चितवन । चितवन समाज लन्डनकाे संयाेजकमा झलक सुवेदी चयन भएका छन् । चितवन समाज युकेले आयाेजना गरेकाे एक भब्य कार्यक्रममा साैराहाका सुवेदीलाई चितवन समाज लन्डनकाे संयाेजकमा चयन गरिएकाे हाे ।
समितिकाे सहसंयोजकमा निर्मला पौडेल र लक्ष्मन न्यूरे, सचिवमा विकास खरेल, कोषाध्यक्षमा श्रीकण्ठ शर्मा र सदस्यहरु राम थापा, निल कुमार चौधरी, प्रकाश सुवेदी, देवी कंडेल चयन भएका छन् । चितवन समाज युकेले आयाेजना गरेकाे म्यूजिक नाइट कार्यक्रममा लाेकगायक मिलन लामाले प्रस्तुती दिएका थिए ।
चितवन समाज लन्डनका संयाेजक सुवेदीले संस्थागत विकाससंगै प्रवासमा रहेका नेपालीहरुकाे समस्या पहिचान र सामधान तथा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई प्राथमिकताका राखेर काम गर्ने प्रतिबद्धता जनाए ।