सीएमएस शिक्षण अस्पतालले माग्यो स्टाफ नर्स, तलब ३४ हजार ७३० रुपैयाँ

सीएमएस शिक्षण अस्पतालले माग्यो स्टाफ नर्स, तलब ३४ हजार ७३० रुपैयाँ

सीएमएस शिक्षण अस्पतालले माग्यो स्टाफ नर्स, तलब ३४ हजार ७३० रुपैयाँ

चितवन, साउन ७- भरतपुर–१० स्थित कलेज अफ मेडिकल साइन्सेस (सीएमएस) शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) ले स्टाफ नर्स पदका लागि कर्मचारी माग गरेको छ। अस्पतालले सार्वजनिक सूचना जारी गर्दै केही संख्यामा स्टाफ नर्स पदमा योग्य उम्मेदवारबाट आवेदन आह्वान गरेको हो। उक्त पदका लागि आवेदन दिन इच्छुक उम्मेदवारले बीएससी नर्सिङ, बीएन वा पीसीएल नर्सिङ उत्तीर्ण गरेको हुनुपर्नेछ भने नेपाल नर्सिङ काउन्सिल (एनएनसी) मा दर्ता भएको अनिवार्य गरिएको छ। अस्पतालका अनुसार एकदेखि दुई वर्षसम्मको कार्यअनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइनेछ। यद्यपि नयाँ स्नातक तथा फ्रेशर उम्मेदवारले समेत आवेदन दिन सक्ने जनाइएको छ। चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवाको क्षेत्रमा अग्रणी संस्थाका रूपमा परिचित सीएमएस…
Read More
चितवनमा सहयोग मागेर क्षति भएका संरचना पुननिर्माण

चितवनमा सहयोग मागेर क्षति भएका संरचना पुननिर्माण

चितवन, साउन ७- जेनजी प्रदर्शनका क्रममा आगलागीबाट क्षति भएको भरतपुरस्थित भूमि प्रशासन कार्यालय (मालपोत) परिसरभित्र सेवाग्राहीका लागि खानेपानीको व्यवस्था मिलाइएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको आग्रहमा गैरआवासीय नेपाली सङ्घका निवर्तमान अध्यक्ष आरके शर्माले सो कार्यालय परिसरभित्र खानेपानी सहित शौचालयको पुनर्निर्माण पनि सहयोग गर्नुभएको थियो । कार्यालय प्रमुख निरबहादुर दाहालले ती संरचनाबाट सेवाग्राहीलाई थप सहज हुने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी अर्यालले जेनजी आन्दोलनपछि सरकारी कार्यालयलाई दाताको सहयोग मागेरै पूर्वाधार निर्माण गरिरहेको जानकारी दिनुभयो । सङ्घका निर्वतमान अध्यक्ष शर्माले कार्यालय आउने सेवाग्राहीलाई खानेपानीको समस्या नहोस् भन्ने मनसायले संरचना निर्माणमा सहयोग गरेको बताउनुभयो । जेनजी प्रदर्शनमा जिल्लामा क्षति भएका केही…
Read More
मोटरसाइकललाई ठक्कर दिएर फरार बोलेरो र चालक प्रहरी नियन्त्रणमा

मोटरसाइकललाई ठक्कर दिएर फरार बोलेरो र चालक प्रहरी नियन्त्रणमा

चितवन, साउन ६– भरतपुर महानगरपालिका–१५ स्थित मनकामना चोकमा मोटरसाइकललाई ठक्कर दिएर फरार भएको बोलेरो गाडी र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गत साउन ५ गते राति करिब ९ बजे नम्बर नखुलेको सवारी साधनले बा.प्र. ०३–००४ प ६२३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालकको अनुहार र टाउकोमा गम्भीर चोट लागेको थियो। घाइतेलाई तत्काल उपचारका लागि भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनापछि घाइतेको पहिचान खुल्न नसके पनि प्रहरीको अनुसन्धानबाट उनी तनहुँ स्थायी घर भई हाल भरतपुर महानगरपालिका–५ मा डेरा गरी बस्ने ३२ वर्षीय सुजन गुरुङ रहेको खुलेको छ। दुर्घटनापछि फरार भएको सवारी साधन…
Read More
शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य

शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य

काठमाडौँ, साउन ६- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको तीन प्रतिशत समता कर फिर्ताको घोषणा स्वागतयोग्य भएको सम्बन्धित क्षेत्रका सरोकारवालाले बताएका छन् । प्रधानमन्त्री वालेन्द्र शाहले मङ्गलबार सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको तीन प्रतिशत समता शुल्क लागू नगर्ने निर्णय गरिएको जानकारी गराउनुभएको थियो । सरकारको तीन प्रतिशत समता कर फिर्ता गर्ने घोषणापछि शिक्षा तथा स्वास्थ्य क्षेत्रका सरोकारवाला क्षेत्रका पदाधिकारीले सरकारको घोषणाको खुलेर प्रशंसा गरेका छन् । राष्ट्रिय अभिभावक महासङ्घका पूर्वअध्यक्ष सुप्रभात भण्डारीले सरकारले शिक्षाको समतामूलक करमा ‘करेक्सन’ गरेर उचित निर्णय गरेको बताउनुभयो । “हाम्रा आवाजलाई सुनेर सच्याएर जानु जनतामैत्री छ”, उहाँले भन्नुभयो, “प्रधानमन्त्री शाहले…
Read More
आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा २७ अर्ब राजस्व सङ्कलन

आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा २७ अर्ब राजस्व सङ्कलन

चितवन, साउन ६– आन्तरिक राजस्व कार्यालय भरतपुरले गत आर्थिक वर्षमा रु २६ अर्ब ८३ करोड पाँच लाख राजस्व सङ्कलन गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा रु एक अर्ब ७४ करोड बढी राजस्व सङ्कलन भएको हो । कार्यालयले अघिल्लो आवमा रु २५ अर्ब नौ करोड सात लाख राजस्व सङ्कलन गरेको थियो । गत वर्ष राजस्व बढे पनि लक्ष्य भने पुग्न सकेको छैन । कार्यालयका प्रमुख पुण्यविक्रम खड्काका अनुसार गत वर्ष आन्तरिक राजस्व बिभागले रु ३१ अर्ब पाँच करोड लक्ष्य दिएको थियो । अघिल्लो आवमा लक्ष्य रु २६ अर्ब ६० करोड रहेको थियो । गत वर्ष यहाँको एउटा मदिरा उद्योग बन्द…
Read More
तेस्रो चितवन गोल्डकप भदौ २७ देखि

तेस्रो चितवन गोल्डकप भदौ २७ देखि

चितवन, साउन ६- तेस्रो संस्करणको चितवन गोल्डकप फुटबल भदौ २७ गतेदेखि सुरु हुने भएको छ । आयोजक हानामी भरतपुर फुटबल क्लब बिएफसीले प्रतियोगिताको मिति सार्वजनिक गरेको हो । असोज ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा यस पटक ८ टोली सहभागी हुने संयोजक धुर्व भुसालले जानकारी दिए । सहभागी टिम बारे टुङ्गो लाग्न भने बाँकी रहेको भुसालले बताए । यस अघि पहिलो र दोस्रो संस्करणमा १० टोली सहभागी थिए । नेपाल प्रहरी शिक्षालय भरतपुर तालिमकेन्द्रको मैदानमा हुने प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँसहित ट्रफी र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले २० हजार तथा विधागत उत्कृष्टले १० हजार रुपैयाँ…
Read More
भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव हुदाँ अन्य कारागारमा स्थानान्तरण गर्नुपर्ने बाध्यता

भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव हुदाँ अन्य कारागारमा स्थानान्तरण गर्नुपर्ने बाध्यता

चितवन, साउन ६, – यहाँ कैदी बस्ने स्थान अभाव भएपछि उनीहरुलाई अन्य कारागारमा स्थानान्तरण गर्नुपर्ने बाध्यता बन्दै गएको छ । कारागार कार्यालय भरतपुर, चितवनबाट एक वर्षमा ११६ कैदीलाई अन्यत्र कारागारमा स्थान परिवर्तन गरिएको छ । कारागार प्रमुख चेतनाथ ढुङ्गानाले क्षमताभन्दा बढी कैदीबन्दी भएपछि कैद तोकिएकालाई अन्यत्र स्थानान्तरण गर्नुपरेको बताउनुभयो । सो कारागारको कुल क्षमता ५०५ व्यक्ति अट्ने रहेको छ। यहाँबाट भीमफेदी कारागारमा ५३, नुवाकोटमा २६, जगन्नाथ देवलमा छ कपिलवस्तुमा १७, कास्कीमा सात, स्याङ्जामा चार, नख्खु, ललितपुर र नेपालगन्जमा क्रमशः एक÷एक जना कैदी स्थानान्तरण भएका छन् । हाल महिला ४०, र पुरुष ६७७ गरी कुल ७१७ कैदीबन्दी रहेका छन् । सो…
Read More
अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन, साउन ६- ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न थालेको छ । उत्पादन घटेको र माग बढेपछि मूल्य बढ्न थालेको हो । नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ । सङ्घका अनुसार आजबाट लागू हुनेगरी ठूलो अण्डा प्रतिक्रेट (३० वटाको) रु ४५० बाट ५०० पुगेको छ । मध्यम अण्डा रु ४२० वाट ४७० पुगेको छ । सानो अण्डा रु ४१५ पुगेको छ । सबैमा प्रतिक्रेट रु ५० बढेको हो । नेपाल लेयर्स कुखुरापालक सङ्घका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले अण्डको माग बढ्न थालेपछि मूल्य बढ्न थालेको बताउनुभयो । दैनिक ४५ लाख गोटा हाराहारी…
Read More
सुन तोलामा पाँच हजार चार सयले बढेसँगै चाँदीको मूल्यमा पनि वृद्धि

सुन तोलामा पाँच हजार चार सयले बढेसँगै चाँदीको मूल्यमा पनि वृद्धि

काठमाडौँ, साउन ६– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । हिजो मङ्गलबारको तुलनामा सुन तोलामा रु पाँच हजार ४०० र चाँदी रु ११० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९१ हजार र त्यति नै परिमाणको सेतो धातुको भाउ रु चार हजार ४८० निर्धारण भएको छ। हिजो प्रतितोला छापावाल सुनको मूल्य रु दुई लाख ८५ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको भाउ रु चार हजार ३७० निर्धारण भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १३९ र चाँदी ५९…
Read More
शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

काठमाडौँ, साउन ५– शिक्षा र स्वास्थ्यमा लगाईएको ३ प्रतिशत कर (समता)बाट सरकार पछि हटेको छ । प्रधानमन्त्री बालेन शाहले सामाजिक संजाल फेसबुकबाट स्टाटस लेख्दै ३ प्रतिशत कर लगाउने निर्णय फिर्ता लिइएको जानकारी दिए । प्रधान्मन्त्री शाहले अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि हालका लागि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरिएको जानकारी दिएका हुन् । प्रधानमन्त्री शाहले यस्तो लेखेका छन् स्टाटसः निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर अहिले भने बमोजिम नै कार्यान्वयन गर्दा आममानिसले थप खर्च र निराशा भोग्नु पर्ने देखियो यसैले माननीय अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि हालका लागि शिक्षा समता शुल्क र स्वास्थ्य…
Read More