रास्वपा नयाँ सत्तागठबन्धनमा सहभागी नहुने   

 रास्वपा नयाँ सत्तागठबन्धनमा सहभागी नहुने   

 रास्वपा नयाँ सत्तागठबन्धनमा सहभागी नहुने   

काठमाडौँ, १८ असार : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेतृत्वको नयाँ सत्तागठबन्धनमा सहभागी नहुने भएको छ । आज बसेको पार्टी सचिवालय बैठकले वर्तमान सरकारबाट पार्टी बाहिरिने तर नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको पार्टी सचेतक सन्तोष परियारले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “वर्तमान राजनीतिक घटनाक्रम अगाडि बढिसकेपछि अब हामी नयाँ गठबन्धनमा रहदैनौँ । नयाँ सरकार बन्ने प्रक्रिया अगाडि बढ्ने वित्तिकै वर्तमान सरकारबाट बाहिरिन्छौँ ।” दुई ठूला शक्ति सरकारमा रहनु लोकतान्त्रिक संस्कार विपरीत रहेको भन्दै सचेतक परियारले यो गठबन्धनले राजनीतिक स्थायित्व दिनेमा रास्वपा विश्वस्त नरहेको उल्लेख गर्नुभयो ।
Read More
  पोखरीमा डुबेर दुई बालकको मृत्यु   

  पोखरीमा डुबेर दुई बालकको मृत्यु   

सिरहा, १८ असार : सिरहाको नरहा गाउँपालिका–३ खोरियाटोलस्थित पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय सुशील मण्डलका छ वर्षीय छोरा राहुल मण्डल र उहाँका भाञ्जा करिब आठ वर्षीय आशिष मण्डल रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक मुक्तिनाथ सापकोटाले हिजो दिउँसोदेखि हराएका बालक आज बिहान स्थानीय वसन्त यादवको पोखरीमा मृत फेला परेका जानकारी दिनुभयो । मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल सिरहामा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको सापकोटाले जानकारी दिनुभयो ।
Read More
भरतपुर महानगरद्वारा क्रिकेटर लामिछानेको सम्मान   

भरतपुर महानगरद्वारा क्रिकेटर लामिछानेको सम्मान   

चितवन, १८ असार : राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई भरतपुर महानगरपालिकाले सम्मान गरेको छ । आज यहाँ एक कार्यक्रमको आयोजना गरी उहाँलाई नगद रु एक लाखसहित सम्मान गरिएको हो । उहाँलाई महानगरपालिका प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले संयुक्त रुपमा सम्मान गर्नुभएको हो । त्यस अवसरमा नगरप्रमुख दाहालले खेलाडीको सम्मानले उनीहरू खेलप्रति अझ प्रोत्साहित हुने विचार व्यक्त गर्दै भरतपुर महानगरपालिकाले खेलाडी सम्मानलाई प्राथमिकतामा राखेको बताउनुभयो । भरतपुर महानगरपालिकाले रङ्गशाला निर्माणदेखि खेलक्षेत्रमा सक्दो सहयोग गर्दै आएको उहाँले आएको बताउनुभयो । जिल्ला क्रिकेट सङ्घका अध्यक्ष सुदीप पियाले खेलक्षेत्रको विकासका लागि महानगरले निर्वाह गरेको भूमिकाको सराहना गर्नुभयो ।
Read More
प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने, विश्वासको मत लिने

प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने, विश्वासको मत लिने

१८ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिएर संसदको सामना गर्ने भएका छन् । पछिल्लो राजनीतिक घटनाक्रमबारे आज बसेको पार्टीका मन्त्रीसहितको पदाधिकारी बैठकले विश्वासको मत लिने निर्णय गरेको नेकपा माओवादीका सचिव देवेन्द्र पौडेलले जानकारी दिए । ‘प्रधानमन्त्री ले गलेर छोड्ने कुरा हुँदैन । गणित शो गर्न जाने, संसद फेस गर्ने र विश्वासको मत लिने कुरामा प्रधानमन्त्रीले कुरा राख्नुभएको छ,’ उनले भने, ‘पार्टीले पनि विश्वासको मतको सामना गर्ने र विभिन्न पक्षसँग कुराकानी गर्ने, राष्ट्रिय स्वतन्त्र पार्टीसँग पनि, कांग्रेससँग पनि र स्वयं एमालेका अहिले सहमति भए पनि विभिन्न पक्षसँग कुराकानी गर्ने र अगाडि बढ्ने कुरा भएको छ ।’
Read More
नयाँ सत्ता सहकार्य : एमालेलाई प्रधानमन्त्रीसहित ९ र कांग्रेसलाई गृहसहित १० मन्त्रालय

