रत्ननगर उवासंघमा उद्योग तथा वाणिज्य कार्यालय प्रमुखलाई स्वागत

778bf9ec-b443-41c6-8851-9d9b14c23815

रत्ननगर । रत्ननगर उद्योग बाणिज्य संघमा उद्योग तथा वाणिज्य कार्यालय भरतपुरका कार्यालय प्रमुख बिनोद पौडेल स्वागत तथा उद्यमशिलता विकास सम्बन्धी अन्तक्र्रिया कार्यक्रम गरिएको छ । कार्यालयमा भर्खरै सरुवा भएर आएका पौडेललाई संघले एक औपचारिक कार्यक्रमको आयोजना स्वागत तथा सम्मान गरेको हो ।

कार्यक्रममा संघका अध्यक्ष शंकर गिरीले कार्यालय प्रमुख पौडेललाई खादा र माला लगाएर स्वागत गरेका हुन् । सो अबसरमा व्यवसायिक र उद्यमशिलता विकासको विषयमा छलफल गरिएको थियो । संघका अध्यक्ष गिरीको स्थानीय स्तरमा आर्थिक गतिविधिहरुलाई अगाडि बढाउन दुई संस्थाको समन्वयमा व्यवसायिक तालिमहरु आयोजना गर्न आग्रह गरे । रत्ननगर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष एवम नेउवामहासंघका केन्द्रीय सदस्य अनिलकृष्ण श्रेष्ठ र पूर्व अध्यक्ष ज्ञान बहादुर विसुरालले आर्थिक मन्दीका कारण व्यवसाय चलायमान नभएको र व्यवसायीहरुलाई आवश्यक तालिम, व्यवसाय दर्ता तथा नविकरणमा सहजीकरण गर्नका आग्रह गरे ।

कार्यक्रममा उद्योग तथा बाणिज्य कार्यालय चितवनका प्रमुख पौडेलले व्यवसाय दर्ता प्रक्रिया, सेवाग्राहीहरुलाई झन्झटिलो प्रक्रियाहरुबाट मुक्त गर्न संस्था र सहजीकरण गर्न तत्पर रहेको बताए । उद्योग तथा बाणिज्य कार्यालय नमुना कार्यालयको रुपमा स्थापित गर्न पहल भइरहेको भन्दै उनले प्रविधि र तालिम हस्तान्तरणका लागि रत्ननगर उद्योग वाणिज्य संघ संग सहकार्यमा कार्य अगाडि बढउने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्यहरुको लगायतको उपस्थिति रहेको थियो । रत्ननगर उद्योग वाणिज्य संघ वाणिज्य बरिष्ठ उपाध्यक्ष निराजन खनालले धन्यवाद मन्तव्य राखेको सो कार्यक्रम महासचिव उपेन्द्र शर्मा आचार्यले कार्यक्रम संचालन गरेका थिए ।

ताजा समाचारहरुः

रत्ननगर उवासंघमा उद्योग तथा वाणिज्य कार्यालय प्रमुखलाई स्वागत

देवघाटमा निर्माण गरिएको शवदाह गृह सार्वजनिक–निजी साझेदारी ‘मोडेल’मा सञ्चालन गर्ने तयारी

रत्ननगर उवासंघमा उद्योग तथा वाणिज्य कार्यालय प्रमुखलाई स्वागत

विश्व बाघ दिवसको अवसरमा सौराहामा संरक्षणसम्बन्धी अन्तरक्रिया तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

रत्ननगर उवासंघमा उद्योग तथा वाणिज्य कार्यालय प्रमुखलाई स्वागत

शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने

रत्ननगर उवासंघमा उद्योग तथा वाणिज्य कार्यालय प्रमुखलाई स्वागत

गुरु पूर्णिमाका अवसरमा महाबुद्ध महाविहारमा ८५ स्थविरलाई पञ्चदान, दीपंकर तथागत बुद्धको शोभायात्रा

रत्ननगर उवासंघमा उद्योग तथा वाणिज्य कार्यालय प्रमुखलाई स्वागत

बिपी कोइराला क्यान्सर अस्पतालमा केमो सेवामा चाप, बिरामी पाँच दिन पर्खिन बाध्य

रत्ननगर उवासंघमा उद्योग तथा वाणिज्य कार्यालय प्रमुखलाई स्वागत

चितवन प्रशासनद्वारा आज राति ८ बजेदेखि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द

रत्ननगर उवासंघमा उद्योग तथा वाणिज्य कार्यालय प्रमुखलाई स्वागत

नारायणी अस्पतालका ६७ चिकित्सकले दिए सामूहिक राजीनामा, प्रशासनबाट नै असुरक्षित भएको दाबी