झुवानीमा लागुऔषध दुर्व्यसन सम्बन्धी सचेतना कार्यक्रम
रत्ननगर । रत्ननगर नगरपालिका वडा -५मा विद्यार्थीलाई लक्षित गरी लागुऔषध दुर्व्यसन सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएक छ। लागुऔषध प्रयोग गर्ने बढीरहेको बेला चितवनको रत्ननगर ५ झुवानीमा रहेको झुवानी माध्यमिक विद्यालयका विद्यार्थी र अभिभावकहरुलाई लागु औषध दुर्व्यसन सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएको लायन्स कलव अफ चितवन टाईगर्सका अध्यक्ष गाेकुल पराजुलीले बताए । लायन्स क्लव अफ चितवन टाईगर्स र लायन्स क्लव अफ रत्ननगर लेडिज को सयुक्त आयोजनामा एवं रत्ननगर नगरपालिका वडा नम्बर -५ ,ईलाका प्रहरी कार्यालय रत्ननगर र झुवानी सामुदायिक पुस्तकालयको समन्वयमा भएको कार्यक्रममा लागु औषध दुर्व्यसन र यसका असर, समाजमा पार्न सक्ने नकरात्मक प्रभावका बारेमा ईलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख प्रहरी नायब…