Latest News

राप्तीकाे मेयर र उपमेयरको कार्यकक्षकाे ताला खुल्याे

Messenger_creation_800536755253302

चितवन ।  राप्ती नगरपालिकाको मेयर र उपमेयरको कार्यकक्षमा लगाएको ताला आज बुधबार खोलिएको छ ।

कार्यपालिका बैठक र नगर सभाकाे माग गर्दै जनप्रतिनिधिले फागुन ९ गते ताला लगाएका थिए ।  जनप्रतिनिधि बीचको विवाद समाधान गर्न  नेपाली काङ्ग्रेस, नेकपा एमाले र नेकपा एकीकृत समाजबादी बीच भएको छलफलमा कार्यपालिका बैठक डाक्ने निर्णय भएपछि ताला खोलिएको राप्ती ८ का वडा अध्यक्ष पूर्ण आचार्यले जानकारी दिनुभयाे ।

कार्यपालिका बैठक यहि २५ गते डाकिएको छ । राप्तीमा अघिल्लो बर्षको असोज देखि कार्यपालिका बैठक बस्न सकेको छैन भने हिउँदे नगर सभा र बजेट अधिबेशन हुन सकेको छैन ।  राप्ती ८ का वडा अध्यक्ष आचार्य,१२ का वडा अध्यक्ष अर्जुन चेपाङ सहित केही वडा सदस्य पुगेर मेयर, उपमेयरको कोठाको ताला खोलेका हुन् ।