Day: २८ श्रावण २०८१, सोमबार १७:५९

रत्ननगर उवासंघमा व्यवसायीलाई नयाँ कर नीतिबारे प्रशिक्षणात्मक अन्तर्क्रिया 

रत्ननगर उवासंघमा व्यवसायीलाई नयाँ कर नीतिबारे प्रशिक्षणात्मक अन्तर्क्रिया 

रत्ननगर । पूर्वी चितवनकाे रत्ननगरमा साेमबार राज्यले अबलम्बन गरेकाे नयाँ कर नीतिकाे बारेमा प्रशिक्षणात्मक अन्तर्क्रिया कार्यक्रम गरिएकाे छ । आन्तरिक राजश्व कार्यालयकाे सहयाेगमा रत्ननगर उद्योग बाणिज्य संघले आयाेजना गरेकाे साे कार्यक्रममा १२० बढी व्यवसायीकाे सहभागिता रहेकाे थियाे । साे अबसरमा संघका अध्यक्ष शंकर गिरीले राज्यकाे दाेहाेराे कर नीतिका कारण व्यवसायी मारमा परेकाे बताए । व्यवसायी कर तिर्न प्रतिबद्ध रहदा रहदै राज्यले कर माथि कर थपेर व्यवसाय धरापमा पार्न खाेजेकाे आराेप लगाए । कार्यक्रममा  आर्थिक विधेक २०८१ ले संसोधन र आयकर र मूल्य अभिबृद्धि कर (भ्याट) को बिषयमा छलफल गरिएकाे अध्यक्ष गिरीले बताए । रत्ननगर उद्योग बाणिज्य संघको सभाहलमा सोमबार गरिएको…
Read More
चितवन समाज लन्डनमा झलक सुवेदीकाे नेतृत्व

चितवन समाज लन्डनमा झलक सुवेदीकाे नेतृत्व

चितवन । चितवन समाज लन्डनकाे संयाेजकमा झलक सुवेदी चयन भएका छन् । चितवन समाज युकेले आयाेजना गरेकाे एक भब्य कार्यक्रममा साैराहाका सुवेदीलाई चितवन समाज लन्डनकाे संयाेजकमा चयन गरिएकाे हाे । समितिकाे सहसंयोजकमा निर्मला पौडेल र लक्ष्मन न्यूरे, सचिवमा विकास खरेल, कोषाध्यक्षमा श्रीकण्ठ शर्मा र सदस्यहरु राम थापा, निल कुमार चौधरी, प्रकाश सुवेदी, देवी कंडेल चयन भएका छन् । चितवन समाज युकेले आयाेजना गरेकाे म्यूजिक नाइट कार्यक्रममा लाेकगायक मिलन लामाले प्रस्तुती दिएका थिए । चितवन समाज लन्डनका संयाेजक सुवेदीले संस्थागत विकाससंगै प्रवासमा रहेका नेपालीहरुकाे समस्या पहिचान र सामधान तथा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई प्राथमिकताका राखेर काम गर्ने प्रतिबद्धता जनाए ।
Read More
सौराहामा मनाईयो हात्ती दिवस : वनभोज स्वरुप मिष्ठान्न भोजन

सौराहामा मनाईयो हात्ती दिवस : वनभोज स्वरुप मिष्ठान्न भोजन

सौराहा । चितवनका पर्यटकीय नगरी सौराहामा सोमबार १३औं अन्तराष्ट्रिय हात्ती दिबस मनाइएको छ । युनाईटेड हात्ती सञ्चालन सहकारी संस्थाको आयोजनामा भएको कार्यक्रममा  सौराहाका करिब ६० वटा हात्तीलाई वनभोज र हात्ती संरक्षण सम्बन्धी बहस र छलफल गरी दिवन मनाइएको हो । बाघमरा मध्यवर्ती सामुदायिक वनको परिसरमा आयोजित समारोहमा सौराहामा निजी स्तरमा पालेका र निकुञ्जका हात्तीहरुलाई एकैठाउँमा राखेर वनभोजका रुपमा मिष्ठान्न भोजन गराइएको छ । हात्ती संरक्षणको सन्देश प्रबाह गर्न आयोजित कार्यक्रममा हात्तीलाई केक सहित उसलाई मनपर्ने परिकार खुवाइएको कार्यक्रम संयोजक शम्भूप्रसाद मालीले जानकारी दिए । मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकास ढुंगाना र निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले हात्तीका…
Read More
आज देशभर मौसम आंशिक बदलि रहने

आज देशभर मौसम आंशिक बदलि रहने

चितवन । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
Read More