चुम्लिङटार । चितवनको इच्छाकामना गाउँपालिकाका व्यवसायीहरुको साझा संस्था इच्छाकामना चेम्बर अफ कमर्सको प्रथम साधारण सभा तथा अधिवेशन गरिएकाे छ । संस्थाका तदर्थ समिति अध्यक्ष अश्मिन कुमार लम्सालको सभापतित्व तथा इच्छाकामना गाउँपालिका उपाध्यक्ष माया सिलवालको प्रमुख आतिथ्यतामा चुम्लिङटारमा अधिवेशन गरिएकाे हो ।
अधिवेशनले अश्मिन कुमार लम्साललाई अध्यक्षमा निर्वाचित गर्दै १९ सदस्यीय इच्छाकामना चेम्बर अफ कमर्सको नयाँ कार्यसमिति चयन गरेको छ । चेम्बरको वरिष्ठ उपाध्यक्षमा तेजकृष्ण प्रजापति, उपाध्यक्षमा मोदराज सिलवाल, महासचिवमा माधवप्रसाद पोखरेल, सचिवमा लक्ष्मी कंडेल र कोषाध्यक्षमा कमला भुजेल निर्वाचित भएको छ ।
यस्तै सदस्यहरुमा रण बहादुर बुढाथोकी, राजु श्रेष्ठ, चित्र बहादुर गुरुङ, रुपेश तामाङ, रुद्र त्रिपाठी, राजु सुनार, यमप्रसाद सिलवाल, नारायणप्रसाद पाण्डे, मधुमाया गुरुङ र सावित्रि पुडाशैनी खनाल निर्वाचित भएका छन् भने २ सदस्य पछि कार्यसमिति चयन गर्ने निर्वाचन मण्डलका संयोजक कृष्णप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
अधिवेशनको समुद्घाटन समारोहमा विशिष्ट अतिथिको रुपमा नेपाल चेम्बर अफ कमर्स गोरखाका अध्यक्ष एवं नगर गाउँ केन्द्रीय सदस्य भाइचन्द्र श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्स चितवनका अध्यक्ष एवं केन्द्रीय सदस्य गोपाल भट्टराई, नेपाल चेम्बर अफ कमर्सको कर्णाली प्रदेश संयोजक लक्ष्मण न्यौपाने, नेपाल चेम्बर अफ कमर्स चितवनका वरिष्ठ उपाध्यक्ष सोम प्रसाद काप्री, इच्छाकामना गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष एवं प्रवक्ता नर बहादुर नेपाल, वडा नं. ४ का वडाध्यक्ष रुद्र उप्रेती लगायत अतिथिको रुपमा सहभागी हुनुभएको थियो ।