नयाँ सत्ता सहकार्य : एमालेलाई प्रधानमन्त्रीसहित ९ र कांग्रेसलाई गृहसहित १० मन्त्रालय

असार १८ । प्रतिनिधि सभाका प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले) बिच सोमबार मध्यरातमा सत्ता सहकार्यका लागि सहमतिमा हस्ताक्षर भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी ओलीबिच भएको सहमतिमा कुन दलले कति मन्त्रालयले लिने, कुन प्रदेशमा कसले सरकारको नेतृत्वगर्ने र कति समय सरकारको नेतृत्व परिवर्तन गर्ने भन्ने महत्त्वपूर्ण विषयमा सहमति भएको हो । शीर्ष नेताको सहमतिमा सुरुको ढेड वर्ष एमाले अध्यक्ष केपी ओली नेतृत्वमा सरकार बन्नेछ । राष्ट्रिय सहमतिका आधारमा ओली नेतृत्वमा सरकार बन्ने सहमतिको मस्यौदा गरेका एक नेताले जानकारी दिए । सुरुमा बन्ने ओली नेतृत्वको सरकारमा एमालेले प्रधानमन्त्री, अर्थमन्त्रीसहित ९ वटा…
Read More
चित्रसारी पुलबाट सौराहा सौन्दर्यकरणको सुरुवात

चित्रसारी पुलबाट सौराहा सौन्दर्यकरणको सुरुवात

रत्ननगर । रत्ननगरको चित्रसारी पुलबाट पर्यटकीय नगरी सौराहाको सौन्दर्यकरणको काम सुरु गरिएको छ । रत्ननगर नगरपालिका र रेवान सौराहाको सहकार्यमा उक्त काम सुरु गरिएको हो । गन्तव्य अबलोकनका लागि आएका पर्यटकलाई सौराहा आइपुगेको अनुभूति दिलाउन चित्रसारी फुलबाट सौन्दर्यकरणको काम सुरु गरिएको रेवान सौराहाका अध्यक्ष धु्रव गिरीले जानकारी दिए । रत्ननगरका मेयर प्रलाद सापकोटाले एक औपचारिक कार्यक्रमका बीच पुलमा सजीसजाउ गरिएको उक्त कामको उद्घाटन गरेका हुन् । चित्रसारी पुललाई सजावट गरी गैंडा, हात्ती र बाघको प्रतिमा निर्माण गरिएको छ । झिलिमिली बत्ती सहित पुलमै गमलामा पुल राखिएको छ । रत्ननगर नगरपालिकाको ७ लाख र रेवान सौराहाको तीन लाख गरी १० लाखको…
Read More
रत्ननगर ६ मा आबधिक योजना निर्माण सम्बन्धी अन्तर्क्रिया

रत्ननगर ६ मा आबधिक योजना निर्माण सम्बन्धी अन्तर्क्रिया

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं ६ मा मंगलबार पन्चबर्षीय आबधिक योजना निर्माण सम्बन्धी छलफल तथा अन्तर्क्रिया कार्यक्रम गरिएको छ । वडाको विकासको लागि निर्माण गर्न लागिएको आबधिक योजनाका बारेमा सरोकारबालाहरुबाट सुझाब संकलन र आवश्यकताको पहिचानको लागि अन्तर्क्रिया कार्यक्रम गरिएको हो । सिनर्जी इन्जिनियरिङले सहजीकरण गरेको कार्यक्रममा राजनीतिक दल, जनप्रतिनिधि, होटल व्यवसायी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । मुलुकको तेस्रो पर्यटकीय गन्तव्य सौराहा रहेको सो वडाको विकासको लागि कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर आबधिक योजना निर्माण गर्न सरोकारवालाहरुले सुझाब दिएका छन् । कृषि र पशुपालनलाई पर्यटनसंग जोडेर स्थानीयको आम्दानीको स्रोत बृद्धि गर्ने गरी योजना निर्माण गर्नुपर्ने भन्दै उनीहरुले…
Read More
रत्ननगरका सात जना सेवा निबृत्त कर्मचारीलाई सम्मान

