चितवन सहितका स–साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

चितवन सहितका स–साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

चितवन सहितका स–साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ, साउन ४ – जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न जिल्लाका स–साना नदीमा आज बहाव उल्लेख्य बढ्न सक्ने भएकाले आसपासका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । विभागका अनुसार गोरखा, रुपन्देही, अर्घाखाँची, कपिलवस्तु र दाङ जिल्लाबाट बग्ने स–साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम रहेको छ । त्यस्तै, चितवन, झापा, मोरङ, इलाम, सुनसरी, पाँचथर, तेह्रथुम, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, गुल्मी, पाल्पा, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम), प्युठान, बाँके, बर्दिया, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर, बैतडी र दार्चुला जिल्ला आसपासका स–साना आकस्मिक बाढीको जोखिम रहेको जनाइएको छ । विभागका बाढीविद् बिनोद पराजुलीले ती जिल्लाका नदी…
Read More
चितवनमा आँखाका बिरामी बढेपछि खेतमा काम गर्दा आँखा जोगाउन चिकित्सकको सुझाव

चितवनमा आँखाका बिरामी बढेपछि खेतमा काम गर्दा आँखा जोगाउन चिकित्सकको सुझाव

चितवन, साउन ४- बर्सातको समयमा खेतमा काम गर्दा आँखामा चोटपटक र हिलो पर्ने भन्दै चिकित्सकहरुले आँखा जोगाएर काम गर्न सुझाव दिएका छन् । भरतपुर आँखा अस्पतालमा अहिले दैनिक आउने बिरामीमध्ये ३० प्रतिशत हाराहारी त्यस्ता बिरामी आउन थालेको भन्दै सजग रहन आग्रह गरिएको हो । अस्पतालका निर्देशक डा पुष्पा गिरी श्रेष्ठले नेपाल नेत्रज्योति सङ्घ भरतपुरबाट सञ्चालित भरतपुर आँखा अस्पतालसहित मातहतका सेकेण्डेरी अस्पताल, सर्जिकल सेन्टर र उपचार केन्द्रमा आउने बिरामीमा समस्या देखिएको बताउनुभयो । दैनिक एक हजार ५०० हाराहारी बिरामी बहिरङ्ग सेवा लिन अस्पताल र मातहतका केन्द्रहरुमा आउने गर्दछन् । मुख्य रुपमा धानका लागि खेत तयार गर्दा र रोप्दा हिलो आँखामा पसेर…
Read More
महिला सशक्तीकरणका लागि स्पाउज क्लब अफ आरसी चितवनको श्रावण मेहन्दी कार्यक्रम

महिला सशक्तीकरणका लागि स्पाउज क्लब अफ आरसी चितवनको श्रावण मेहन्दी कार्यक्रम

चितवन, साउन ४- स्पाउज क्लब अफ आरसी चितवनले महिला सशक्तीकरण, सामाजिक एकता र हिन्दू संस्कृतिको संरक्षण गर्ने उद्देश्यले श्रावण मेहन्दी कार्यक्रम सम्पन्न गरेको छ। क्लब अध्यक्ष जानकी तिवारी शर्माको अध्यक्षतामा आयोजित कार्यक्रममा सचिव बबिता घिमिरेले श्रावण महिनाको धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्वबारे प्रकाश पार्दै यस्ता कार्यक्रमले नेपाली महिलाबीच एकता, सद्भाव र सहकार्यको भावना अभिवृद्धि गर्न सहयोग पुग्ने बताइन्। कार्यक्रममा अध्यक्ष शर्माले रोटरीको महिला सशक्तीकरण तथा सामाजिक उत्तरदायित्वलाई प्रभावकारी रूपमा अघि बढाउन क्लब प्रतिबद्ध रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले महिलाबीच आत्मीयता, नेतृत्व विकास र सामाजिक सहभागिता बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताएकी थिइन् । उनका अनुसार क्लबले आगामी वर्षभरि महिला तथा बालबालिकालाई…
Read More
पहिराले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङ तर्फ अझै अवरुद्ध

