Latest News

स्काइराइडरका दुई विद्यार्थीलाई प्रतिभा सम्मान

457679155_8479004368824402_4277484224637041056_n

रत्ननगर । पूर्वी चितवनको रत्ननगर स्थित स्काइराइडर आवासीय माविका दुई जना विद्यार्थीहरुलाई प्रतिभा सम्मान गरिएको छ । अध्यायनकै शिलशिलामा विभिन्न सामग्रीहरु बनाएर सफल परीक्षण गरेका इशान श्रेष्ठ र सक्षम थापामगरलाई प्रतिभा तथा पुरस्कार प्रदान गरिएको हो ।

श्रेष्ठ विज्ञान विषय लिएर कक्षा ११ मा र थापामगर व्यवस्थापन विषय लिएर सोही कक्षामा अध्यायनरत विद्यार्थी हुन् । उनीहरुले प्लेन, ड्रोन र हावाबाट पानी तान्ने मोटर बनाएर सफल परीक्षण गरिसकेका छन् । अहिले इसाइकल र मामसे गरेको मान्छेले मोटरसाइकल चलाउन रोक लगाउने हेलमेट बनाएका श्रेष्ठ र थापामगरलाई स्काइराडरले नगर पुरस्कार सहित सम्मान गरेको हो । विद्यालयमा आयोजित एक औपचारिक कार्यक्रमका बीच विद्यालय व्यवस्थापन समितिका निर्देशक दुर्गा पुरी र प्राचार्य मदन पुरीले उनीहरुलाई नगर पुरस्कार सहित सम्मान गरेका हुन् ।

श्रेष्ठ र थापामगर चितवनका भएको विज्ञान प्रर्दशनीमा प्रथम र प्रदेश स्तरीय विज्ञान प्रर्दशनीमा तेस्रो भएको स्काइराइडरका सहायक प्राचार्य केशवराज पाठकले जानकारी दिए । नयाँ नयाँ खोज र अनुसन्धान गरी विभिन्न सामाग्रीको विकास गरिरहेका दुई विद्यार्थीलाई स्काइराइरको गहना रहेको उनको भनाई छ । विद्यालयका प्राचार्य मदन पुरीले स्काइराइडरले श्रेष्ठ र थापामगर जस्ता प्रतिभाशाली विद्यार्थी उत्पादन गर्न सफल भएको भन्दै विद्यार्थीमा क्षमताको विकास गर्न प्रयत्नरत रहने बताए ।