेको छैन् । गाउँका अन्य समुदायको घरघरमा गीत बजाएर नाचगान गर्दा चेपाङ बस्ती सुनसान भएपछि आफुले चेपाङ महिलाहरुलाई लक्षित गरी कार्यक्रम आयोजना गरेको उनले बताए ।

चेपाङ समुदायका महिलालाई दर खुवाउन वडा कार्यालयले आयोजना गरेको कार्यक्रममा मेयर प्रलाद सापकोटा, उपमेयर यादब प्रसाद पाठक, वडा नं १ का वडाध्यक्ष कुलप्रसाद सापकोटा, विज्ञ सल्लहाकार रामहरि न्यौपाने समेत सहभागी भएका थिए । वडा कार्यालयले आर्थिक अभावका कारण तीजमा नयाँ साडी किन्न नसकेका महिलाहरुलाई मायाको चिनोको रुपमा साडी समेत दिएको छ ।

कार्यक्रममा वडा सदस्य गोमादेवी भण्डारी, सुदन भण्डारी, पूर्णिमा नेपाली, बैरिया माविका प्रधानाध्यापक युवराज शर्मा, हरिहर डेरीका अध्यक्ष विष्णु पुरी, टोल विकास संस्थाका अध्यक्षहरु युगबहादुर थापा, ठाकुर प्रसाद पौडेल, लक्ष्मीधर शर्मा, स्वास्थ्य चौकी प्रमुख रुकमाया पौडेल लगायतको उपस्तिथि रहेको थियो । कार्यक्रम सामाजिक अगुवा एकहादुर जिसीले सञ्चालन गरेका थिए ।