रत्ननगरका सात जना सेवा निबृत्त कर्मचारीलाई सम्मान

रत्ननगर । रत्ननगर नगरपालिकाले सेवा निवृत्त भएका सात जना कर्मचारीलाई कदर पत्रसहित बिदाइ गरेको छ । संस्थागत क्षमता विकास तथा सुशासन समितिका संयोजक कलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सात जना कर्मचारीलाई बिदाइ गरिएको हो । सम्मानित हुनेहरुमा पशु विकास अधिकृत शालिकराम पौडेल, शिक्षा शाखाका अधिकृत राजेन्द्रप्रसाद अर्याल, जयन्तीदेवी रानाभाट, कुमारी राधा चौधरी, नगर प्रहरी नामब निरीक्षक हिमाल खड्का, सरसफाइकर्मी गोमादेवी घर्ती र चिजामाया दमै रहेका छन् । सबै कर्मचारीलाई कदर पत्रसहित बिदाइ गरिएको थियो भने सरसफाइकर्मी दमैलाई नगद ५० हजार रुपैयाँसहित बिदाइ गरिएको हो । ३८ वर्ष निजामती सेवा गरी अवकाश भएका पशु विकास अधिकृत पौडेलले आफूले चितवनका हरेक वडामा…
Read More
रत्ननगरमा खाेलामा डुबेर एक युवककाे मृत्यू 

रत्ननगरमा खाेलामा डुबेर एक युवककाे मृत्यू 

रत्ननगर । चितवनमा खाेलामा डुवेर एक युवककाे मृत्यू भएकाे छ । रत्ननगर नगरपालिका वडा नं-२, स्थित खोलामा माछा मार्ने क्रममा एक युवकको डुबेर मृत्यु भएको हाे । रत्ननगर-२ बस्ने हर्क तामाङको छाेरा १८ वर्षीय सोनु तामाङ खोलामा डुबेर अचेत अवस्थामा साथीहरुले खोलाबाट निकाली तत्काल उपचारका लागि बकुलहर रत्ननगर अस्पताल टाँडीमा लगेकोमा डाक्टरले चेकजाँच गरी आइतबार बेलुकी ७ः३० बजे मृत घोषणा गरेका थिए । मृतकको शवको मुचुल्कापश्चात पोस्ट मार्टमका लागि भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
Read More
मानव बेचविखन सम्वन्धी वक्तृत्वकला : नारायणी नमुना मावि प्रथम

मानव बेचविखन सम्वन्धी वक्तृत्वकला : नारायणी नमुना मावि प्रथम

भरतपुर । गैह्र सरकारी संस्था सामरी उत्थान सेवाले आयोजना गरेको मानव वेचविखन सम्बन्धी माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकलामा नारायणी नमुना मावि का कक्षा ९ की छात्रा विमर्शी कुँवर प्रथम भएकी छिन् । भरतपुरको चितवन माविमा आयोजित कार्यक्रममा भरतपुरका विविध विद्यालयका ९ प्रतिष्प्रधीले सहभागिता जनाएका थिए । प्रतियोगीतामा चितवन माविका सोफी अधिकारी दोश्रो, त्यस्तै नारायणी नमुनाका विवेक सिलवाल तेश्रो र नारायणी नमुनाकै कृष्टा पण्डितले सान्तवना पुरस्कार हासिल गरेकी छिन् । विजेताहरुले क्रमस ८ हजार, ६ हजार, ४ हजार र २ हजार नगद सहित प्रमाण-पत्र हस्तान्तरण गरिएको छ । कार्यक्रममा प्रमुख अतिथीको रुपमा उपस्थित भएका भरतपुर महानगरपालिका वडा नम्बर १० का अध्यक्ष परमेश्वर…
Read More