पूर्वी चितवनको विकासका लागि निजी क्षेत्रको समन्वय समिति गठन
रत्ननगर । पूर्वी चितवनको विकासको लागि निजीक्षेत्रबाट समन्वय समिति गठन गरिएको छ । पूर्वी चितवनको आर्थिक तथा सामाजिक विकासको लागि गुरुयोजना निर्माण तथा तीन तहको सरकारसंग पहल गर्न गरी पूर्वी चितवन उद्योग वाणिज्य तथा पर्यटन व्यवसायी समन्वय समिति गठन गरिएको हो । रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष शंकर गिरीको नेतृत्वमा समन्वय समिति गठन गरिएको हो । समितिको सह संयोजकमा उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष कुमार खनाल र क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष गंगा गिरी, सदस्य सचिवमा उद्योग संघ रत्ननगरका अध्यक्ष उमाकान्त पौडेल, सदस्यहरु राप्ती उद्योग वाणिज्य संघका कार्यबहाक अध्यक्ष ओम डल्लाकोटी, रेष्टुरेण्ट एण्ड बार एसोसियसनका अध्यक्ष धु्रव गिरी, साना पर्यटन…