Latest News

फोर्ब्स कलेजमा अतिथि सत्कारको नमुना अभ्यास

2222

भरतपुर । भरतपुर महानगरपालिका वडा नं २ क्षेत्रपुर स्थित फोर्ब्स कलेजमा आइतबार स्टेट व्यान्क्वेट तथा अतिथि सत्कारको नमुना अभ्यास गरिएको छ ।

व्यवहारिक शिक्षा मार्फत शिक्षण सिकाइलाई अर्थपूर्ण बनाउने उद्देश्यले विद्यार्थीहरुलाई नमुना अध्यास गराइएको कलेजका प्रिन्सिपल हिरशरण पाठकले जानकारी दिए । हरेक बर्ष बिएचएम संकायका छैठौँ सेमेष्टरका विद्यार्थीहरुका लागि अतिथि सत्कारको नमुना अभ्यास गराउदै आएको प्रिन्सिपल पाठकले बताए । सो कलेजले होटल म्यानेजमेन्ट अध्ययन गरिरहेका विद्यार्थीका लागि एक देशको राष्ट्र प्रमुख अर्को देशको राष्ट्र प्रमुख संग भेट्दा आयोजना गरिने उच्चस्तरीय भोज तथा अतिथि सत्कारको नमुना अध्यास गराएको हो ।

कलेज व्यवस्थापनको समन्वयमा बिएचएम संकायका छैठौँ सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुले नमुना अध्यासको आयोजना गरेका थिए । उक्त कार्यक्रममा सोही संकायका चौथो सेमेष्टरका विद्यार्थीले उपस्थित अतिथि र सहभागीका लागि परिकारहरु प्रदान गरेका थिए । दोश्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थीले भान्छा व्यवस्थापनको भूमिका निर्वाह गरेका थिए भने कार्यक्रममा कलेजका होटल म्यानेजमेन्ट विभागका प्रमुख योगेन्द्र मण्डलले सहजीकरण गरेका थिए । कलेजका प्रबन्ध निर्देशक राज कुमार दाहाल प्रमुख अतिथि रहेको सो कार्यक्रममा प्राध्यापक ई.दिवस मैनाली विशिष्ट अतिथिको रुपमा रहेका थिए ।

कार्यक्रममा कलेजका प्रिन्सिपल पाठक सहित सुवास अधिकारी, देवी कार्की, राजेन्द्र सापकोटा, शिरिष गौतम, केशव न्यौपाने, राजेन्द्र पौडेल, राजन धिताल, ई.राज सापकोटा लगायत अतिथिको रुपमा रहेका थिए । कार्यक्रममा विध्यार्थीहरुले पोट्याटो चिज बल,क्रीम अफ मसरुप सुप, चिकन स्ट्रागनफ विथ प्लेन राईस÷रिसोटो राईस, डेजर्ट निकरबकर ग्लरी अन्तर्गतका परिकारहरुको सेवा प्रदान गरेका थिए । कार्यक्रममा बोल्दै ई.दिवस मैनालीले होटल म्यानेजमेन्टमा अध्ययनरत विद्यार्थीका लागि गरिने व्यवहारिक क्रियाकलापले सो क्षेत्रमा लागेर भविष्य उज्जवल बनाउन चाहेका विद्यार्थीले देश तथा विदेशका उच्चस्तरीय कार्यक्रममा आफ्नो कला र सीप देखाउन सक्षम रहने बताए ।

नमुना अभ्यासले विद्यार्थीहरुमा ईभेन्ट म्यानेजमेन्ट ईलाईट सर्भिस (उच्चस्तरीय सेवा), टिमवर्क, सहकार्य, बजेट व्यवस्थापन लगायतको सीप विकासमा टेवा पुग्ने कलेज प्रमुख हरि शरण पाठकले बताए । कार्यक्रम अवधिभर सोही कलेजमा बिएचएम दोश्रो संकायमा अध्ययनरत रोनिस श्रेष्ठ र चौथो सेमेष्टरमा अध्ययनरत सुमन मग्रातिले सांगीतिक प्रस्तुति दिएका थिए । कार्यक्रममा बिएचएम छैठौँ सेमेष्टरमा अध्ययनरत ७ जना विद्यार्थी ,दोश्रो संकायमा अध्ययनरत १० जना विद्यार्थी र चौथो सेमेष्टरमा अध्ययनरत १२ जना विद्यार्थी सहभागी भएका थिए ।

कलेजमा अनुभवि र तालिम प्राप्त प्रध्यापकहरुले विद्यार्थीहरुलाई होटल म्यानेजमेण्ट र सुचना प्रविधि विषयमा अध्यापन गराउदै आइएको छ । सो कलेजले आइएसओ ९००१ः२०१५ मान्यता प्राप्त गरेको छ । कलेजले डेढ दर्जन सुचकहरु पुरा गर्दै सो मान्यता प्राप्त गर्न सफल भएको हो । वि.स.२०७४ सालमा स्थापना भएको सो कलेजमा व्याचलर अफ होटर म्यानेजमेन्ट र व्याचलर अफ कम्प्युटर साइन्स, साइबर सेक्युरिटी लगायतका विषय अध्यापन हुँदै आएको छ । अभिभावक र विद्यार्थीको रोजाईमा परेको उक्त कलेजले अभिभावकको लगानी सुरक्षित गर्ने गरी शिक्षण सिकाइलाई अबलम्वन गरेको छ ।