चितवनमा बासस्थान नवप्रवर्द्धन सम्मेलन हुने

afu

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर र काठमाडौँ विश्वविद्यालयद्वारा संयुक्तरूपमा आगामी भदौ ३१ देखि असोज १ गतेसम्म तेस्रो बासस्थान नवप्रवर्द्धन सम्मेलन यहाँ आयोजना हुने भएको छ ।

फोहर व्यवस्थापन समाधानलाई ऊर्जा उत्पादन, खाद्य सुरक्षाको प्रवर्द्धन र वातावरण संरक्षणसँग एकीकृत गर्ने उद्देश्यले सम्मेलनको आयोजना गर्न लागिएको पूर्वमन्त्री गणेश साहले जानकारी दिए । फोहरले गर्दा अहिले वातावरण बिग्रँदै गएकाले यसलाई उद्यमशीलतामा परिणत गर्नसके फोहर मोहोरका रूपमा आउने उनको भनाइ छ ।

अहिले देशभरका नगरप्रमुखहरूलाई फोहर व्यवस्थापन समस्या बनेको जनाउँदै उनले त्यो फोहर व्यवस्थापनबाट आर्थिक अर्थतन्त्र बलियो बनाउनका लागि बासस्थान नवप्रवर्द्धन सम्मेलन गर्न लागिएको बताए ।

कार्यक्रममा प्राज्ञ, नीति निर्माता, लगानीकर्ता, केन्द्रीय र स्थानीय सरकारी निकाय, गैरसरकारी संस्था, कृषि विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी र सरसफाइ प्रविधिमा विशेषता भएका व्यक्तिहको उपस्थिति रहने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा वातावरण, दिसाजन्य फोहर व्यवस्थापन र खाद्य सुरक्षाका विषयमा कार्यपत्र प्रस्तुत गरिने भएको छ । सम्मेलनमा भर्चुअलमार्फत विशेषज्ञले आफ्नो प्रस्तुति राख्नेछन् ।

सम्मेलनमा समूहगत छलफल, प्राविधिकहरूको सत्र, नगरपालिका प्रमुखहले फोहर व्यवस्थापनमा झेलिरहेका समस्या, स्नातकोत्तर विद्यार्थीहरूका प्रस्तुति, रोजगारी मेला र भर्ना, नेटवर्किङ, प्रदर्शनी, सरकारी निकायको प्यानलजस्ता विषयहरू प्रस्तुत गरिनेछ ।

यसले खाद्य सुरक्षा, सरसफाइ र वातावरण व्यवस्थापनमा रहेका चुनौतीहरूको समाधान गर्न सहयोग पुग्ने अपेक्षा लिइएको कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा डा पुण्यप्रसाद रेग्मीले बताए ।

ताजा समाचारहरुः

चितवनमा बासस्थान नवप्रवर्द्धन सम्मेलन हुने

देवघाटमा निर्माण गरिएको शवदाह गृह सार्वजनिक–निजी साझेदारी ‘मोडेल’मा सञ्चालन गर्ने तयारी

चितवनमा बासस्थान नवप्रवर्द्धन सम्मेलन हुने

विश्व बाघ दिवसको अवसरमा सौराहामा संरक्षणसम्बन्धी अन्तरक्रिया तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

चितवनमा बासस्थान नवप्रवर्द्धन सम्मेलन हुने

शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने

चितवनमा बासस्थान नवप्रवर्द्धन सम्मेलन हुने

गुरु पूर्णिमाका अवसरमा महाबुद्ध महाविहारमा ८५ स्थविरलाई पञ्चदान, दीपंकर तथागत बुद्धको शोभायात्रा

चितवनमा बासस्थान नवप्रवर्द्धन सम्मेलन हुने

बिपी कोइराला क्यान्सर अस्पतालमा केमो सेवामा चाप, बिरामी पाँच दिन पर्खिन बाध्य

चितवनमा बासस्थान नवप्रवर्द्धन सम्मेलन हुने

चितवन प्रशासनद्वारा आज राति ८ बजेदेखि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द

चितवनमा बासस्थान नवप्रवर्द्धन सम्मेलन हुने

नारायणी अस्पतालका ६७ चिकित्सकले दिए सामूहिक राजीनामा, प्रशासनबाट नै असुरक्षित भएको दाबी