पहिराले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङ तर्फ अझै अवरुद्ध

चितवन, साउन ४ – पृथ्वी राजमार्गअन्तर्गत चितवनका दुई ठाउँमा खसेको पहिरो पन्छाइएको छ । धादिङतर्फ सडक अवरुद्ध भएकाले सवारी आवागमन भने सञ्चालन हुन सकेको छैन । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–२ फिस्लिङको पानीधारा र चुमखोलामा पहिरो खस्दा सडकमा यातायात अवरुद्ध भएको थियो । आज बिहान खसेको पहिरो पन्छाएर ९ः३० बजेदेखि सडक सञ्चालनमा ल्याइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार धादिङको जवाङ खोलामा पहिरो झरेकाले चितवनतर्फको पहिरो पन्छाए पनि गाडी सञ्चालन हुन भने सकेको छैन । चितवनतर्फका गाडीलाई चुम्लिङटार, कुरिनटार र मुग्लिनमा रोकिएको छ । नारायणगढ–मुग्लिन सडकखण्डबाट पोखरातर्फ जाने आउने गाडी बिहानैदेखि सञ्चालनमा छन् । स्थानीय प्रशासनले…
Read More
वैदेशिक रोजगारीमा नेपालीको आकर्षण घट्यो, श्रम स्वीकृतिमा ५.६ प्रतिशतले कमी

वैदेशिक रोजगारीमा नेपालीको आकर्षण घट्यो, श्रम स्वीकृतिमा ५.६ प्रतिशतले कमी

काठमाडौं, साउन ४– आर्थिक वर्ष २०८२/८३ मा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या घटेको छ । वैदेशिक रोजगार विभागका अनुसार नयाँ श्रम स्वीकृति र पुनः श्रम स्वीकृति (बिदामा आएर फर्कने) गरी गत आर्थिक वर्षमा कुल ७ लाख ९२ हजार १८७ श्रम स्वीकृति जारी भएको छ । यो अघिल्लो आर्थिक वर्ष २०८१/८२ को ८ लाख ३९ हजार २६६ को तुलनामा ४७ हजार ७९ अर्थात् ५.६ प्रतिशतले कम हो । नेपालको अर्थतन्त्र विप्रेषणमा ठूलो मात्रामा निर्भर रहँदै आएको अवस्थामा वैदेशिक रोजगारीमा जानेको संख्या घट्नु अर्थतन्त्रका लागि चासोको विषय बनेको छ । विभागका अनुसार समीक्षा अवधिमा अमेरिका–इरान युद्धका कारण खाडी मुलुकतर्फको हवाई…
Read More
नारायणगढ–मुग्लिन सडक खण्डमा राति १० बजेदेखि सवारी संचालनमा रोक

नारायणगढ–मुग्लिन सडक खण्डमा राति १० बजेदेखि सवारी संचालनमा रोक

चितवन, साउन ३– जिल्ला प्रशासन कार्यालय चितवनले नारायणगढ–मुग्लिन सडक खण्डमा रातिको समयमा सवारी संचालनमा रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्याल हस्ताक्षरित विज्ञप्तीमा आज राति १० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि नारायणगढ–मुग्लिन–काठमाडौं सडक खण्डमा चल्ने सवारी साधन संचालनमा रोक लगाइएको हो । धादिङलगायत जिल्लाहरुमा पानी पर्न सुरु भएको र रातिको समय पानी पर्ने क्रमम अझै बढ्ने पूर्वानुमान रहेकाले संभावित जोखिमलाई मध्यनजर गर्दै रातिको समयमा सवारी संचालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए । रातिको समयमा यस सडक खण्डमा पहिरो खस्ने संभावना बढी रहेको छ । विगतमा पनि यस सडक खण्डमा भारी वर्षाहुँदा निरन्तर पहिरो खस्दै…
Read More
शिक्षामन्त्री सस्मित पोखरेललाई चितवनमा विद्यार्थीद्वारा कालो झण्डा प्रदर्शन

शिक्षामन्त्री सस्मित पोखरेललाई चितवनमा विद्यार्थीद्वारा कालो झण्डा प्रदर्शन

चितवन, साउन ३- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेललाई चितवन भ्रमणका क्रममा विद्यार्थीहरूले कालो झण्डा देखाउँदै विरोध प्रदर्शन गरेका छन्। मन्त्री पोखरेल सहभागी भएको कार्यक्रममा विद्यार्थीहरूले विभिन्न शैक्षिक माग र असन्तुष्टि व्यक्त गर्दै कालो झण्डा प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा उनीहरूले सरकारविरुद्ध नाराबाजीसमेत गरेका थिए। घटनास्थलमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको थियो। विरोध प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रहरीले जनाएको छ। विद्यार्थीहरूले विरोधको कारणबारे औपचारिक धारणा सार्वजनिक गरेका छैनन्। यद्यपि पछिल्लो समय शिक्षा सम्बन्धी नीति तथा नियमावलीको विरोधमा देशभर विभिन्न विद्यार्थी र शैक्षिक क्षेत्रसँग सम्बन्धित संगठनहरूले आन्दोलन गरिरहेका छन्। यस घटनाबारे सम्बन्धित निकायबाट थप विवरण आउन बाँकी रहेको छ।
Read More
भरतपुर अस्पतालको सिटी स्क्यान सेवा पुनःसञ्चालन

