Day: १६ भाद्र २०८१, आईतवार १७:५७

गैँडा चोरी सिकारीमा फरार ३४ जना पक्राउ

गैँडा चोरी सिकारीमा फरार ३४ जना पक्राउ

चितवन – चितवन राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्षमा दुर्लभ एक सिङ्गे गैँडा चोरी सिकारी गरेको अभियोगमा फरार भएका ३४ जनालाई पक्राउ गरेको छ । एक वर्षमा चोरी सिकारीमा संलग्न भएकालाई पक्राउ गरिएको यो ठूलो सङ्ख्या हो । निकुञ्जले गतवर्ष सालकको खपटाको चोरी सिकारी गरेको अभियोगमा छ जनालाई पक्राउ गरेको थियो । यस्तै खाल्डो बनाएर दुई गैँडा मारेको अभियुक्तलाई नौ दिनभित्र पक्राउ गर्न सफल भएको थियो । चोरी सिकारी नियन्त्रण अभियानमा महत्वपूर्ण काम भएको भन्दै निकुञ्जका अधिकारीलाई ज्यानु वसन्तराज मिश्र फाउण्डेसनले रु तीन लाखसहित सम्मान गरेको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुन, संरक्षण अधिकृत दिवेश श्रेष्ठ र घडियाल…
Read More
राप्ती नगरपालिकाको नगर सभा :  १ अर्ब १५ करोड बजेट बिनियोजन

राप्ती नगरपालिकाको नगर सभा :  १ अर्ब १५ करोड बजेट बिनियोजन

राप्ती  ।  राप्ती नगरपालिकाको १४ औं नगर सभा आइतबार सम्पन्न भएको छ । असार १० गते हुनुपर्ने सभा जनप्रतिनिधि बिचको विवादका कारण दुई महिना ढिलो गरि आइतबार भएको हो । नगर सभाले चालु आर्थिक बर्ष २०८१।०८२ का लागि एक अर्ब १५ करोड १३ लाख १० हजार बराबरको बजेट ल्याएको छ । सभामा नगर उपप्रमुख देवेन्द्र लामाले चालु आर्थिक बर्षका लागी अनुमानित कुल आयब्यय प्रस्तुत गरेका थिए । उपप्रमुख लामाले पेश गरेको बजेट अनुसार संघीय समानिकरणमा १६ करोड २५ लाख,संघीय राजश्व बाँडफाटमा १४ करोड ७२ लाख, प्रदेश समानीकरणमा १ करोड ७० लाख २४हजार, प्रदेश राजष्ठ बाँडफाटमा ५करोड ८५ लाख ८४ हजार…
Read More
अर्पणमा रक्तदान : ३८ युनिट रगत संकलन 

अर्पणमा रक्तदान : ३८ युनिट रगत संकलन 

रत्ननगर ।  पूर्वी चितवनको रत्ननगरमा आइतबार आयोजना गरिएको रक्तदान कार्यक्रममा ३८ युनिट रगत संकलन भएको छ । अर्पण बचत तथा ऋण सहकारी संस्था लिको कारोबार सुरु गरेको १५ बर्ष पुगेको अबसरमा अर्पण बचत र रेडियो अर्पणको सयुक्त आयोजनामा भएको रक्तदान कार्यक्रममा ९ जना महिला सहित ३८ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक ध्रुबराज लामिछानेले जानकारी दिए । कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले विरामीलाई रगतको सहज उपलब्धताको लागि नगरपालिकाले रक्तसंकलन युनिट सञ्चालनमा ल्याएको बताए । नगरबासीको स्वास्थ्य सुरक्षाका लागि ५० प्रतिशत अनुदानमा स्वास्थ्य बिमा, रत्ननगर अस्पतालमा उपचारकोष, क्यान्सर पीडितलाई थप २५ हजार तथा बृद्धबृद्धाको घरघरमै उपचार…
Read More
नारायणगढ- मुग्लिन सडक खण्डमा दुई छुट्टाछुट्टै दुर्घटना

नारायणगढ- मुग्लिन सडक खण्डमा दुई छुट्टाछुट्टै दुर्घटना

चितवन । चितवनकाे नारायणगढ- मुग्लिन सडक खण्डमा आइतबार विहानै दुई छुट्टाछुट्टै दुर्घटना भएका छन् । साे सडक खण्डकाे सिमलतालमा बस र ट्रक ठोक्किएका छन् भने जुगेडीमा तीनवटा सवारी साधन एकआपसमा ठाेक्किएर दुर्घटना भएकाे हाे । आज बिहान ६ः३५ बजेको समयमा भरतपुर महानगरपालिका २९ सिमलतालमा मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ग २ ख ११०८ नम्बरको ट्रकलाई नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको एआर ०१ टि ६३७२ नम्बरको भारतीय बसले ठक्कर दिएको हो । दुर्घटनामा ट्रकमा चालकसहित तीन जना घाइते भएका छन भने बसका यात्रु सकुशल छन । घाइते हुनेमा ट्रकका चालक धादिङ बेनिघाट रोराङ गाउँपालिका ३ बस्ने २८ वर्षिय राजन क्षेत्री, ट्रकमा सवार बाराका…
Read More