Latest News

नारायणगढ- मुग्लिन सडक खण्डमा दुई छुट्टाछुट्टै दुर्घटना

FB_IMG_1725156478318

चितवन । चितवनकाे नारायणगढ- मुग्लिन सडक खण्डमा आइतबार विहानै दुई छुट्टाछुट्टै दुर्घटना भएका छन् ।

साे सडक खण्डकाे सिमलतालमा बस र ट्रक ठोक्किएका छन् भने जुगेडीमा तीनवटा सवारी साधन एकआपसमा ठाेक्किएर दुर्घटना भएकाे हाे । आज बिहान ६ः३५ बजेको समयमा भरतपुर महानगरपालिका २९ सिमलतालमा मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ग २ ख ११०८ नम्बरको ट्रकलाई नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको एआर ०१ टि ६३७२ नम्बरको भारतीय बसले ठक्कर दिएको हो ।

दुर्घटनामा ट्रकमा चालकसहित तीन जना घाइते भएका छन भने बसका यात्रु सकुशल छन । घाइते हुनेमा ट्रकका चालक धादिङ बेनिघाट रोराङ गाउँपालिका ३ बस्ने २८ वर्षिय राजन क्षेत्री, ट्रकमा सवार बाराका मन्ज रावल र सोही ठाउँका आशिष चौरासिया रहनुभएकााे छ ।

दुवै सवारीसाधनमा क्षति पुगेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिनुभयो । बसका चालक फरार रहेको र सहचालक नियन्त्रणमा रहेको भण्डारीले बताउनुभयो । सडकखण्डमा अहिले यातायात नियमित सञ्चालनमा रहेको भण्डारीले जानकारी दिनुभयो ।

यस्तै चितवनको भरतपुर महानगरपालिका २९ जुगेडीमा आज बिहान तीन सवारीसाधन एकै ठाउँमा ठोक्किएका छन । मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको बा ११ च ८२६२ नम्वरको टाटा सफारी गाडीले रोकिराखेको बागमती प्रदेश ०३–००१ च १७७० नम्वरको बोलेरो जिप र ग २ च ४४३६ नम्बरको हाइलेक्स जीपलाई ठक्कर दिएको हो । ठक्करबाट तीनवटै सवारीसाधनमा क्षति पुगेको प्रहरीले जनाएको छ ।