भरतपुर अस्पतालको सिटी स्क्यान सेवा पुनःसञ्चालन

चितवन, साउन ३- चितवनको भरतपुर अस्पतालमा प्राविधिक समस्याका कारण अवरुद्ध रहेको सिटी स्क्यान सेवा पुनःनियमित रूपमा सुरु गरिएको छ । सिटी स्क्यान बिग्रिएपछि बिरामीलाई स्वास्थ्य बिमाको शुल्कमा निजी अस्पतालबाट सेवा दिँदै आइएको थियो। अस्पतालका सूचना अधिकारी गोपालप्रसाद पौडेलका अनुसार नौ वर्ष पुरानो सिटी स्क्यान उपकरणको एक्स(रे ट्युब बिग्रिएपछि असार ७ गतेदेखि सेवा अवरुद्ध भएको थियो । उक्त उपकरण खरिद सम्झौताअनुसार सम्बन्धित कम्पनीले नेदरल्याण्डबाट नयाँ एक्स(रे ट्युब ल्याएर जडान गरेपछि सेवा पुनः नियमित रूपमा सञ्चालनमा आएको उहाँले जानकारी दिनुभयो । सेवा अवरुद्ध रहेकै अवधिमा बिरामीलाई समस्या नहोस् भन्ने उद्देश्यले अस्पतालले गत असार १० गतेदेखि निजी अस्पताल समन्वय समिति (अफिन) चितवनसँग समन्वय…
Read More
स्पेनबाट १९९ सदस्यीय टोली चितवनमा, पटिहानीमा पर्यटन र संस्कृतिको अध्ययन

स्पेनबाट १९९ सदस्यीय टोली चितवनमा, पटिहानीमा पर्यटन र संस्कृतिको अध्ययन

चितवन, साउन ३- पर्यटन प्रवर्द्धन, सांस्कृतिक आदानप्रदान तथा अध्ययन–अवलोकनका उद्देश्यले स्पेनको रुटा इन्टरनेशनलमार्फत १९९ जना युवा विद्यार्थी, पत्रकार तथा चिकित्सकको टोली चितवन आएको छ। २४ दिने नेपाल भ्रमणमा रहेको टोलीले काठमाडौंसँगै चितवनका विभिन्न पर्यटकीय तथा सांस्कृतिक स्थलको अवलोकन गर्दै नेपाली कला, संस्कृति, रहनसहन, भेषभूषा, पर्यावरण, जैविक विविधता तथा जलवायु परिवर्तनसम्बन्धी विषयमा अध्ययन गर्ने कार्यक्रम रहेको छ। भरतपुर महानगरपालिका–२२ का वडाध्यक्ष विष्णुराज महतोका अनुसार टोलीले शनिबार बिहान पटिहानी क्षेत्रमा वृक्षारोपण कार्यक्रमसमेत सम्पन्न गरेको छ। भ्रमणका क्रममा स्पेनी टोलीलाई चितवन राष्ट्रिय निकुञ्जको कसरा क्षेत्र, पटिहानीस्थित कमलपोखरी, थारु सांस्कृतिक संग्रहालय, अम्ब्रेला स्ट्रिट, स्टोन पार्कलगायतका प्रमुख पर्यटकीय गन्तव्यको अवलोकन गराइनेछ। स्थानीय तहका अनुसार यस्तो…
Read More
वन्यजन्तुको आक्रमणबाट गत आवमा चितवनको मध्यवर्ती क्षेत्रमा पाँच जनाको मृत्यु

वन्यजन्तुको आक्रमणबाट गत आवमा चितवनको मध्यवर्ती क्षेत्रमा पाँच जनाको मृत्यु

चितवन, साउन ३- गत आर्थिक वर्ष २०८२/८३ मा चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट पाँच जनाको ज्यान गएको छ। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी तथा संरक्षण अधिकृत अविनास थापा मगरका अनुसार ज्यान गुमाउनेमध्ये जंगली हात्ती र गैंडाको आक्रमणबाट दुई–दुई जना तथा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको हो। निकुञ्जको पछिल्ला तीन आर्थिक वर्षको तथ्यांकअनुसार वन्यजन्तुको आक्रमणबाट हुने मानवीय क्षतिमा क्रमिक रूपमा कमी आएको देखिएको छ। आर्थिक वर्ष २०८१/८२ मा मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट १३ जनाले ज्यान गुमाएका थिए। त्यसमध्ये गैंडाको आक्रमणबाट नौ जना, जंगली हात्तीबाट दुई जना तथा बाघ र गोहीको आक्रमणबाट एक–एक जनाको मृत्यु भएको थियो। त्यसअघि आर्थिक…
Read More